बारा २ मा ५० प्रतिशत बढी मतदान
बारा क्षेत्र २ मा आइतबार दिउँसो अढाई बजेसम्म ५० प्रतिशत बढी मतदान भएको छ । सबै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान भइरहेको छ । केहीबेर अघिसम्म ५० प्रतिशत बढी मतदान भइसकेको सहायक मुख्य निर्वाचन अधिकृत नवराज जोशीले जानकारी दिनुभयो ।
उपनिर्वाचन : बारा -२ मा २२ प्रतिशत मतदान
बारा क्षेत्र नं. २ मा आइतबार दिउँसो १ बजेसम्म २२ प्रतिशत मतदान भएको भएको छ । बारा क्षेत्र नं. २ को सबै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान भइरहेको र १ बजेसम्ममा २२ प्रतिशत मतदान भइसकेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिनुभयो ।
मधेस प्रदेशका मुख्यमन्त्री यादवलाई सोधियो स्पष्टीकरण
निर्वाचन आयोगले मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई स्पष्टीकरण सोधेको छ । उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको भन्दै आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
पर्यटकीय आकर्षण बन्दै लहानको ‘हात्तीदह सिमसार’
एक समय जङ्गली हात्तीको क्रिडास्थल रहने गरेको सिरहाको लहान नगरपालिका–१५ मा अवस्थित हात्तीदह सिमसार क्षेत्रमा हिजोआज भने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ ।
उदाहरणीय मुसहर बस्ती
दलित भन्नासाथ गरिबीको रेखामुनि रहेका, रोगी, फोहोरी, अशिक्षित, अबुझ, असभ्य मानिस हुन् भन्ने बुझाइ समाजमा अझ पनि विद्यमान छ तर रौतहटको गुजरा नगरपालिका–५, लक्ष्मीपुरको दलित मुसहर बस्ती जिल्लाकै उदाहरणीय र नमुना बस्तीका रूपमा परिचित छ। कुल २८ घरधुरी रहेको सो बस्तीमा दुई/तीन जना ज्येष्ठ नागरिकबाहेक सबै साक्षर र शिक्षित छन्। आधारभूत शिक्षादेखि स्नातकोत्तरसम्मका शिक्षा हासिल गरी जागिर पेसामा आबद्ध युवा पनि छन् यस बस्तीमा।
प्रादेशिक अस्पतालको सेवा प्रभावकारी
जिल्ला सदरमुकाम गौर नगरपालिकास्थित प्रादेशिक अस्पतालको व्यवस्थापन समिति सक्रियपछि स्वास्थ्य सेवा प्रभावकारी बन्दै गएको छ। रेफर अस्पतालका रूपमा चिनिँदै आएको यस अस्पतालको व्यवस्थापन समिति, चिकित्सकलगायत सम्पूर्ण कर्मचारी सक्रिय भएपछि सेवा प्रभावकारी बनेको हो। बिरामीको स्वास्थ्य सेवालाई ध्यानमा राखेर उपचारका लागि भिडियो एक्स–रे, डिजिटल एक्स–रे मेसिन, ईसीजी सेवा, ओपीडी, इमरजेन्सी सेवा, वार्ड सेवा, शल्यक्रिया व्यवस्थापन, प्रसूति सेवा, जनरल सर्जरी, निःशुल्क औषधिलगायत खानेपानी र सरसफाइमा सुधारसँगै अस्पतालको सेवामा पनि सुधार देखिएको छ।
बारा–२ उपनिर्वाचन : एक घण्टामा पाँच प्रतिशत मतदान
बारा क्षेत्र नम्बर २ मा उपनिर्वाचनअन्तर्गत आज (आइतबार) बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । बारा–२ का सबै मतदान केन्द्रमा मतदान सुरु भइसकेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिनुभयो ।
परेन पानी फुलेन गुराँस
चैत–वैशाख महिना वनपाखामा ढकमक्क फुलेर राताम्मे हुनु गुराँसको विशेषता हो । यसैले त अन्य फूलभन्दा उच्च कोटीमा आफ्नो अस्तित्व राख्न सफल भएको हुनसक्छ । गुराँसका बोट अहिले ठिङ्ग्रिङ्गै छन् । चैत–वैशाख ढकमक्क फुल्ने गुराँस यस वर्ष फुलेको देखिएन ।
बारा, चितवन र तनहुँमा शान्तिपूर्णरूपमा मतदान सुरु
बारा निर्वाचन क्षेत्र नं. २, चितवन निर्वाचन क्षेत्र नं. २ र तनहुँ निर्वाचन क्षेत्र नं. १ मा आज आइतबार बिहान ७ बजेबाट प्रतिनिधि सभा सदस्यका लागि मतदान सुरु भएको छ ।
कम्युनिष्ट एकताबद्ध नभएसम्म समाजवाद आउँदैन : नेता खनाल
नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले देशमा भएका कम्युनिष्टहरु एकताबद्ध नभएसम्म देश समाजवादको लक्ष्यतर्फ अघि बढ्न नसक्ने बताउनुभएको छ ।
समयमै आइपुग्यो पाठ्यपुस्तक
शैक्षिक सत्र सुरुभएसँगै पाठ्यपुस्तक हरेक विद्यालयमा पु-याउन थालिएको छ। समयमा पाठयपुस्तक पुग्दा शैक्षिक अवस्थामा सुधार हुने विश्वास व्यक्त भइरहेको छ। गत वर्ष पाठ्यपुस्तकको अभाव शैक्षिक सत्र सुरु भएको सात/आठ महिनासम्म भइरहँदा सामुदायिक विद्यालयका शैक्षिक गतिविधि नै प्रभावित भएको थियो।
दाइजो नदिएको भन्दै धनुषामा आगो लगाएर हत्याको प्रयास
जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठाकी २८ वर्षीया श्वेता झाको शरीरमा उहाँका श्रीमान राजिव झासहित परिवारका अन्य सदस्य मिलेर आगो लगाएर हत्या गर्ने प्रयास भएको घटना बाहिरिएको हो ।
