रौतहटमा चट्याङ लागेर एक महिलाको मृत्यु
रौतहटको मौलापुर नगरपालिकामा मंगलबार बिहान चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
मधेश प्रदेशमा माओवादी सरकारबाट बाहिरियो
नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सरकारबाट अलग हुने निर्णय गरेको छ।
मिटरब्याजी सम्बन्धी उजुरी बढ्दै
जिल्ला प्रशासन कार्यालय महोत्तरीमा अनुचित लेनदेन (मिटरब्याजी) सम्बन्धी एक हजार सात सय ३४ वटा निवेदन दर्ता भएको छ ।
पाँच वर्षपछि संसारी माई महापूजा हुने
जलेश्वरमा पाँच वर्षपछि धूमधामकासाथ मनाउन गइरहेको संसारी माई महापूजामा गरिने बलिप्रदानको लागि चिराकी शुल्क तोकिएको छ ।
मधेश सरकारमा तीन मन्त्री थपिँदै
मुख्यमन्त्री सरोजकुमार यादवको नेतृत्वको मधेश प्रदेश सरकारले आज (मङ्गलबार) मन्त्रीमण्डल विस्तार गर्ने भएको छ । नेपाली कांग्रेसका दुई र नेकपा एसका एक मन्त्रीसहित मन्त्रीमण्डल विस्तार हुने भएको हो ।
संसारीमाई महापूजाको तयारी तीव्र
जलेश्वरमा पाँच वर्षपछि लाग्न गइरहेको संसारीमाई मेला नजिकिँदै जाँदा खसीबोकाको माग र मूल्य बढेको छ। जेठ १९ देखि २६ गतेसम्म हुने संसारीमाई महापूजाका लागि खसीबोकाको माग बढेको स्थानीय बासिन्दाले बताएका छन्। महापूजा मूल समारोह समितिका अध्यक्ष अशोक साहका अनुसार संसारीमाई महापूजाको अन्तिम दिन १० हजारभन्दा बढी खसीबोकाको बलि दिइने अनुमान छ। लामो अन्तरालपछि संसारीमाईको मेला लाग्ने भएकाले बलि प्रदान गर्नेको सङ्ख्या बढ्दै गएको र यस पटक १० हजारभन्दा बढी खसीबोकाको बलि प्रदान हुने अनुमान छ।
पर्सामा मिटरब्याजीसम्बन्धी नौ सय ८४ उजुरी दर्ता
जिल्ला प्रशासन कार्यालय पर्सामा हालसम्म अनुचित लेनदेन [मिटरब्याजी] सम्बन्धी नौ सय ८४ वटा निवेदन दर्ता भएको छ ।
लोककल्याणकारी विज्ञापन रोक्ने निर्णय फिर्ता लिनुपर्छ : अध्यक्ष लम्साल
नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले सरकारले लोककल्याणकारी विज्ञापन रोक्न गरेको निर्णय अभिलम्भ फिर्ता लिनुपर्ने बताउनुभएको छ।
कार्य सम्पादन मूल्याङ्कनमा गौर नगरपालिका प्रथम
वित्तीय समानीकरण अनुदानअन्तर्गत कार्य सम्पादन मूल्याङ्कनमा गौर नगरपालिका मधेश प्रदेशमै प्रथम स्थान हासिल गरेका छन् ।
गर्मीमा आगलागी र सावधानी
एक महिनाअघि बाँकेको नरैनापुर गाउँपालिकामा एकैदिन आगलागीका दुई वटा घटना भए । नरैनापुरमा–३ गेग्लीमा भएको आगलागी सेलाउन नपाउँदै सोही वडाको जनतापुर पनि घर जलिरहेका थिए ।
व्यावसायिक च्याउ खेतीले फेरियो रामनाथको पहिचान
केही वर्षअघिसम्म ‘मिस्त्री’ काम गर्दै आउनुभएका वीरगञ्ज महानगरपालिका २५ सिर्सिया निवासी रामनाथ पासवानको पहिचान यतिबेला फेरिएको छ ।
कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै
पछिल्लो समस्या पर्साको वीरगन्ज महानगरपालिका क्षेत्रमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै गएको पाइएको छ ।
‘सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँच पुर्याइने छ’
खानेपानीमन्त्री महिन्द्रराय यादवले सबै नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँच पु¥याउन सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ । शनिवार यहाँ आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानमा स्वच्छ खानेपानी र सरसफाइ मौलिक हकमा उल्लेख रहेको र यसलाई कार्यान्वयन गर्न सरकार प्रतिवद्ध छ भन्नुभयो ।
बजारमा देखिन थाल्यो आँप
स्वादिलो मौसमी फल भनेर चिनिने आँप लहानको बजारमा देखिन थालेको छ। आँपको प्रमुख सङ्कलन केन्द्र मानिएको लहानमा स्थानीय आँप आउनुभन्दा अगाडि नै भारतको विभिन्न स्थानबाट भिœयाइएका आँप पाउन थालेको हो। स्थानीय आँपको रुखमा आँप पाक्नु तीन साताअगाडि नै लहानमा भारतको नासिर, मद्रास र तमिलनाडुबाट पाकेको आँप भित्रिन थालेको हो। लहान चोकका फलफूलका खुद्रा बिक्रेता राजन मण्डलले अहिले भित्रिएको गुलाबखास जातको आँप मिठो र स्वादिलो भएको बताउनुभयो। स्थानीय बजारमा भारतीय आँप ७० रुपियाँदेखि १२० रुपियाँ प्रति किलोग्राममा पाइने गरेको छ।
