लालबन्दीमा गाडीको ठक्करबाट बेवारिसे महिलाको मृत्यु
सर्लाहीको लालबन्दीमा गाडीको ठक्करबाट एक बेवारिसे महिलाको मृत्यु भएको छ ।
उखु किसानलाई उद्योगीले गरेनन् भुक्तानी
उखु क्रसिङ सकेर बन्द भएका सर्लाहीका दुईवटा चिनी उद्योगले किसानको भुक्तानी दिन आलटाल गरेका छन् । अन्नपूर्ण चिनी उद्योग धनकौल र महालक्ष्मी चिनी उद्योग बगदहलाई उखु दिएका किसानले मिल बन्द भएको एक महिनासम्म पनि भुक्तानी नपाएको गुनासो गरेका हुन् । यी दुवै चिनी उद्योगबाट महिनौँसम्म भुक्तानी नपाउँदा किसानले बर्सेनि आन्दोलन गर्दै आइरहेका छन् ।
डीजेजडित गाडीको ठक्करबाट मृत्यु
नवलपुर–मलङ्गवा सडकखण्ड अन्तर्गत सर्लाहीको हरिपुर नगरपालिका –४, हरैयामा डीजेजडित गाडीको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।
धनुषाका गाउँमा खानेपानी समस्या
गर्मी प्रचण्ड बढ्दा र समयमै वर्षा नहुँदा धनुषाको पूर्व–पश्चिम राजमार्ग छेउछाउका उत्तरी तथा पूर्वी भेगका दर्जनौँ गाउँमा खानेपानीको हाहाकार भएको छ ।
कोलहवामै विद्यालय खोल्ने सपना
आजभन्दा १८ वर्ष अगाडि मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ कोलहवा (तुलसियाही निकास) का स्थानीय समाजसेवी शुभकान्त झा, परमानन्द झा र फकिरी यादवले एउटा सपना देख्नुभयो, आफ्नै गाउँटोलमा विद्यालय बनाउने ।
दुई सय किलो गाँजा बरामद
प्रहरीले पूर्वपश्चिम लोक मार्ग क्षेत्रबाट सवारीसहित भारी मात्रामा लागु औषध गाँजा बरामद गरेको छ । बर्दिबासस्थित इलाका प्रहरी कार्यालयबाट शुक्रवार खटी गएको रात्रिकालीन गस्तीले २०७ किलो तयारी गाँजासहित प्र २–०२–००१ च ४५७ नम्बरको गाडी नियन्त्रणमा लिएको हो ।
नमुना सामुदायिक विद्यालय : हजारभन्दा बढी विद्यार्थी भर्ना
एक शैक्षिक सत्रमा एउटा विद्यालयमा सामान्य एक/दुई सय नयाँ विद्यार्थी भर्ना हुने गरेको हुन्छ। एक सयभन्दा बढी भर्ना हुन आउने विद्यार्थी सङ्ख्या भएको सामुदायिक विद्यालयभन्दा संस्थागत विद्यालयको नाम आउन सक्छ तर एउटा सामुदायिक विद्यालय जहाँ एक हजारभन्दा बढी विद्यार्थी प्रत्येक शैक्षिक सत्रमा भर्ना भइरहेको सुन्दा आश्चर्य लाग्न सक्छ। विद्यार्थीको चाप थेग्न नसकिने अवस्था पनि सिर्जना भएको छ।
वृद्धवृद्धालाई भत्ता लिन सास्ती
लालबन्दी नगरपालिकाका वृद्धवृद्धाले सामाजिक सुरक्षा भत्ता लिन धेरै सास्ती खेप्नु परेको छ। भत्ता लिनकै लागि बिहान ८ बजेदेखि नै बैङ्कमा आएर लाइन बस्नु परेको भन्दै कतिपय वृद्धवृद्धाले गुनासो गर्नुभएको छ। लालबन्दी नगरपालिका–१६, परवानीपुरकी ९० वर्षीया शिवमाया बस्नेतले सामाजिक सुरक्षा भत्ता लिन बिहीबार बिहान ८ बजेदेखि नै लालबन्दीस्थित सिद्धार्थ बैङ्कको शाखामा आएर लाइन बसेको बताउनुभयो। भत्ता बुझ्नका लागि बस्नेतससहित परवानीपुरका छ जना वृद्धा टेप्पु चढेर बिहान ८ बजे नै लालबन्दी आइपुग्नुभएको भेटिनुभयो। बैङ्क खुलेपछि पनि झरीमा भिज्दै बैङ्कमा लाइन बस्नेहरूको ठूलो भीड देखिन्थ्यो।
माग पूरा नहुन्जेलसम्म धर्ना जारी राख्छौँ : मिटरब्याज पीडित
तराईका विभिन्न जिल्लाबाट आइ आन्दोलनमा उत्रिएका मिटरब्याज पीडितले आफ्नो धर्ना कार्यक्रम जारी राखेका छन् ।
