• १९ वैशाख २०८१, बुधबार

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

blog

जनार्जन खत्री

सर्लाही, असार २४ गते । सर्लाहीको गोडैता नगरपालिका –१२, मा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । गडहियाबाट मधुवनीतर्फ गइरहेको प्रदेश २–०३–०१२ प ९७४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा टाउकोमा गम्भीर चोट लागि चालक धनकौल गाउँपालिका –१, बस्ने ४५ वर्षीय सोनालाल राउतको मृत्यु भएको हो । 

तीव्र गतिका कारण मोटरसाइकलले नियन्त्रण गुमाएर दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । मृतक राउतको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याइएको प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारुले जानकारी दिनुभयो ।