तीर्थयात्री चढेको बस दुर्घटना, छ जनाको मृत्यु
बाराको चुरियामाई अगाडि भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत हुन सकेको छैन ।
बजेट निर्माण गर्दा दिगो विकास लक्ष्यलाई ध्यान दिन आग्रह
मधेश प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा दिगो विकासका लक्ष्यलाई ध्यानमा राखी निर्माण गर्न वक्ताले आग्रह गर्नुभएको छ ।
घुस लिएको आरोपमा नापीका अमिन पक्राउ
नापी कार्यालय, लहान सिरहामा कार्यरत अमिन दीपरन्जन यादवले जग्गाधनी पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ गरिएको छ ।
अझै अघि बढेन मेडिकल कलेज निर्माण प्रक्रिया
लामो समयदेखि अल्झेको बर्दिवास मेडिकल कलेजको पूर्वाधार निर्माणको प्रक्रिया अघि नबढ्दा यहाँ निराशा बढेको छ । कलेज निर्माण रोक्न परेको रिट सर्वोच्च अदालतले गत जेठ अन्तिम साता नै खारेज गरे पनि पूर्वाधार निर्माणको काममा प्रक्रिया अघि नबढेपछि महोत्तरीसहित मधेसका जिल्लाहरुमा निराशा बढेको हो ।
महोत्तरीको सदरमुकाम जलेश्वर बन्द, अवस्था तनावग्रस्त
उद्योग वाणिज्य सङ्घ जलेश्वरले बुधबार जलेश्वर बजार बन्द गराएको छ । बजार बन्द भएपछि अवस्था तनाव ग्रस्त बनेको छ ।
यातायात ठप्प हुँदा सास्ती
बाढी आएर खोलाको बाटो बिगारेपछि यातायात सञ्चालन हुन छाड्दा सर्लाहीको उत्तरी चुरेभेगका बासिन्दाको दैनिकी कष्टकर बनेको छ ।
बालविवाहले प्रजनन् स्वास्थ्यमा प्रतिकुल असर
मधेश प्रदेशमा बालविवाहका कारण बालबालिकाको मानसिक एवम् प्रजनन् स्वास्थ्यमा प्रतिकुल असर पर्नेगरेका कारण बालविवाह उन्मुलनका लागि तीनै तहका सरकारले योजनाबद्ध रूपमा कामकाज गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
संसद् अवरोध जनतामाथिको अन्याय : कांग्रेस नेता महर
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेकपा (एमाले)ले संसद् अवरोध गरेर जनतामाथि अन्याय गरेको बताउनुभएको छ ।
दुर्घटनामा बाबु छोरीसमेत तीन जनाको मृत्यु
महोत्तरीको बर्दिबास नगरपालिका २ हङकङ डाँडास्थित बर्दिबास औरही सडक खण्डमा सवारी दुर्घटना हुँदा बाबु छोरीको मृत्यु भएको छ ।
धनुषामा ‘लम्पी स्किन’ रोगविरुद्ध धमाधम पशुलाई खोप
मधेस प्रदेशमा लम्पी स्किन रोगको सङ्क्रमण नियन्त्रण गर्न प्रदेश सरकार र स्थानीय तहले उच्च प्राथमिकता दिन थालेका छन् । यसका लागि धमाधम पशुलाई सो रोगविरुद्ध खोप सहित सचेतनाका कार्यक्रम सञ्चालन गरिएका छन् ।
समाजवादी चिन्तक गिरीको सम्झना
नेपाली कांग्रेसका नेता तथा विचारक प्रदीप गिरीको वार्षिक स्मृति दिवस मनाइएको छ । स्वर्गीय गिरीको गृहनगर लहानमा सोमबार रक्तदान कार्यव्रmम आयोजना गरिएको छ । नेता गिरीको २०७९ भदौ ४ गते निधन भएको थियो ।
सर्लाहीमा राष्ट्रिय परिचय पत्र वितरण सुरु
सर्लाहीमा राष्ट्रिय परिचय पत्र वितरण गर्न सुरु गरिएको छ । राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागबाट पहिलो चरणमा २८ हजार राष्ट्रिय परिचय पत्र छपाई भई आएको र ती परिचय पत्र सोमबारबाट वितरण गर्न सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
विद्युत महसुल नबुझाउने ग्राहक कालो सूचीमा
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कलैयाले एक हजार ९७ जना सेवाग्राहीलाई कालो सूचीमा राखेको छ । जसमध्ये १४ जनाले भुक्तानी गरी पुनः विद्युत जडान गराएका छन् ।
जानकी आँखा अस्पताल : पैसाका अभावमा उपचारबिना फर्किनुपर्दैन
