वारुणयन्त्र खरिद गर्ने पहिलो निर्णय कार्यान्वयन
मटिहानी नगरपालिले वारुणयन्त्र खरिद गरेको छ । आगलागीको घटना न्यूनीकरण गर्न नगरपालिकाले वारुणयन्त्र खरिद गरेको हो ।
एक करोड ३७ लाख बराबरको सामानसहित तीन वटा ट्रक नियन्त्रणमा
सशस्त्र प्रहरीले पर्साबाट एक करोड ३६ लाख रुपियाँभन्दा बढीको सामानसहित तीन वटा ट्रकलाई नियन्त्रणमा लिएको छ ।
‘सभ्य समाजका लागि कानुनी राज्य’
मधेश प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्रले कानुनी राज्यबिना सभ्य समाजको परिकल्पना गर्न नसकिने बताउनुभएको छ। कानुनी राज्य सभ्य समाजको आधारशीलासमेत भएकाले विधिको सर्वोच्चता अङ्गीकार गरिएका शासनपद्धतिले नै समाजलाई सभ्य र समुन्नत बनाउने धारणा उहाँले राख्नुभयो।
छोराको नागरिकता बनाउन आउँदा आमाबुवा पक्राउ
झुठो विवरण पेश गरी जन्मको आधारमा २०६३ सालमा नेपालको नागरिकता लिने एक दम्पतीले जिल्ला प्रशासन कार्यालय पर्साबाट वंशजको आधारमा छोराको नागरिकता बनाउन आउँदा आमाबुवा पक्राउ परेका छन् ।
वीरगञ्जमा आदिकवि भानुभक्त आचार्यको शालिक अनावरण
वीरगञ्जको नयाँ बसर्पाक चोकमा शुक्रबार आदिकवि भानुभक्त आचार्यको अर्धकदको शालिक अनावरण गरिएको छ ।
सप्तरीमा पनि ‘लम्पी स्किन’ रोगको प्रकोप
सप्तरीमा समेत लम्पी स्किन रोगको प्रभाव बढ्दै गएको छ । यति बैला मुलुकको विभिन्न जिल्लामा फैलिएको लम्पी रोगबाट सप्तरीमा समेत पशु चौपाया मर्न लागेको हो ।
पशुपालनतर्फ आकर्षण बढाउन कृषि सामग्री वितरण
लहान नगरपालिकाले पशु शाखाले पशुपालनतर्फ आकर्षण बढाउन किसानलाई विभिन्न सामग्री वितरण गरेको छ।
कानुन व्यवसायीका लागि क्षमता अभिवृद्धि तालिम
जनकपुरधाममा नवोदित कानुन व्यवसायीहरुका लागि तीन दिने क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको छ ।
मिटरब्याजीका तीन सय बढी उजुरी फर्छ्यौट
जिल्ला प्रशासन कार्यालय सर्लाहीमा मिटरब्याजको सम्बन्धमा परेको एक हजार ९२० उजुरीमध्ये ३६५ वटाको फर्छ्यौट भएको छ ।
सुरु हुने भयो रामनाथ मुखियाको उपचार
आर्थिक अभावमा पाँच वर्षदेखि उपचारयबिहीन हुनुभएका महोत्तरी लोहरपट्टि नगरपालिका–९ बिनका रामनाथ मुखियाको अब भने उपचार हुनेभएको छ ।
जयनगर–कुर्था खण्डमा रेल आइतबारदेखि चल्ने
भारतको जयनगरबाट महोत्तरीको बिजलपुरासम्म रेल सेवा सञ्चालन गर्ने तयारी भएको छ । जयनगरबाट धनुषाको कुर्थासम्म गत २०७८ चैत २० गतेदेखि सञ्चालन हुँदै आएको रेल सेवालाई यही असार ३१ गतेदेखि महोत्तरीको बिजलपुरासम्म सञ्चालन गर्न लागिएको छ ।
‘पूर्ण खोप’ नगर बनाउने योजना छ
रौतहट जिल्लामा रहेको गढीमाई नगरपालिका ऐतिहासिक र धार्मिक महत्त्वको नगरपालिका हो तर पनि यो नगरपालिका विकासमा पछाडि परेको छ। गढीमाई मन्दिरको नामबाट नगरपालिकाको नामकरण गरिएको हो। यस नगरपालिकामा पर्ने समनपुर भन्ने स्थानमा नेपाल र अङ्ग्रेजबिच युद्ध भएको थियो। उक्त स्थानलाई लडैया समनपुर पनि भनिन्छ। बागमती नदीको किनारमा अवस्थित यो नगरपालिकालाई बागमतीको दुःख पनि भनिन्छ। गढीमाई नगरपालिकामा भइरहेको पूर्वाधार विकास, आर्थिक तथा सामाजिक गतिविधिलगायतका विषयमा गढीमाई नगरपालिकाका प्रमुख श्यामप्रसाद यादवसँग गोरखापत्रका यादवराज पुरीले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ।
अज्ञात व्यक्तिबाट एकको हत्या
