• १ जेठ २०८२, बिहिबार

चुरे क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्न पहल गर्छु : मन्त्री महतो

blog

 सिराह, असार १७ गते । संघीय वन तथा वातावरण मन्त्री डा. वीरेन्द्र महतोले चुरे क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्न पहल गर्ने बताउनु भएको छ । 

सिरहा जिल्ला कर्जन्हानगरपालिका बन्दीपुर बाबाताल क्षेत्रमा आइतबार वृक्षरोपण गर्नुहुँदै मन्त्री महतोले यस्तो विचार व्यक्त गर्नुभएको हो । 

वृक्षरोपण कार्यक्रममा उहाँले बाबाताल सुन्दर पर्यटकीय क्षेत्र मात्र होइन धार्मिक पर्यटकीय क्षेत्र पनि भएकाले यसको छुट्टै महत्व रहेको छ भन्नुभयो । उहाँले यस क्षेत्रको विनाशलाई रोक्न संरक्षित क्षेत्र बनाउन पहल गर्छु भन्नुभयो ।


संविधानविद तथा बाबाताल संरक्षण समितिका संरक्षक काशिराज दाहालले चुरे विनाश हुनबाट जोगाउन,  हरियाली बचाउन र पर्यावरणको विकास गर्नुपर्नेमा जोड दिनुभयो । 

वृक्षरोपण कार्यक्रममा मन्त्री महतो, संविधानविद् दाहाल, नगरप्रमुख भोलाप्रसाद पोखरेल, प्राध्यापक डा.रामप्रसाद दाहाल, स्थानीय जनप्रतिनिधिलगायतले रुद्राक्ष, अमला, समी, बेल, गुल्मर, बेगमबेलीलगायतका तीन सय विरुवा राेप्नु भएकाे छ ।