• १ जेठ २०८२, बिहिबार

सडक निर्माणको माग गर्दै चक्काजाम

blog

स्थानीयले सडक निर्माणको माग गर्दै टायर बालेर चक्काजाम गर्दै । तस्विर : देवरामप्रसाद यादव ।

देवरामप्रसाद यादव

सप्तरी,  साउन  ५ गते । सप्तरीको राजविराज नगरपालिकाको सखडा मोडमा स्थानीयवासीले सडक निर्माणको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । शुक्रबार स्थानीयवासीहरूले हुलाकी सडक अन्तर्गत राममन्दिरदेखि सखडा मोड हुँदै छिन्नमस्ता डेरीसम्म जोड्ने अधुरो सडक निर्माणको माग गर्दै टायर बालेर चक्काजाम गरेका हुन् । 

केही दिनअघि राजविराज नगरपालिका कावा नगरप्रमुख ईसरत प्रविणले ४ दिनभित्र सडक निर्माण गर्ने प्रतिबद्धता जनाए पनि हालसम्म उक्त जीर्ण सडक निर्माण नगरेकोले चक्काजाममा उत्रिनुपरेको स्थानीय रामभजन देवले बताउनुभयो ।