शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
जनार्जन खत्री
सर्लाही, मङ्सिर २७ गते । सर्लाहीको चुरेवर्ती क्षेत्रस्थित ईश्वरपुर नगरपालिका–१२, पिपलदमार क्षेत्रमा प्रहरीले साढे ३ बिघामा लगाएको गाँजा खेती नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै साढे तीन बिघामा लगाइएको १८ हजार ५०० बोट गाँजा काटेर नष्ट गरेको जनाएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बाँकेको खोलैखोला गएर सिन्धुलीसँगको सीमा नजिक पर्ने पिपलदमारमा गाँजा नष्ट गरेको हो ।
अन्य बाली खासै नउब्जने चुरे भेगका स्थानीयले मनग्य आम्दानी हुने गाँजा खेती गर्दै आइरहेका छन् । स्थानीयको राम्रो आम्दानीको स्रोत भए पनि नेपालको कानुनले गाँजा खेतीलाई अवैधानिक मानेको छ ।