• १३ असोज २०८१, आइतबार

धनुषा नगराइनका वडाध्यक्ष र वडा सचिवविरुद्ध भ्रष्टाचार मुद्दा

blog

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ।

काठमाडौं, असार २२ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषा नगराइन नगरपालिका–२ का वडाअध्यक्ष र वडा सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारका प्रवक्ता भोला दाहालले सो नगरपालिकाका वडाअध्यक्ष वुलन यादव  र वडा सचिव अमृत नारायण मिश्रविरुद्ध आज (शुक्रबार) विशेष आदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको जानकारी दिनुभयो ।

सडक निर्माण कार्य सम्पन्न सिफारिस गरिदिए वापत सेवाग्रहरीसँग घुस माग गरिरहेको भन्ने सूचना एवम् उजुरी निवेदनका आधारमा आयोगको कार्यालय बर्दिबासबाट खटिइ गएको टोलीले ७० हजार घुस लिइसकेको अवस्थामा यादव र मिश्रलाई नियन्त्रणमा लिएको थियो ।

प्रवक्ता दाहालले यादव र मिश्रले सडक निर्माणको कार्य सम्पन्न पश्चात् भुक्तानीका लागि पूर्वाधार विकास कार्यालय, धनुषालाई सिफारिस गरी दिएवापत सेवाग्राहीसँग ७० हजार घुस लिएको पुष्टी भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार वडाअध्यक्ष यादव र वडा सचिव मिश्रलाई ७० हजार बिगो कायम गरी आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।