कुमालेलाई भ्याइनभ्याइ
चौठीचाँद अर्थात् चौरचन पर्वलाई लक्षित गर्दै माटोका भाँडा बनाउने कार्यमा इनरुवाका कुम्भकारलाई यतिबेला भ्याइनभ्याइ छ । माटोका भाँडामा खिर, दही, फलफूलसहितका प्रसाद सामग्री राखेर चन्द्रमालाई अर्घ दिएर तराई मधेशमा भदौ चतुर्थी तिथिका दिन मनाइने ‘चौठचन्द्र’ चौरचन पर्वका लागि व्रत बस्नेलाई माटोको भाँडा पु¥याउन कुम्भकारलाई भ्याइनभ्याइ छ ।
क्षयरोगले आक्रान्त मुसहर बस्ती
एक दशकअघि धुर्मुस सुन्तली फाउन्डेसनले भवन निर्माण गरेपछि देशव्यापी चर्चा पाएको बर्दिबास–१४ स्थित नमुना मुसहर बस्ती केही समययता क्षयरोगले आक्रान्त बनेको छ । बस्तीमा मुसहर समुदायका ५२ परिवारको बसोबास छ । तीमध्ये अधिकांशमा क्षयरोगको सङ्क्रमण देखिएको छ । क्षयरोगबाट ५२ वर्षीय फूलकुमारी सदा र ४२ वर्षीय वासुदेव सदाको मृत्यु भइसकेको बर्दिबास नगरपालिकाका, नगर स्वास्थ्य शाखाले जनाएको छ ।
सर्लाही सदरमुकाम मलङ्गवामा कर्फ्यु
सर्लाही सदरमुकाम मलङ्गवामा शनिबार साँझ ५ बजेबाट कर्फ्यु आदेश जारी गरिएको छ । कृष्ण जन्माष्टमीको मूर्ति विसर्जन गर्नेक्रममा भएको विवाद बढ्दै गएपछि स्थानीय प्रशासनले मलङ्गवा बजारक्षेत्रमा आइतबार बिहान ८ बजेसम्मका लागि कफ्र्यू आदेश जारी गरेको हो ।
चैतसम्म पेट्रोल र मट्टितेल ल्याउने तयारी
मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम तीव्र गतिमा अगाडि बढेको छ ।
‘जीवनरक्षामा औषधी व्यवसायीको योगदान’
उपराष्ट्रपति रामसहायप्रसाद यादवले जीवनरक्षामा औषधी व्यवसायीहरूको भूमिका र योगदान सराहनीय रहेको बताउनुभएको छ । उहाँले कोभिड महामारीको समयमा पनि आफ्नो स्वास्थ्य र जीवनको परवाह नगरी राष्ट्र, समाज र सर्वसाधारणको जीवनरक्षाका लागि अहोरात्र खटेर औषधी व्यवसायीले राष्ट्र र समाजका लागि अनुकरणीय काम गरेको बताउनुभयो ।
प्रदिप गिरिको अभाव आउने पुस्तालाई खड्किने छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजावादी चिन्तक प्रदिप गिरिको आवश्यक्ता आउने पुस्तालाई पनि खड्किरहने बताउनुभएको छ ।
सीमा नाकामा आवतजावत सहज बनाउन माग
जनता समाजवादी पार्टी नेपाल सप्तरीले शुक्रबार सीमा नाकामा आवतजावत सरल र सहज बनाउन माग गरेको छ ।
जलेश्वरलाई मुख्य भन्सार नाकामा स्तरोन्नति गरिन्छ : अर्थमन्त्री
अर्थमन्त्री डा. प्रकाशशरण महतले तेस्रो मुलुकसँग व्यापारिक सम्बन्ध विस्तार गर्न महोत्तरीको जलेश्वरलाई मुख्य भन्सार नाकामा स्तरोन्नति गर्न आफू सकारात्मक रहेको बताउनुभएको छ ।
समृद्ध र सुन्दर मटिहानी बनाउँछौँ
महोत्तरी जिल्लाको १५ स्थानीय तहमध्ये मटिहानी नगरपालिकाले धार्मिक नगरीका रूपमा पहिचान बनाएको छ । साबिकको मटिहानी, धिरापुर, मझौरा विष्णुपुर र सिमरदही गाउँ विकास समिति मिलेर बनेको यस नगरपालिकामा नौ वटा वडा छन् । कुल ३६ हजार १३६ जनसङ्ख्या रहेको यसको क्षेत्रफल २९.०२ वर्गकिलोमिटर छ । पूर्वमा धनुषाको तुल्सीयाही, पश्चिममा जलेश्वर नगरपालिका, उत्तरमा पिपरा गाउँपालिका
बालविवाहमुक्त क्षेत्र घोषणासम्बन्धी कार्यविधि तयार
मधेस प्रदेशलाई सन् २०३० सम्ममा बालविवाहमुक्त प्रदेश बनाउने लक्ष्यसहित अगाडि बढेको मधेस प्रदेश सरकारले ल्याउन लागेको बालविवाहमुक्त क्षेत्र घोषणासम्बन्धी कार्यविधि, २०८० को मस्यौदामाथि छलफल भएको छ ।
उखुको अनुदान रकम अझै आएन
अर्थ मन्त्रालयले अनुदान रकम अझै जिल्लामा नपठाउँदा सर्लाहीका उखु किसान निराश बनेका छन् । किसानले गएको वर्ष नै चिनी उद्योगलाई बिक्री गरेको उखुको अनुदान रकम अझै पाउन सकेका छैनन् ।
आत्महत्याका घटना बढ्नु चिन्ताको विषय हो : मन्त्री सिंह
मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्रबहादुर सिंहले आत्महत्याका घटनाहरू दिनानुदिन बढ्नु चिन्ताको विषय भएको बताउनुभएको छ ।
