• १ जेठ २०८२, बिहिबार

यातायातमन्त्री ज्वालाद्वारा कमला नदीस्थित भाँचिएको पुलको स्थलगत अनुगमन

blog

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला । फाइल तस्बिर

काठमाडौं, साउन १ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हुलाकी राजमार्गअन्तर्गत निर्माण गर्दागर्दै भाँचिएको कमला नदीस्थित पुलको स्थलगत अनुगमन गर्नुभएको छ ।

आइतबार मन्त्री ज्वालाले हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको भाँचिएको पुलको स्थलगत अनुगमन गर्नुभएको हो । सिरहा र धनुषा जोड्ने कमला नदीको पुल भाँचिएपछि त्यहाँका स्थानीयहरूले दुई वर्षदेखि सास्ती भोगिरहेका छन् । पुल भाँचिएसँगै पूर्वपश्चिम राजमार्ग भएर आवतजावत गर्नुपर्दा कम समयमा पुगिने ठाउँमा पनि धेरै समय लग्ने गरेको छ ।

मन्त्री ज्वालाले पुलको स्थलगत अनुगमन पश्चात् छिट्टै पुल निर्माण गरी स्थायी समाधान  खोज्ने निष्कर्षमा पुगेको बताउनुभयो । उहाँले एक वर्षभित्र सुचारु हुने इन्जिनियरले बताएकाले एक वर्षभित्र पुल सञ्चालनमा ल्याउन सकिने अनुमान रहेको जानकारी दिनुभयो । उहाँले भाँचिएको पुल तत्काल निर्माणका लागि मन्त्रालयमा सम्बन्धित विभाग र प्राविधिकहरू समेत बसेर स्थायी समाधान छिटोभन्दा छिटो निकाल्ने योजनामा सरकार रहेको बताउनुभयो  ।

मन्त्री ज्वालाले गुणस्तर पनि कायम हुने र छिटो छरितो काम हुनेगरी भाँचिएको हुलाकी राजमार्गको कमला नदीको पुल छिटो अगाडि बढाइने बताउनुभयो । उहाँले स्थलगत अनुगमन गरी निरीक्षण गर्दा पूर्वतिरको भाँचिएको र भासिएको संरचना बनिरहेको जानकारी दिनुभयो । उहाँले पुल निर्माण छिटोभन्दा छिटो पिलर उठाउने र तत्काल सिलाप राखी पुलको मर्मत गर्नुपर्ने भागलाई पनि मर्मत गरेर छिटो यातायात सुचारु गर्नेतर्फ सरकार लाग्ने प्रतिबद्धता जनाउनुभयो ।

‘‘हुलाकी राजमार्गको कमला पुलको जुन पूर्वी पिलर भाँचिएको छ स्पानहरु पनि भाँचिएको छ भने बीचमा पनि केही भागहरू भासिएको छ । भाँचिएको पुलको आज अवलोकन गरेका छौँ । स्थलगत अनुगमन गरी निरीक्षण गर्दा पूर्वपट्टीको भाँचिएको र भासिएको फाउण्डेशन बनिसकेको छ । छिटोभन्दा छिटो पिलर उठाउने र तत्काल सिलाप राख्ने र पुलको मर्मत गर्नुपर्ने भागलाई पनि मर्मत गरेर छिटो यातायात सुचारु गर्नेतर्फ हामी लाग्छौँ ।,’’ मन्त्री ज्वालाले भन्नुभयो,  ‘‘एक वर्षभित्र सुचारु होला भन्ने इन्जिनियर साथीहरूको अनुमान रहेको छ । यो विषयमा अब मन्त्रालयमा सम्बन्धित विभाग र प्राविधिकहरू समेत बसेर कमला पुलको स्थायी समाधान छिटोभन्दा छिटो निकाल्ने योजनामा छौँ । गुणस्तर पनि कायम हुने छिटो छरितो काम हुने गरी भाँचिएको हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको पुल छिटो अगाडि बढाउने निष्कर्षमा पुगेका छौँ ।’’

स्थलगत अनुगमनमा सो क्षेत्रका स्थानीय बासीहरूले सरकारले हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला पुल निर्माणमा गरी तत्काल बाटो खोल्न माग गर्नुभयो । उहाँहरूले ठेक्का पाएको कम्पनीले समयमा नै काम नगरेकाले पुल निर्माणमा ढिलाइ लाईको भन्दै मन्त्रीलाई गुनासो समेत गर्नुभयो । स्थानीयवासीले मन्त्री ज्वालाकै अगाडि निर्माण कम्पनीसँग चर्काचर्की भएको थियो । तर मन्त्रीले भाँचिएको पुलको स्थायी समाधान झगडाले नहुने भन्दै शान्त हुन आग्रह गर्नुभएको थियो ।

वि.सं २०७८  असार १७ मा निर्माणको अन्तिम चरणमा कमला नदीको पुलको एउटा स्पाम भासिएको थियो । २०६८ सालमा ७० मिटर लम्बाई र ११ मिटर चौडाइ कमला नदीको पुल २४ करोड ९१ लाखमा पुल निर्माण गर्ने पप्पु कन्स्ट्रक्सन ठेक्का लिएको थियो । तर पछि यो निर्माण कम्पनी समयमा काम नगर्दा २०७६ असोज १ गते सम्झौता रद्द गरी ०६८ जेठ ३१ गते लुम्बिनी विल्डर्स कन्स्ट्रक्सनलाई जिम्मेवारी दिइएको थियो । यो निर्माण कम्पनीले अन्तिम काम गरिरहेको अवस्थामा अघिल्लो वर्षको सामान्य वर्षामै पुल भासिएको थियो । पाया (पायर) भासिएसँगै दुईवटा स्ल्याब ७८.२० (एउटा स्ल्याब ३९.१०) मिटरको तल  झ¥यो । गत वर्षको साउन पहिलो साता उद्घाटनको तयारी गरिरहँदा सामान्य बाढीले पाया भासिएर स्ल्याब नै भुईँमा खसेपछि दुई जिल्लाको सहज यातायातको सम्भावनालाई तत्काल ठप्प पारिदिएको छ ।