सप्तरी कारागारको अतिक्रमित जग्गा खाली गराउने निर्णय
सरकारी कार्यालयको नाममा रहेको जग्गा षड्यन्त्र पूर्वक अतिक्रमण हुनु खतरनाक भएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताउनुभयो।
मेलामा मनपरी मूल्य, उपभोक्ता निराश
सप्तरीको प्रसिद्ध मन्दिर शम्भुनाथमा लाग्ने एक महिने मेलामा पार्किङ्गदेखि मेलाका पसलमा बिक्री गरिने सामग्रीमा चर्को मूल्य लिने गरिएको स्थानीय उपभोक्ताको भनाइ छ । अफिसरदेखि सर्वसाधारण र युवा युवतीदेखि वृद्धसम्मको घुइँचो लाग्ने शम्भुनाथ मेलामा शनिवार अत्यधिक भीड लाग्नेगर्छ ।
अध्यक्ष र निर्देशक नहुँदा कामकाज ठप्प
राजविराजस्थित रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिमा अध्यक्ष र निर्देशक नहुँदा साढे छ महिनादेखि पूर्वाधार निर्माणसम्बन्धी सम्पूर्ण कामकाज प्रभावित भएको छ। समितिका अध्यक्ष र निर्देशक नहुँदा पूर्वाधार निर्माणका लागि डीपीआर सम्झौता गर्न र प्राविधिक प्रतिवेदन प्राप्त भइसक्दा अगाडि बढाउन नसकेको प्रतिष्ठान पूर्वाधार तयारी विकास समिति कार्यालयका लेखापाल उमेशकुमार यादवले बताउनुभयो। उहाँका अनुसार समितिका अध्यक्ष र निर्देशक नहुँदा ठेक्कासम्बन्धी प्रक्रिया र ऐन, कानुनको विधेयक स्वास्थ्य मन्त्रालयबाट कानुन, न्याय तथा संसदीय मन्त्रालयमा थन्किएका कारण एमबीबीएस, नर्सिङ (स्टाफ नर्स)लगायतका पढाइको बाटोसमेत अवरुद्ध छ।
राजदेवीमा भक्तजनको भीड
लहान नगरपालिका–१५, ढोडनास्थित पञ्चावती राजदेवी मन्दिरमा यस वर्ष बढी भक्तजन आउने अनुमान गरिएको छ। राजदेवी मन्दिर चण्डीपूर्णिमाको दिन गढीमाईपछि बलि प्रदान हुने दोस्रो धार्मिक पर्यटकीय स्थलका रूपमा रहेको छ। धार्मिक पर्यटकीय क्षेत्रका रूपमा सूचीकृत सलहेश क्षेत्रअन्तर्गतको राजदेवी मन्दिरमा चण्डीपूर्णिमाको दिन वर्षमा एक पटक ठूलो मेला लाग्ने गर्दछ। यस वर्ष वैशाख २२ गते शुक्रबार मन्दिरको परिसरमा बलि प्रदान र दर्शनका लागि आउने भक्तजनको सङ्ख्या उल्लेखनीय रूपमा बढ्ने अनुमान रहेको मन्दिर संरक्षण समितिका सचिव वीरेन्द्रकुमार चौधरीले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “यस वर्ष १० लाख भक्तजन आउने अनुमान गरेर नौवटा उपसमिति गठन गरी व्यवस्थापनमा जुटेका छौँ।”
अपहरित नाबालकको सकुशल उद्धार
सुनसरी भोक्राहा नरसिंह गाउँपालिका ७ का एक बालकको अपहरण भएको तीन दिनपछि उद्धार गरिएको छ ।
माग घटेपछि भन्सारमै थन्किए एक हजार बढी सवारी साधन
आयातकर्ताले जाँचपास गराएर नलगेपछि एक हजारभन्दा बढी सवारी साधन वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँच चौकीमा थन्किएका छन् ।
पत्रकारिता यथार्थपरक हुनुपर्छ : मुख्यमन्त्री
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पत्रकारिता निष्पक्ष, विश्वसनीय र यथार्थपरक हुनुपर्ने बताउनुभएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर बुधबार नेपाल पत्रकार महासङ्घ मधेश प्रदेश समितिको आयोजनामा रौतहटको चन्द्रपुर नगरपालिकामा सञ्चालित मधेश प्रदेश सञ्चार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो ।