फोहोर व्यवस्थापन नहुँदा समस्या
सात वर्षसम्मको निरन्तर प्रयासले १० कठ्ठा २ धुरमा सञ्चालन गरेको ल्याण्डफिल्ड साइट स्थापन भयो ।
उखु किसानले पाएनन् अनुदान
सरकारबाट पाउनुपर्ने अनुदान वापतको रकम नपाएपछि रौतहटका उखु बिक्रोता किसान चिन्तित छन् । आर्थिक वर्ष २०७९/८० मा प्रतिक्विन्टल ७० रुपियाँ अनुदान दिने भनिएको रकम हालसम्म पनि नपाएपछि उखु बिक्रोता किसान चिन्तित बनेका हुन् ।
सीमामा फहराइयो राष्ट्रिय झन्डा
सर्लाही सदरमुकाम मलङ्गवामा १०८ फिट अग्लो राष्ट्रिय झन्डा फहराइएको छ । मधेश प्रदेश सरकारको सहयोगमा मलङ्गवा–सोनवर्षा नाकानजिक जिल्लामै पहिलो पटक १०८ फिट उचाइ भएको राष्ट्रिय झन्डा फहराइएको हो । प्रदेश सरकारका अर्थमन्त्री सञ्जयकुमार यादवको हातबाट मङ्गलबार झन्डोत्तोलन गरी उद्घाटन गरिएको मलङ्गवा नगरपालिकाले जनाएको छ ।
मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाइयो
महोत्तरी जिल्लाको विभिन्न ठाउँहरूमा १७ औँ मानव बेचबिखन तथा ओसारपसार विरुद्ध राष्ट्रिय दिवस मनाइएको छ ।
जनकपुरमा व्यापारः सयभन्दा बढी पसल बन्द, लिलाम सकार्नेहरु पनि भेटिँदैनन्
जनकपुरका पवन ठाकुरले विगत ४० वर्षदेखि सुनचाँदीको व्यापार गर्दै आउनुभएको छ । कुनै बेला उहाँको न्यू महालक्ष्मी ज्वेलर्समा ग्राहक भीड थामी नसक्नु हुन्थ्यो । दैनिक रु १०/१२ लाखसम्मको व्यापार गर्न कुनै पर्व वा विवाहोत्सव पर्खिनु पर्दैनथ्यो ।
शल्यक्रिया सेवा बन्द भएपछि सास्ती
प्रसूति सेवाका लागि मधेश प्रदेशमै उत्कृष्ट मानिएको बर्दिबास अस्पतालमा तीन सातादेखि यो सेवा प्रभावित भएको छ । अस्पतालकी सिनियर नर्स चण्डिका अधिकारीका अनुसार अस्पतालमा सामान्य अवस्थाका सुत्केरी सेवा सुचारु रहे पनि शल्यक्रिया (अपरेसन) गर्नुपर्ने अवस्थाका सेवा भने भदौ १ गतेदेखि नै बन्द भएको हो ।
मिथिलामा श्रीकृष्ण जन्माष्टमीको उल्लास
मिथिलाक्षेत्रमा आज श्रीकृष्ण जन्माष्टमी पर्वको उल्लास छ । हिन्दू परम्पराका आराध्य देव श्रीकृष्णको जन्म भएको दिन मानिने परम्पराले भाद्र (भदौ) कृष्ण अष्टमी तिथिमा यो पर्व मनाइने गरिएको हो ।
‘जलेश्वर अस्पतालको स्तरोन्नति चाँडै’
मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले प्रादेशिक अस्पताल जलेश्वर सय शøयामा रूपान्तरण भइसकेको र सो को अनुभूति फागुन मसान्तसम्ममा देखिने बताउनुभएको छ । नेपाल रेडव्रmस सोसाइटी महोत्तरी शाखाको स्थापना दिवसको अवसरमा मङ्गलबार प्रादे
गाउँपालिका अध्यक्षसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा
सप्तरीको विष्णुपुर गाउँपालिका अध्यक्ष उमेशप्रसाद यादवसहित तीन जनाविरुद्व पाँच लाख रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
खानेपानी संस्थान राजविराजको बक्यौता एक करोड
नेपाल खानेपानी संस्थान राजविराज शाखाका ग्राहकले समयमा खानेपानीको महसुल नबुझाउँदा बक्यौता रकम १ करोड ३७ लाख ४३ हजार ३ सय २९ रुपियाँ पुगेको छ।
कृत्रिम खुट्टाको सहारामा हिँड्न पाउँदाको खुसी
बर्दिबासमा कृत्रिम खुट्टा जडानपछि टकटक हिँड्दै छिमेकको धनुषा जिल्लाको मिथिला नगरपालिका–५ ढल्केवरका ८१ वर्षीय सूर्यदेव महतोले उत्साहित हुँदै भन्नुभयो “बौवा, आव लगैय, जे ऐखनो किछ क सकैछी (बाबु, अब लाग्दै छ, अझै केही गर्नसक्छु)।”
बरमझियाको पेडा : नाम होस् तर बदनाम नहोस्
अगाडि होस् या पछाडि ‘वैद्यनाथ बाजे’ हरेक पसलको साझा पहिचान हो । त्यो देखेर एकछिन् त जो कोही अलमलमा पर्छन् । त्यस्तै अलमलमा हुनुहुन्थ्यो, काठमाडौँबाट इलाम जाँदै गरेकी रोशनी राई । “वैद्यनाथ बाजे को हुन् रु सबै पसल उहाँकै हुन्”, स्थानीय एक व्यापारीलाई राईले सोध्दै हुनुहुन्थ्यो ।