फरार सहकारी सञ्चालक अझै पक्राउ परेनन्
बचतकर्ताको करोडौँ रकम लिई फरार भएका वीरगञ्जस्थित यादगार बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक अझै पक्राउ पर्न सकेका छैनन् ।
गृहमन्त्री श्रेष्ठद्वारा मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको कार्यालय उद्घाटन
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनकपुरधामस्थित अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको कार्यालय उद्घाटन गर्नुभएको छ ।
जानकी नवमी मनाइयो
विविध कार्यक्रमको आयोजना गरी शनिबार जानकी नवमी उत्सव भव्यताका साथ मनाइएको छ। जानकीको जन्मोत्सवका अवसरमा जानकी मन्दिरको आयोजनामा विभिन्न कार्यक्रम गरी जानकी नवमी उत्सव मनाइएको जानकी मन्दिरका छोटे महन्त रामरोशन दास वैष्णवले बताउनुभयो। वैशाखको शुक्ल नवमीको मध्याह्नमा धर्तीबाट प्रकट भएको धर्मग्रन्थमा गरिएको वर्णन र जानकी मन्दिरको चलनलाई निरन्तरता दिँदै जानकी नवमी मनाइएको उहाँले जानकारी दिनुभयो। शाही स्नान, जन्मोत्सव, साँझ डोला शोभा यात्रा, बेलुका दीप प्रज्वलन गरी दिपोत्सव र राति बधाई गानसहित जानकी नवमी उत्सव मनाइएको बताउँदै उहाँले सो अवसरमा भारतका विभिन्न स्थानका साधुसन्त पनि जनकपुरधाममा आउनुभएको जानकारी दिनुभयो।
सेनाको अगुवाइमा निःशुल्क स्वास्थ्य शिविर
नेपाली सेनाको वीरदल गण रौतहटको अगुवाईमा शनिबार आयोजित स्वास्थ्य शिविरमा आठ सयभन्दा बढी बिरामीले उपचार गराएका छन् । रौतहटको चन्द्रपुर नगरपालिका –८ मा रहेको शिवशक्ति आधारभूत आवासीय विद्यालय मोतिपुरमा सञ्चालित स्वास्थ्य शिविरमा विरामीले निःशुल्क उपचार पाएका हुन् ।
जति नै पहुँच भए पनि मिटरब्याजीलाई छाडिन्न: गृहमन्त्री श्रेष्ठ
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडक जति नै पहुँचवाला र स्थापित भए पनि सरकारले नछाड्ने बताउनुभएको छ ।
जनकपुरधाममा आदिकवि भानुभक्तको सालिक पुनः निर्माण सुरु
जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोजकुमार साहले भानुचोकमा भानुभक्तको सालिक निर्माणका लागि शिलान्यास गर्नुभएको छ ।
वीरगञ्जमा जथाभाबी फोहोर फ्याँक्नेमाथि सार्वजनिक मुद्दा
कहीँ तपाई वीरगञ्ज महानगर क्षेत्रमा जथाभाबी फोहोर त फाल्दै हुनुहुन्न ? यदि जथाभाबी फोहोर फाल्दै हुनुहुन्छ भने अबदेखि नफाल्नुहोला । नत्र तपाईँमाथि सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा दर्ता गरिनेछ ।
मह उत्पादन घट्दा माहुरी कृषक चिन्तित
यो वर्ष महोत्तरीको जङ्गलबाट लक्ष्य अनुसारको मह उत्पादन हुन नसक्दा आगन्तुक माहुरी कृषक निराश भएर फर्केका छन् ।
‘फुड फेस्टिभल’मा चौरासी व्यञ्जन
मैथिली कला संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धनका लागि शुक्रबार जनकपुरधाम सांस्कृतिक महोत्सव तथा मैथिली फुड फेस्टिभल आयोजना गरिएको छ ।
