• १३ असोज २०८१, आइतबार

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

blog

जनार्जन खत्री

सर्लाही, असार २२ गते । सर्लाहीको हरिवन नगरपालिका-५, घुर्कौलीमा शुक्रबार एक युवकले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । 

स्थानीय ३५ वर्षीय रामभरोस महतोले श्रीमती ३० वर्षीया नैनकुमारी महतोलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेका हुन् । महतोले घरायसी विवाद हुँदा आवेशमा आई श्रीमतीमाथि खुकुरी प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

छिमेकीका अनुसार महतो दम्पतिबीच यसअघि देखि नै घरायसी झगडा हुँदै आएको थियो । श्रीमतीको हत्या गरी रामभरोस आफै इलाका प्रहरी कार्यालय हरिवनमा आएर आत्मसमर्पण गरेका छन्। उनलाई हिरासतमा राखी कानुनी कारवाही प्रक्रिया अघि बढाइएको हरिवनका प्रहरी निरीक्षक शिवराम थापाले जानकारी दिनुभयो । 

अभियुक्तले कार्यालयमा आएर आत्मसमर्पण गरेपछि प्रहरीले घटनास्थलमा पुगेर मृतक महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाएको छ ।