अध्यादेश निष्क्रिय भएपछि मिटरब्याज पीडित अन्योलमा
लक्ष्मीपुर–६ की कलामुन खातुनलाई ‘अध्यादेश’ र ‘निष्क्रिय’ भनेको के हो ? थाहा छैन तर उहाँ मिटरब्याज पीडित हुनुहुन्छ। रामस्वरूप महाजनसँग उहाँले दुई वर्षअघि लिएको एक लाख रुपियाँ ऋण तिरिसक्नु भयो। महाजनले थप चार लाख रुपियाँ बाँकी रहेको भन्दै तमसुक फट्टा गरेका छैनन्। खातुनलगायत रामस्वरूप महाजनबाट पीडित २५ जनाको उजुरी दर्ता भएपछि सबैमा न्यायको आशा पलाएको थियो। जिल्ला प्रशासन कार्यालयमा छलफल पनि चलिरहेको छ तर अकस्मात अध्यादेश निष्क्रिय भएपछि उहाँलाई धेरैले डर देखाए ‘अब सिडिओ र एसपीले पनि महाजनलाई केही गर्न सक्दैनन्’ भनेर।
महिला पत्रकारको बीमामा निरन्तरता
महिला पत्रकारलाई पेशामा सुरक्षित भई क्रियाशील भइराख्न मधेस प्रदेशका महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमालाई निरन्तरता दिएको छ । मधेश प्रदेशका मिडिया र मिडियाकर्मीको हकहित, संरक्षण, सम्बद्र्धन एवम् क्षमता अभिवृद्धिलगायतका उद्देश्य पूरा गर्न मधेश प्रदेश सरकारले गठन गरेको आमसञ्चार प्राधिकरण मधेश प्रदेश जनकपुरधामले महिला पत्रकारको स्वास्थ्य बीमा र दुर्घटना बीमालाई निरन्तरता दिएको हो ।
मधेशका इतिहासविद् खोज्दै प्रतिष्ठान
मधेशको इतिहास लेखनका लागि इतिहासविद्हरूको खोजीमा जुटेको छ । मधेश प्रज्ञा प्रतिष्ठान जनकपुरधामले मधेशको इतिहास लेखनका लागि मधेशसम्बन्धी इतिहासविद् एवं जानकारको खोजीमा जुटेको हो । मधेशको इतिहास कहिँकतै नभेटिएको दाबीसाथ मधेशको इतिहास लेख्न नेपाल र भारतका इतिहासविद् र जानकारको खोजीमा जुटेको प्रतिष्ठानका अध्यक्ष रामभरोज कापडी ‘भ्रमर’ ले जानकारी दिनुभयो । पूर्वपश्चिम मधेशका २२ जिल्लाको राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिकलगायतको विषयका इतिहास दस्तावेज नभेटिएकाले जानकार इतिहासविद्लाई भेला गरी इतिहास लेखनतर्फ प्रतिष्ठान अगाडि बढेको उहाँले बताउनुभयो ।
हरिवनले ल्यायो ६२ करोड बजेट
सर्लाहीको हरिवन नगरपालिकाले आर्थिक वर्ष २०८०–८१ का लागि ६२ करोडभन्दा बढीको बजेट ल्याएको छ । बुधबार प्रारम्भ भएको सातौँ नगर सभामा नगरप्रमुख रमेश बुढाथोकी (कमल) ले ६२ करोड ९१ लाख ४७ हजार रुपियाँ बराबरको अनुमानित बजेट पेस गर्नुभएको हो ।
महोत्तरीमा गोली चल्दा एक जना घाइते
महोत्तरीको रामगोपालपुर–१ मा गोली चल्दा एक जना घाइते भएका छन् । आपसी विवादका क्रममा मङ्गलबार साँझ गोली चल्दा ४४ वर्षीय श्रवण यादव घाइते हुनुभएको हो ।
‘गरिबका लागि निःशुल्क उपचार’
सीमावर्ती क्षेत्रस्थित सर्लाहीको कौडेना गाउँपालिका–२, फूलपरासीमा मङ्गलबार १५ शय्याको सामुदायिक अस्पताल उद्घाटन गरिएको छ। सङ्घीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पतालको उद्घाटन गर्नुभएको हो। सीमावर्ती क्षेत्रमा स्थापना भएको यो अस्पतालले यहाँका ग्रामीण भेगका बासिन्दालाई प्रभावकारी ढङ्गले प्राथमिक स्वास्थ्य उपचार सेवा प्रदान गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो। अस्पताल सञ्चालन तथा विशेषज्ञ चिकित्सकको व्यवस्थापनका लागि मन्त्रालयको साथ, सहयोग रहने मन्त्री बस्नेतले प्रतिबद्धता व्यक्त गर्नुभयो। गरिब तथा विपन्न वर्गका लागि प्रत्येक सरकारी तथा निजी अस्पतालमा १० प्रतिशत शय्या अनिवार्य निःशुल्क व्यवस्था गरिएको उल्लेख गर्दै उहाँले यहाँ पनि कोही गम्भीर प्रकृतिका बिरामी उपचार नपाएरै बसिरहेको भए आफ्नो सम्पर्कमा ल्याइदिन आग्रह गर्नुभयो।