मिटरब्याजविरुद्धको उजुरी लिइने
अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले बुधबार सर्लाहीमा यहाँका मिटरब्याज साहु र पीडितको अवस्थाबारे प्रारम्भिक जानकारी लिएको छ । मधेश प्रदेशको राजधानी जनकपुरधाममा आइतबार कार्यालय स्थापना भएपश्चात् आयोगका अध्यक्ष गौरीबहादुर कार्की र सदस्य उत्तमराज सुवेदी बुधबार सर्लाही आएर मिटरब्याजपीडित, नागरिक समाज, जनप्रतिनिधि, सुरक्षा अधिकारी, दलका प्रतिनिधि, मिटरब्याजविरुद्धका अभियन्तालगायत अन्य सरोकारवालासँग छलफल गरी फर्किनुभएको हो ।
दलित बस्तीमा खानेपानी अभाव
बढ्दो खडेरीसँगै भूमिगत पानीको स्रोत सुक्न थालेपछि रौतहटको एक दलित बस्तीमा खानेपानी अभाव भएको छ। गुजरा नगरपालिका–५, लक्ष्मीपुरको मुसहर बस्तीमा रहेको खानेपानीको एक मात्र धारा सुक्दै गएपछि खानेपानी अभाव भएको हो। कुल २८ घरधुरी रहेको उक्त बस्तीमा खानेपानीको एउटा मात्र धारा छ। २०७२ सालमा ‘डिप बोरिङ’ गरी निर्माण गरिएको उक्त धारामा अन्य उपकरणको सहायताबिना नै स्वतः पानी आउँछ। सो वडामा त्यस्ता धारा छवटा थिए। तीमध्ये पाँचवटा सुकिसकेका छन्।
मिटरब्याजी पीडित सहायता कक्ष सञ्चालनमा
जिल्ला प्रशासन कार्यालय सप्तरीले मिटरब्याजी पीडितको समस्या सुन्न र आवेदन लिन छुट्टै सहायता कक्ष सञ्चालनमा ल्याएको छ ।
सर्लाही सीडीओ कार्यालयमा आगलागी, सेवा अवरुद्ध
जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आगलागी भएको छ । आगलागी भएपछि कार्यालयले प्रदान गर्ने सेवा पनि अवरुद्ध भएको छ ।
अन्धकार हटाउन अझै टुकीको प्रयोग
धनुषाको गोदार चोक र त्यस वरपरका बस्ती साँझ पर्नासाथ घरघरमा बल्ने विद्युतीय बल्बले झिलिमिली देखिन्छ। विद्युतीय पोलमा झुन्डिएको बल्बले बाटो पनि रातभर उज्यालो रहन्छ। २०४५ सालदेखि यहाँका बासिन्दा विद्युतीय बल्बको प्रकाशमा जीवननिर्वाह गर्दै आएका जानकारहरू बताउँछन् तर त्यही गोदारमा रहेको १३५ घरधुरी मुसहर बस्तीका मुसहर समुदाय भने अझै टुकी र लालटेन बालेर जीवनयापन गर्न बाध्य छन्।
डोजर चलेपछि सडक फराकिलो
सिरहा नगरपालिकाले पदमपुरदेखि माडरसम्म छ किलोमिटर सार्वजनिक जग्गामा बनेको घरटहरा र ठूला भवन खाली गराएको छ। तीन दशकदेखि खाली गराउने प्रयास भए पनि सम्भव हुन सकेको थिएन।
नगरपालिकामा महिनादेखि तालाबन्दी, तीन अधिकृत फेरिए
सर्लाहीको दक्षिण–पूर्वी भेगस्थित हरिपूर्वा नगरपालिकामा तालाबन्दी गरिएपछि कामकाज एक महिनादेखि ठप्प भएको छ । नगरपालिका कार्यालयमा गएको चैत १५ गते जनप्रतिनिधि र विभिन्न दलका नेताहरुको नेतृत्वमा सर्वदलीय सङ्घर्ष समितिको नामबाट तालाबन्दी गरिएको थियो । एक महिना बितिसक्दा पनि तालाबन्दी खुलेको छैन ।
गजेन्द्र नारायणसिंह अस्पतालमा भिडियो एक्सरे र अल्ट्रासाउण्ड सेवा डेढ महिनादेखि ठप्प
सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको भिडियो एक्सरे, सिटिस्क्यान, अल्ट्रासाउण्डलगायतका सेवा डेढ महिनादेखि ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन् ।