• १ जेठ २०८२, बिहिबार

मधेश प्रदेशमा गोरखापत्रको अभिमुखिकरण कार्यक्रम सम्पन्न

blog

मधेश प्रदेशको गोरखापत्र समाचारदाताको दुई दिने अभिमुखिकरण कार्यक्रममा उपस्थित अतिथि। तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केवर, असार १५ गते।  मधेश प्रदेशमा कार्यरत गोरखापत्रका समाचारदाताको क्षमता विकास गर्ने उद्देश्यले सञ्चालित दुई दिने अभिमुखिकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। आमसञ्चार प्राधिकरण मधेश प्रदेशको आयोजना तथा गोरखापत्र संस्थानको समन्वयमा धनुषाको लालगढमा भएको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको थियो। 

समापन कार्यक्रममा मधेश सरकारका पूर्व गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले गौरवमय इतिहास बोकेको गोरखापत्रका समाचारदाताले देश विकासमा टेवा पुग्ने खालका समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभयो। 

‘‘अहिले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले गरेका सकारात्मक कामको चर्चा कम र नकारात्मक कामको चर्चा बढी भइरहेको छ। जसले गर्दा हाम्रो देश नेपाल असफल राष्ट्र बन्ने खतरा बढिरहेको छ। त्यसलाई रोक्नका निमित्त जसरी गोरखापत्र संस्थानले विगतमा समाज परिवर्तनका निम्ति खेलेका भूमिकालाई निरन्तरता दिनुपर्छ’’, उहाँले भन्नुभयो। 

उहाँले सत्य, तथ्या तथा मर्यादीत समाचार प्रकाशनको विश्वनीयता कायम राखेका गोरखापत्रका समाचारदाताले मधेश सरकारले गरेका राम्रा कामको समाचार सम्प्रेषण गर्नुपर्ने बताउँदै उहाँले जुनसुकै समाचार संस्था तथा पत्रकारले समाजमा भ्रम फैलाउने समाचार लेख्नु नहुने बताउनुभयो। 

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले सत्य, तथ्य तथा मर्यादित समाचारप्रतिको जनविश्वास कायम रहने बताउनुभयो। 

कार्यकारी अध्यक्ष सुवेदीले भन्नुभयो, ‘‘गोरखापत्र समाज रुपान्तरणको प्रतिनिधित्व गर्दै आएको छ। नागरिकप्रतिको जवाफदेहितालाई प्राथमिकतामा राखेको छ। सभ्य समाज निर्माण युग बिताएको गोरखापत्रले विश्वसनीयता कायम राख्दै अगाडि बढ्नेछ।’’

अध्यक्ष सुवेदीले सञ्चार क्षेत्रमा योगदान पु¥याएका आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवलाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो। 

कार्यक्रममा गोरखापत्र दैनिकका प्रधान सम्पादक शिवकुमार भट्टराई, गोरखापत्र संस्थानका बोर्ड सदस्य सचिन पोखरेल, प्रशासन निर्देशक ओमप्रकाश भुसाल, आमसञ्चार प्राधिकरणका प्रमुख प्रशासकीय अधिकृत उपेन्द्रसिंह कुशवाहाको उपस्थिति थियो। 

 कार्यक्रममा मधेश प्रदेशमा कार्यरत गोरखापत्रका १८ जना समाचारदाताको सहभागिता थियो।