घरेलु हतियारको प्रहारबाट रौतहटमा एक युवकको मृत्यु भएको छ । जिल्लाको देवाहिगोनाहि नगरपालिका ६ कर्कच कर्मैया बस्ने अन्दाजी वर्ष ३५ को जगरनाथ साह कानुको शुक्रबार राति घरेलु हतियारको प्रहारबाट मृत्यु भएको हो ।
मधेशमा निजामती किताबखाना सञ्चालन आउनु सुखद : प्रमुख मिश्र
मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले मधेश प्रदेशमा प्रदेश निजामती किताबखाना सञ्चालनमा आउनु सुखद भएको बताउनुभएको छ ।
आचरणविपरीत कार्य गरेका दुई सयभन्दा बढी प्रहरी कारबाहीमा
आर्थिक वर्ष ०७९-८० को साउनदेखि जेठ मसान्तसम्म ११ महिनाको अन्तरालमा मधेश प्रदेशका ८ वटै जिल्लामा राम्रो कार्य गर्ने प्रहरीलाई पुरस्कृत गरिएको छ भने, आचरण विपरीत कार्यमा लागेका प्रहरीलाई प्रहरी ऐन नियमावली अनुसार कारबाही भएको छ ।
भुक्तानी नपाएपछि धर्ना
राजविराज नगरपालिकामा विभिन्न निर्माण काम गरेबापतको रकम भुक्तानी नपाएपछि उपभोक्ता समितिका पदाधिकारी तथा निर्माण व्यवसायीले नपा कार्यालयमा तालाबन्दी गरेर धर्ना दिएका छन् । नगरपालिका मार्फत भएका सडक, नाला, प्रवेशद्वार, सामुदायिक भवन निर्माणलगायत विभिन्न योजनाको भुक्तानी नपाएपछि उपभोक्ता समितिका पदाधिकारी तथा निर्माण व्यवसायीहरू आन्दोलनमा उत्रेका हुन् ।
महिला मजदुरको भरमा रोपाइँ
असार १५ गतेदेखि सुरु भएको रोपाइँ कार्य महिला मजदुरहरूको भरमा भइरहेका छन् । विद्युत मोटरबाट सिँचाइ गरेर रोपाई कार्यमा लागेका कृषकहरू असार महिनाको अन्तिम हुन लागेकोले रोपाइँलाई तीव्रता दिएका छन् ।
अवैध उत्खनन् गर्ने दुई एक्स्काभेटर नियन्त्रणमा
महोत्तरी सर्लाही सीमामा पर्ने बाँके खोलामा मध्यरातको समय पारेर अवैध उत्खनन् गर्ने एक्स्काभेटरसहित चालकलाई स्थानीय जनताले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका छन् ।
मधेशमा ९५ प्रतिशत 'एचआइभी' सङ्क्रमित औषधि सेवनको पहुँचमा
मधेश प्रदेशमा पहिचान भएका तीन हजार ७१६ जना 'एचआइभी' सङ्क्रमितमध्ये तीन हजार ५१७ जना अर्थात् ९५ प्रतिशत सङ्क्रमित औषधि सेवनको पहुँचमा आइसकेको सरकारी एक तथ्याङ्कले देखाएको छ ।
जन्मसिद्धका आधारमा बारामा ३५ हजारले नयाँ नागरिकता पाउने
नयाँ नागरिकता ऐन अनुसार बारा जिल्लाबाट करिब ३५ हजार व्यक्तिले नयाँ नागरिकता पाउने भएका छन् ।
बर्दिवासमा 'लारभिसाइड' स्प्रे अभियान सुरु
बर्दिवासको प्रमुख स्वास्थ्य समस्या बनेको डेङ्गुविरुद्ध नगर क्षेत्रमा ‘लारभिसाइड’ औषधि स्प्रे गर्न सुरु गरिएको छ ।
एक लाख रुपियाँ घुस लिएको आरोपमा लेखा अधिकृत पक्राउ
अख्तियार दुरुपयो अनुसन्धान वर्दिवासबाट खटिएको टोलीले लहानस्थित सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत पदम विनोद पोखरेल एक लाख घुस रकमसहित पक्राउ गरेको छ ।
मैथिली भाषा साहित्य पुरस्कारबाट चौधरी पुरस्कृत
विद्यापति पुरस्कार कोषले मैथिली भाषाको विभिन्न चार विधामा २०७९ सालका लागि घोषणा गरेको पुरस्कार वितरण गरेको छ ।
गठबन्धनकै सरकार पाँच वर्षसम्म रहने छ : मन्त्री किराँती
नेपाल सरकारका संस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँतीले मंगलबार भएको सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाबारे अध्ययन गर्न सरकारले बुधबार सम्ममा छानबिन समिति गठन गर्ने बताउनुभएको छ ।