सशस्त्र प्रहरीलाई जग्गा दान
झण्डै अढाइ करोड मूल्य पर्ने जग्गा महोत्तरीका एक दानवीरले सशस्त्र प्रहरीलाई जग्गा दान गर्नुभएको छ । महोत्तरी भंगहा –४ घर भएका व्यावसायी तथा समाजसेवी दिनेशकुमार महतोले अढाइ करोड मूल्य पर्ने जग्गा सशस्त्र प्रहरी वेश क्याम्प नक्टाझिजलाई कार्यालय निर्माणका लागि दान दिनुभएको हो ।
नीति र सिद्धान्त मिल्ने पार्टीसँग सहकार्य गर्ने : अध्यक्ष नेपाल
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का केन्द्रिय अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समानता र वैचारिकताको आधारमा सबै पार्टीसँग हातेमालो गर्न तयार रहेको बताउनुभयो ।
जनकनन्दनी गाउँपालिकामा निःशुल्क प्रसूति सेवा
धनुषाको जनकनन्दनी गाउँपालिकाका सुत्केरी हुने महिलालाई सीमावर्ती भारतीय अस्पतालमा पुग्नुपर्ने बाध्यता हटेको छ ।
सडक कालोपत्रे गराउन ताकेता
सर्लाहीको पूर्व–पश्चिम हुलाकी सडकमा वैशाखभित्र प्राइमको काम सक्ने निर्णय गरिएको छ। सदरमुकाम मलङ्गवामा बसेको हुलाकी राजमार्ग समन्वय बैठकले यही वैशाख मसान्तभित्र प्राइमको काम सक्ने निर्णय गरेको हो। प्राइम हालेपछि धुलो उड्न छाड्ने अपेक्षा गरिएको छ। कामै नभएका ठाउँमा बेस बिछ्याएर प्राइम हाल्ने काम सक्ने र असार १५ गतेभित्र पश्चिम बागमतीदेखि पूर्वसङ्ग्रामपुरसम्मकै ४० किलोमिटर बढी हुलाकी सडकको कालोपत्रे गरिसक्ने निर्णय भएको बैठकमा सहभागी सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीले जानकारी दिनुभयो। सर्लाहीको हुलाकी सडक निर्माणका सम्बन्धमा यसरी वर्षौंदेखि कयौँ पटक सहमति र निर्णय भइसकेका छन्।
उपनिर्वाचनमा जित नहुँदा दुःखी हुनुपर्दैन : नेता पोखरेल
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वैशाख १० मा सम्पन्न उपनिर्वाचनमा एमालेको जित नभए पनि दुःखी भैहाल्ने अवस्था नरहेको बताउनुभएको छ । महोत्तरीको बर्दिवासमा एमालेको अभियान ‘मिशन ग्रासरुट’ सम्बन्धी प्रादेशिक कार्यक्रममा सहभागी हुन बिहीबार जनकपुरधाम आउनुभएका वरिष्ठ उपाध्यक्ष पोखरेलले सो कुरा बताउनुभएको हो । सम्पन्न उपनिर्वाचनमा एमाले क्षेत्र नरहेकाले जित नभए पनि हार मान्नुपर्ने कुनै अवस्था नरहेको उहाँको भनाइ छ ।
विद्यालय भर्ना अभियान प्रभावकारी
सामुदायिक विद्यालयमा नयाँ शैक्षिक सत्र सुरु भएपछि विद्यालय भर्ना अभियानलाई तीव्रता दिइएको छ। यस अभियानबाट अभिभावक प्रभावित भई विद्यार्थी भर्ना गराउन उत्साहित भएका सामुदायिक विद्यालयले जनाएका छन्। सामुदायिक विद्यालय सुधारका लागि विविध कार्यक्रममध्ये विद्यालय भर्ना अभियानलाई प्राथमिकतामा राखिएको जिल्ला शिक्षा समन्वय एकाइ सिरहाका प्रमुख रामवृक्ष महतोले जानकारी दिनुभयो। उहाँका अनुसार चलिरहेको विद्यालय भर्ना अभियान प्रभावकारी रहेको छ। विगतको तुलनामा अभिभावकको आकर्षण सामुदायिक विद्यालयप्रति बढ्दो छ।