तराई केन्द्रित जनसङ्ख्या, चुनौतीसँगै अवसर पनि
राष्ट्रिय जनगणनाले देशको जनसङ्ख्या स्थिरतातर्फ उन्मुख भएको देखाउँदा आन्तरिक रूपमा भने जनसङ्ख्या घट्ने र बढ्ने दरमा भिन्नता छ ।
बाटोमा खहरे बग्दा यातायात ठप्प, उत्तरी सर्लाहीको जनजीवन कष्टकर
खहरे खोलाले बाटो बिगारेपछि सर्लाहीको उत्तरी चुरेभेगका स्थानीयको दैनिकी कष्टकर बनेको छ। वर्षाले बाटो बिगारेपछि उत्तरी सर्लाहीका नारायण खोला, शिर कालिञ्जोर, पिपलदमारलगायतका क्षेत्रमा यातायातका साधन ठप्प भएका छन्। हिउँद यामभर खोलाको बगरबाट सञ्चालन हुने बस, जिपलगायतका सवारीसाधन अहिले बन्द भएका छन्। हिउँदमा गाडी गुड्ने खोलाको बाटोमा अहिले बाढी बगिरहेको छ। यातायात ठप्प हुँदा स्थानीयलाई औषधोपचार तथा खाद्यान्न किन्न बजारसम्म आउजाउमा समस्या परेको बताइन्छ।
आधारभूत विद्यालयमा विधार्थीको भर्ना बढ्दै
लहान-१० स्थित श्री जनता आधारभूत विद्यालयमा विधार्थीहरुको सङ्ख्या बढ्दै गएको छ ।
झिलिमिली जानकी मन्दिर
धनुषा, असार १८ गते । आइतबार साँझ बत्तीको झिलिमिलीमा सजिएको जनकपुरधामस्थित जानकी मन्दिर । तस्बिर : अजयकुमार साह /रासस
मधेस प्रदेशमा नौ प्रतिशत मात्र धान रोपाइँ
असारको तेस्रो सात्ता बित्नै लाग्दा अहिलेसम्म मधेस प्रदेशमा करिब नौ दशमलव ५२ प्रतिशत खेतीयोग्य जग्गामा मात्र धान रोपाइँ हुन सकेको छ । समयमा वर्षा नहुदाँ यो प्रदेशको ९० दशमलव ४८ प्रतिशत खेत अझै बाँझो रहेको मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिझ धनुषाका निमित्त कमलदेव कुशवाहाले जानकारी दिनुभयो ।
निष्पक्ष तवरले काम गर्छौं : मुख्य न्यायाधिवक्ता
मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता वीरेन्द्रकुमार ठाकुरले मधेश प्रदेशमा मानव अधिकारको प्रत्याभूति र समाजमा न्याय निरूपण गर्न मुख्य न्यायाधिवक्ताको कार्यालयले निष्पक्ष ढङ्गले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
दाइजोविरुद्ध पहल गर्न आग्रह
महिला हिंसाको प्रमुख कारकका रूपमा देखिएको दाइजो प्रथा हटाउन मिर्चैया नगरपालिकाले पहल गर्नुपर्ने महिलाले माग गरेका छन्। नगरपालिकाको सहयोगमा सामुदायिक महिला सिप तथा दलित ट्रस्ट सिराहाले आयोजना गरेको एक दिवसीय अन्तर्कियामा सहभागी महिलाले यस्तो माग गरेका हुन्।
चुरे क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्न पहल गर्छु : मन्त्री महतो
संघीय वनसंघीय वन तथा वातावरण मन्त्री डा. वीरेन्द्र महतोले चुरे क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्न पहल गर्ने बताउनु भएको छ ।
उत्तिममानको पीडा-उपचारमै सकियो सम्पत्ति
उमेरले ७० पुग्न लाग्दै गर्दा कुन बुबाको चाहना नहोला र दुःख बिसाउने र सुखको श्वास फेर्ने । जीवनको उत्तरार्द्धमा सन्तानलाई सबै जम्मा लगाएर हलुङ्गो जीवन बाँच्ने धेरैको सपना पनि हुन्छ ।
मधेस प्रदेशमा रासायनिक मलको अभाव नहुने
