शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
प्रवीणकुमार शर्मा
रौतहट, मङ्सिर २७ गते । रौतहटको माधवनारायण नगरपालिका–६, माधोपुरमा आगलागीबाट आठ लाख बराबरको क्षति भएको छ ।
स्थानीय सत्यनारायण यादवको ४० वर्षीय छोरा भोजेन्द्र राय यादवको खरको छानो भएको फुसको घरमा विद्युत् सर्ट भई शुक्रबार राति ११ः५० बजेको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक विष्णु प्रदिप बस्यालले जानकारी दिनुभयो ।
आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको तथा घर भित्र रहेको धान, गहुँ, गरगहना, फर्निचर, लत्ताकपडा जलेको उहाँले बताउनुभयो ।
आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको एवम् घटना सम्बन्धमा थप अनुसन्धान कार्य अगाडि बढाइएको प्रवक्ता बस्यालले बताउनुभयो ।