‘बालविवाहको कुरै नगरौँ’
‘नगरौँ विवाहको कुरा, भएको छैन २० वर्ष पूरा’ नाराका साथ जिल्लाका सदरमुकाम जलेश्वरको विभिन्न ठाउँमा बालविवाह न्यूनीकरणका लागि सडक नाटक प्रदर्शन गरिएको छ।
आगो निभाउन गएको वारुण यन्त्र दुर्घटनामा, पाँच घाइते
आगो निभाउन गएको गौर नगरपालिकाको वारुण यन्त्र गढवाटोलमा दुर्घटना भएको छ । दुर्घटनामा चालकसहित पाँच कर्मचारी घाइते भएका छन् ।
महोत्तरीमा खानेपानीको सङ्कट
घामको प्रचण्ड राप र तातो हावा बहने क्रम सुरु भएसँगै महोत्तरीको उत्तरी क्षेत्रमा खानेपानीको सङ्कट बढेको छ । गर्मीयाममा खानेपानीको स्रोतका मुहान सुक्दै र गहिरिँदै गएपछि बर्दिबास नगरपालिकासहित उत्तरी क्षेत्रका बस्तीमा खानेपानीको हाहाकार भएको छ ।
बढे आँखाका रोगी
महोत्तरी जिल्लामा आँखाका रोगी दिनप्रतिदिन बढ्दै गएका छन्। गरिबी, जनचेतनाको अभाव, धुलो, धुवाँ र मानिसको आफ्नो सानो हेलचेक्य्राइँका कारण अन्धोपन बढेको नेपाल रेडक्रस सोसाइटीद्वारा यहाँ सञ्चालित आँखा तथा कान उपचार केन्द्रका चिकित्सक डा. वीरेन्द्रकुमार यादवले बताउनुभयो।
पुल बनेपछि सहज
सर्लाहीको जब्दी र रामपुर जोड्ने गरी फुलजोर खोलामा पुल बनेर सञ्चालनमा आएपछि आवतजावत सहज भएको छ। लामो प्रतीक्षापछि लालबन्दी नगरपालिका–३, जब्दी र ईश्वरपुर नगरपालिका–८, रामपुर जोड्ने गरी फुलजोर खोलामा पक्की पुल निर्माण गरिएको हो। वर्षौंदेखि वर्षायाममा भेलमै हेलिएर खोला वारपार गर्न बाध्य स्थानीय पक्की पुल निर्माणपछि खुसी भएका छन्।
‘दूध बिक्रीमा समस्या’
डेरी उद्योगीले दूध नपाएको गुनासो गरिरहँदा तराई मधेशको दूध बिक्री नभएर किसान भारत लगेर बेच्न बाध्य छन् । डेरी उद्योगीले दूधको अभाव देखाउँदै भारतबाट आयात गर्न पाउनुपर्छ भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा निवेदन दिएका छन् तर अर्कोतिर किसान दूध बिक्री नभएको भन्दै भारत लगेर बेच्न बाध्य छन् ।
बारा–२ बाट उपेन्द्र यादव विजयी
बारा निर्वाचन क्षेत्र नम्बर–२ बाट जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादव विजयी हुनुभएको छ ।
बारा-२ मा उपेन्द्र यादवको अग्रता: दुई हजार ६ सयको मतान्तर
बारा निर्वाचन क्षेत्र नम्बर–२ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले २२ हजार ५५२ मत ल्याउनुभएको छ।
बारा-२ मा उपेन्द्र यादवको अग्रता : दुई हजार आठ सयको मतान्तर
उपेन्द्र यादवले २२ हजार ९६ मत ल्याउनुभएको छ। उहाँलाई जनमतका उम्मेदवार शिवचन्द्र कुशवाहाले १९ हजार २७९ मतका साथ पछ्याइ रहनु भएको छ। मतान्तर दुई हजार ८१७ रहेको छ।