बर्सेनि धानखेतीको समयमा रासायनिक मलको अभाव झेल्दै आएका मधेस प्रदेशका किसानलाई यस वर्ष मलको समस्या नहुने जनाएको छ ।
चार स्थानीय तहले ल्याएनन् बजेट
सप्तरीका १८ स्थानीय तहमध्ये चार पालिकाले अझै बजेट नीति तथा कार्यक्रम ल्याउन सकेका छैनन्। राजविराज नगरपालिका, हनुमाननगर कङ्कालिनी नगरपालिका, कञ्चनरूप नगरपालिका र रूपनी गाउँपालिकाले निर्धारित समयमा बजेट ल्याउन नसकेका हुन्। आन्तरिक किचलो, आपसी मनमुटाव, जनप्रतिनिधिहरूको बेवास्ता र व्यस्तताको कारण ती पालिकाहरूलाई बजेट ल्याउन कठिनाइ भएको दाबी गरिएको छ।
घरेलु उद्योग प्रवर्द्धनमा प्रदेश सरकार अगाडि बढ्नुपर्छ : मन्त्री यादव
मधेश प्रदेशका उद्योग वाणिज्य तथा पर्यटनमन्त्री सुनिता यादवले घरेलु उद्योगको प्रवर्द्धनका लागि प्रदेश सरकारले प्राथमिकताका साथ कामकाजलाई अगाडि बढाएको बताउनुभएको छ।
दुई वर्षीया बालिकासहित आमाको रहस्यमय मृत्यु
रौतहटको मौलापुर नगरपालिका–४ पतौरामामा दुई वर्षीया छोरी र आमा मृत अवस्थामा भेटिएको छ ।
भारतीय मोटरसाइकल : न भन्सार, न कागजात
सर्लाहीसहित मधेशका जिल्लामा नेपाली नम्बर प्लेटको तुलनामा भारतीय नम्बर प्लेटका मोटरसाइकल बढी सञ्चालन भइरहेका छन्। यहाँका जिल्ला सदरमुकाममै अत्यधिक रूपमा भारतीय मोटरसाइकल प्रयोग हुने गरेको छ। सीमावर्ती क्षेत्रका हाटबजार र गाउँमा नेपाली नम्बर प्लेटका मोटरसाइकल देख्नै मुस्किल पर्छ। तराईमा भारतीय सवारीको बढ्दो प्रयोगले राजस्व सङ्कलनमा कमी मात्रै आएको छैन।
बस र ट्याङकर ठोक्किँदा दुई घाइते
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बाँके जङ्गलमा शुक्रबार बस र दुध बोक्ने ट्याङकर ठोक्किँदा दुई जना घाइते भएका छन् ।
मधेश प्रदेशमा गोरखापत्रको अभिमुखिकरण कार्यक्रम सम्पन्न
मधेश प्रदेशमा कार्यरत गोरखापत्रका समाचारदाताको क्षमता विकास गर्ने उद्देश्यले सञ्चालित दुई दिने अभिमुखिकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।
समाज रूपान्तरणमा गोरखापत्रको योगदान महत्त्वपूर्ण : मन्त्री यादव
मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णकुमार यादवले राष्ट्रको विकासमा गोरखापत्रले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
मिटरब्याज आरोपमा पन्ध्र जना पक्राउ
अनुचित लेनदेन (मिटरब्याज) अन्तर्गतको उजुरी अनुसन्धानका क्रममा आरोपित व्यक्तिहरू पक्राउ पर्न थालेका छन्। जिल्ला प्रशासन कार्यालयको आदेशमा बारा प्रहरीले हालसम्म १५ जना आरोपित व्यक्तिलाई पक्राउ गरेको छ। बारा जिल्लामा परेका तीन हजार ३२२ उजुरीमध्ये हालसम्म २३० वटा उजुरीको छलफल भएकोमा १४९ वटा फस्र्योट भइसकेको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताउनुभयो। जिल्ला प्रशासन कार्यालयको आदेशमा बारा प्रहरीले १५ जना आरोपित व्यक्तिलाई पक्राउ गरेको थियो। पक्राउ परेकामध्ये कतिपय रकम मिलान र सहमति भएपछि छुटेका छन्। न्याय निरूपणका क्रममा आरोपित व्यक्ति र उजुरीकर्तालाई कार्यालयमा बोलाएर बयान लिने कार्य भइरहेको उहाँले जानकारी दिनुभयो। धेरै उजुरी परेका कारण कार्यालयको काम नै प्रभावित हुन नदिन तीन वटा टोली बनाएर दैनिक ३० वटा उजुरीको छलफल गराउने र सहमतिमा किनारा लगाउने काम भइरहेको प्रजिअ सापकोटाले बताउनुभयो।