बामे सर्दै औद्योगिक क्षेत्र
राजविराज नगरपालिका–९ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र भारत सरकारको लगानीमा २०४४ सालमै स्थापना भएको हो। यो औद्योगिक क्षेत्र २०५० सालमा नेपाल सरकारको पूर्ण स्वामित्व रहने गरी नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो। सुरूदेखि नै सरकारको उपेक्षाको कारण वर्षौँसम्म न यहाँ उद्योग फस्टाउन सक्यो न यो औद्योगिक क्षेत्रको संरक्षणमा कसैले कुनै चासो र अपनत्व ग्रहण गर्न सकेको छ। रोजगारीको समस्या र आफैसँग भएका अवसरका यस्ता धरोहरहरूको विकासको खाँचो रहेको स्थानीय बुद्धिजिवी बताउनुहुन्छ। सप्तरी सदरमुकाम राजविराजदेखि ३ किलोमिटर उत्तर–पश्चिम राजविराज नगरपालिका र रूपनी गाउँपालिकाको सीमामा अवस्थित यस क्षेत्रको विकासले मधेश प्रदेशको विकासको भविष्यसँग जोडिएको छ।
सार्वजनिक बाटो बन्द हुँदा आवतजावतमा समस्या
सप्तरीको महादेवा गाउँपालिका वडा नं. १ सोनरामा सार्वजनिक बाटो बन्द भएको कारण आवतजावत समस्या भएको छ । वडाध्यक्ष जयश्वर किशोर दासले केहि चासो न देखाएको भन्दै त्यहाँका बासिन्दाले आक्रोश जनाएको हो ।
प्रशासन परिसरमा राष्ट्रिय वाणिज्य बैंकको काउण्टर
जिल्ला प्रशासन कार्यालय महोत्तरीमा राष्ट्रिय वाणिज्य बैंकको काउण्टर तथा राजस्व सङ्कलन केन्द्र सुरु भएको छ ।
वीरगञ्जदेखि काठमाडौं पैदलयात्रा
पर्साको सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन चुरे तथा वनजङ्गल संरक्षण अभियानले वीरगञ्जदेखि काठमाडौंसम्मको पदयात्रा सुरु गरेको छ ।
मन्दिरको बजेटले उत्पन्न भयो विवाद
सप्तरीको एउटा मन्दिरमा तीनवटै सरकारको बजेट विनियोजन भएपछि खर्च गर्ने व्रmममा विवाद उत्पन्न भएको छ। बलानविहुल गाउँपालिका–४ मा गत आर्थिक वर्षमा प्रतिनिधि सभा सदस्य तेजुलाल चौधरीको संसदीय कोषको ३० लाखभन्दा बढी रकमबाट एक मन्दिर निर्माण भएको छ। उक्त मन्दिरमा दुसाध जातिको कुलदेवता सलहेशको मूर्ति स्थापना गर्न भनेर त्यही क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य अनिरुद्धप्रसाद सिंह संसदीय विकास कोषबाट चालु आर्थिक वर्षमा पाँच लाख रुपियाँ छुट्याइएको छ।
अतिक्रमणबाट जोगियो नोचा पोखरी
जनकपुरधाम उपमहानगरपालिकाले नियमित निगरानी गर्न थालेपछि नोचा पोखरी अतिक्रमण हुनबाट जोगिएको छ। जनकपुरधाम–२०, रुपैठामा र १५ को रामपुर सिमानामा रहेको नोचा पोखरी सौन्दर्यीकरण कार्यमा उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले नियमित निगरानी गर्नुभएपछि अतिक्रमण हुनबाट जोगिएको हो।
पूर्ण खोप सुनिश्चितताको जिल्ला बन्दै रौतहट
रौतहटलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्ने उद्देश्यकासाथ ‘खोज र खोप’ कार्यक्रम तीव्र गतिले अघि बढेको छ । उक्त कार्यक्रमले निरन्तरता पाएपछि आगामी असार मसान्तसम्म रौतहटलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्ने लक्ष्य लिइएको हो ।
सर्लाहीको गोडैतामा एक युवक मृत फेला
सर्लाहीको गोडैतामा एक युवक मृत अवस्थामा फेला पर्नुभएको छ । बलरा नगरपालिका–९ का २९ वर्षीय अशोक महतो गोडैता नगरपालिका –६ स्थित सडक छेउमा रहेको रामसागर महतोको उखु खेतमा मृत फेला पर्नुभएको हो ।
मिथिलाञ्चलमा आज बरसाइत पर्व मनाइँदै
पतिको दीर्घायुको कामना र दाम्पत्य जीवनको सुख समृद्धिका लागि मिथिलाञ्चलका महिलाले आज बरसाइत (बटसावित्री) पर्व मनाउँदै छन् ।
सुनसरीमा २२ सय जनाको निःशुल्क आँखा जाँच
नेपाल नेत्रज्योति सङ्घ पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रम विराटनगर आँखा अस्पताल र देवानगञ्ज गाउँपालिका सुनसरीको संयुक्त आयोजनामा देवानगञ्ज गाउँपालिकामा दुई दिने निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सम्पन्न भएको छ ।