‘त्यसपछि बल्ल न्याय पाइयो’
महोत्तरीका रामअशेश्वर ठाकुरले १४ वर्ष साउदी अरबमा पसिना बगाउनुभयो । उमेर छँदै श्रम गरे भविष्यमा सुखको जीवन बाँचिएला र आश्रित परिवारले पनि दुःख भोग्नु नपर्ला भन्ने सोचेरै उहाँ देश छोडेर परदेश पुग्नुभएको थियो ।
‘प्रत्येक वडामा मल उद्योग’
मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले स्थानीय तहका प्रत्येक वडामा मल उद्योग स्थापनासहित आउँदो आर्थिक वर्ष २०८०/८१ को ३१ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। जनकपुरधामस्थित मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वसन्त कुशवाहाले प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउन यो नीति तथा कार्यक्रम ल्याउने योजना बनाएको उल्लेख गर्नुभयो। प्रत्येक वर्ष हुने रासायनिक मलको समस्यालाई न्यूनीकरण गर्न प्राङ्गारिक मलको प्रयोगलाई बढावा दिने उद्देश्यले प्रदेशभरिका प्रत्येक वडामा मलको आपूर्ति वितरण प्रणाली व्यवस्थित र सुदृढीकरण गर्दै प्राङ्गारिक मल, जैविक मल तथा भर्मिकम्पोस्टको आन्तरिक उत्पादन र वितरण केन्द्र सञ्चालन गरिने उहाँले बताउनुभयो।
सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि सरकारले सहयोग गर्छ : मन्त्री रिजाल
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि सरकारले सहयोग गर्ने बताउनुभएको छ ।
‘एमाले नेतृत्वको सरकारले मात्र देशको विकास गर्छ’
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दुई दशकमा नभएको काम आफू नेतृत्वको सरकारले तीन वर्षमा गरेको दावी गर्नुभएको छ । बारा निर्वाचन क्षेत्र २ मा आयोजित कार्यक्रममा आज उहाँले सो दावी गर्नुभएको हो ।
घटनामा दुई बालबालिकाको मृत्यु
सर्लाहीमा बिहीबार दिउँसोपख भएका बेग्लाबेग्लै घटनामा दुई बालबालिकाको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिकामा करेन्ट लागेर एक बालक र चन्द्रनगर गाउँपालिकाको पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको हो ।
मिटरब्याज पीडितलाई आन्दोलन फिर्ता लिन सरकारको आग्रह
ससरकारले मिटरब्याज पीडितलाई न्याय दिने प्रक्रिया सुरु भइसकेको भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको छ ।
निजगढ विमानस्थल छिट्टै शिलान्यास गर्छौँ : प्रधानमन्त्री
प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको छिट्टै शिलान्यास गरिने बताउनुभएको छ।
सामाजिक सुरक्षा भत्ता खतरामा पर्दैछ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकार कायमै रहे ज्येष्ठ नागरिक, एकल महिला तथा कमजोर आर्थिक अवस्था भएका अल्पसङ्ख्यक नागरिकले पाउँदैआएको सामाजिक सुरक्षा भत्ता खतरामा पर्ने दाबी गर्नुभएको छ ।
घुस लिएको आरोपमा नायब सुब्बा र लेखापढी व्यवसायीविरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा नायब सुब्बा र लेखापढी व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ ।
ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
सर्लाहीको लालबन्दीमा बिहीबार बिहान ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
आचारसंहिता उल्लङ्घन
प्रतिनिधि सभा सदस्य पदका लागि वैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवारहरूबाट व्यापक रूपमा आचारसंहिता उल्लङ्घन भइरहेको छ । आयोगले तोकेको मापदण्डविपरीत प्रचारप्रसारलगायतमा आचारसंहिता व्यापक मात्रामा उल्लङ्घन भएको निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले बताउनुभयो । बाराको निर्वाचन क्षेत्र नं. २ मा हुने उपचुनावमा विभिन्न दल तथा उम्मेदवारबाट आचारसंहिता उल्लङ्घन भएको उहाँले बताउनुभयो ।
कृषि क्याम्पस खोल्न प्रधानमन्त्री सकारात्मक
लालबन्दी नगरपालिकामा कृषि क्याम्पस स्थापनाका लागि सहयोग गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष आग्रह गरिएको छ । लालबन्दीका नगरप्रमुख वासुदेव अधिकारीको नेतृत्वमा सङ्घीय राजधानी काठमाडौँ पुगेको जनप्रतिनिधिसहितको टोलीले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री प्रचण्डसमक्ष कृषि क्याम्पस स्थापनाका लागि आग्रह गरेको हो । काभे्रको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयसँग सहकार्य गरी लालबन्दीमा कृषि क्याम्पस स्थापनाका लागि पहल जारी छ ।