यसरी धेरैले सम्झिनलायक आँखा अस्पताल बनाउनमा वरिष्ठ समाजसेवी नरेशप्रसाद सिंहको योगदान अथक रहेको छ । उहाँ विगत ४१ वर्षदेखि अस्पताल भौतिक पूर्वाधारलगायत अन्य क्षेत्रको श्रीवृद्धिमा अनवरत मिहिनतका साथ लागिरहनुभएको छ ।
रेफर केन्द्र बन्दै प्रादेशिक अस्पताल
लहानस्थित प्रादेशिक अस्पताल अहिलेसम्म बिरामी रेफर केन्द्रकै रूपमा रहेको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । दुई वर्षअघि रामकुमार उमाप्रसाद अस्पतालबाट प्रादेशिक अस्पताल लहानमा परिणत भएपछि दाता मुरारका र शारडा परिवार रुष्ट भएका हुन् ।
मिथिलाञ्चलमा झुलनोत्सव सुरु
मैथिलीको एक अभिन्न संस्कृतिका रूपमा रहेको झुला पर्व सुरु भएको छ । राधाकृष्ण, सीतारामको मन्दिरमा पूजापाठ गरी भगवान्का प्रतिमा डोलामा (पिङ झुला) मा राखेर झुलाउने पर्वलाई झुला पर्वका रूपमा चिनिने गरिएको छ । मिथिलाको विभिन्न मठमन्दिरमा हरेक वर्ष मनाइने यो झुला पर्व महोत्तरी जिल्लाको प्रसिद्ध मटिहानीस्थित लक्ष्मीनारायण मठबाट सुरु भएको छ ।
महोत्तरीमा झुला पर्व सुरु
मैथिली संस्कृतिको एक अभिन्न संस्कृतिको रूपमा रहेको झुला पर्व सुरु भएको छ । राधा, कृष्ण, सीता रामको मन्दिरमा पूजापाठ गरी भगवानका प्रतिमा डोलामा (पिङ झुला) मा राखेर झुलाउने पर्वलाई भुला पर्व भनिन्छ ।
फेर्दैछ हुलाकी सडकले मधेस प्रदेशको काँचुली
कुनैबेला साँघुरो सडक र सडकै छेउमा फुसको छाप्रो, त्यसभित्र स–साना पसल मात्रै देखिने मधेस प्रदेशका ग्रामीण बजारको स्वरूप यतिबेला फेरिएको छ । बजारको स्वरूप फेरिएसँगै त्यस क्षेत्रका स्थानीयमा पहिलाको भन्दा बेग्लै खालको उत्साहसमेत देखिन थालेको छ ।
घर घरमै खानेपानीको धारा
लालबन्दी नगरपालिका–१६, परवानीपुर भोर्लेनीमा ३०५ परिवारका लागि घरघरमै खानेपानी पु-याइएको छ । जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय मलङ्गवाले करिब ६० लाख रुपियाँ खर्चिएर भोर्लेनी गाउँको प्रत्येक घरमा खानेपानीको धारा पु-याई दिएपछि स्थानीय बासिन्दा दङ्ग परेका छन् ।
भगवान् वराहको जन्म उत्सव
वराहक्षेत्र मन्दिरमा शनिबार भगवान् वराहको उत्पत्ति भएको दिनको अवसरमा विश्व शान्तिको कामना गर्दै विशेष पूजा अर्चना गरी भगवान् वराहको जन्म उत्सव मनाइएको छ ।
पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री वितरण सहज बनाइने छ : मन्त्री रिजाल
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री वितरण व्यवस्थित र सहज बनाउने गरी काम अघि बढाइएको बताउनुभएको छ ।
चालकसँग अवैध रकम असुली गरेको आरोप
सप्तरीको ट्राफिक प्रहरीले सवारी चालकसँग अवैध रकम असुली गरिरहेको चालकहरूको गुनासो छ । सप्तरीका विभिन्न चोक, गल्ली तथा सडक अस्तव्यस्त हुँदै गर्दा ट्राफिक प्रहरी सवारी चालकसँग अवैध रकम असुलीमा लागेको आरोप छ ।
वडाध्यक्ष र सचिवबिच विवाद दुई सातादेखि कामकाज ठप्प
वडाध्यक्ष र सचिवबिच विवाद हुँदा सेवाग्राही समस्यामा परेका छन् । प्रसौनी गाउँपालिका–३ का वडाध्यक्ष छोटेलालप्रसाद कानु र वडाका कार्यालय सचिव राजवंशीप्रसाद यादवबिच विवाद हुँदा स्थानीय बासिन्दाले पाउनुपर्ने सेवा सुविधाबाट वञ्चित भएका छन् ।
सरसफाइसँगै फेरियो जनकपुरधामको रूप
सरसफाइ अभियान अन्तर्गत शुक्रबार २७ औँ सप्ताहमा जनकपुरधामको रामानन्द चोकमा सरसफाइ गरियो । सरसफाइ अभियान थालिएपछि धार्मिक नगरी जनकपुरधामको परिचय र परिदृश्य फेरिएको छ ।