आफ्नै भवनमा वडा कार्यालय
लामो समयदेखि अर्कै संस्थाको भवनबाट सञ्चालनमा रहेको हरिवन नगरपालिका–८ को वडा कार्यालय बुधबारदेखि आफ्नै भवनमा सारिएको छ । हरिवनस्थित पुरानो बजारमा निर्माण गरिएको वडा कार्यालय भवन बुधबार संविधान दिवसका अवसरमा उद्घाटन गरी सञ्चालनमा ल्याइएको हो । पूर्वमन्त्री एवं सर्लाही क्षेत्र नं. ३ का सङ्घीय सांसद हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा भवनको उद्घाटन गरिएको वडाध्यक्ष प्रज्वल ढुङ्गानाले जानकारी दिनुभयो ।
समृद्ध नगर बनाउने योजना छ
विदेह नगरपालिका धनुषा जिल्लाको पूर्वी भागमा पर्छ । साबिकको छ वटा गाउँ विकास समिति दुहबी, ठाढीझिझा, एकराही, गिद्धाबेलापटटी, बफै र इटहरबाको ९ नम्बर वडा मिलेर बनेको यस नपामा नौ वटा वडा छन् ।
मलङ्गवामा निषेधाज्ञा जारी
सर्लाहीजिल्ला सदरमुकाम मलङ्गवामा अनिश्चितकालीन निषेधाज्ञा आजपनि जारी रहेको छ । दुई समुदायबीच झडप भएपछि सर्लाही सदरमुकाम मलङ्गवामा अनिश्चितकालीन निषेधाज्ञा (कफ्र्यु) जारी गरिएको हो । जिल्ला प्रशासन कार्यालय मलङ्गवाले गए राति १०ः०० बजेदेखि अर्को आदेश नहुन्जेलसम्मका लागि कफ्र्यु आदेश जारी गरेको हो ।
जनकपुरधामको फोहोर व्यवस्थापनमा समस्या
जनकपुरधाम उपमहानगरपालिकाको विभिन्न वडाका फोहोर दैनिक रूपमा उठ्न नसक्दा वातावरण दुर्गन्धित भएको छ । फोहोर उठ्न नसकेर वातावरण बिग्रन थालेपछि स्थानीयहरू चिन्ता व्यक्त गरेका छन् ।
स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाहीको माग
नेपाल रेडियोलोजी सोसाइटीले सिरहाको धनगढीमाई नगरपालिकास्थित आरके मेडिसिटी अस्पतालमा कार्यरत रेडियोग्राफी रञ्जित सिंह उपर भएको आक्रमणप्रति दुःख व्यक्त गरेको छ ।
हतियारधारी समूहद्वारा लुटपाट, घरधनीमाथि आक्रमण
सर्लाहीको लालबन्दी नगरपालिका–५, शान्ति टोलमा हतियारधारी समूहले एक घरमा लुटपाट गरेको छ ।
रौतहटका किसानले पाएनन् राहत रकम
सरकारले उपलब्ध गराएको राहत रकम रौतहटको स्थानीय तहले वितरण नगर्दा यहाँका किसान मर्कामा परेका छन् ।
संविधान दिवसमा जनकपुरधाममा सरसफाइ
मधेश प्रदेशको राजधानी जनकपुरधाममा संविधान दिवसको अवसरमा सरसफाइ तथा झण्डोत्सव कार्यक्रम सम्पन्न भएको छ।
दुई क्विन्टल १० किलो लागूऔषध गाँजासहित दुई पक्राउ
महोत्तरी प्रहरीले दुई क्विन्टल १० किलो लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
ट्रस्टको उपहार, परिषद्को व्यापार
भारतको बालाजी ट्रस्टले जानकी मन्दिर दर्शनका लागि आउने तीर्थयात्री बस्न बनाएको जनकपुरधामस्थित तिरुमाला तिरुपति देवस्थानम् यात्री निवास (धर्मशाला) होटलमा परिणत हुँदा तीर्थालु भक्तजनले सास्ती भोग्नु परेको छ ।
बन्यो कल्याणदहको बाँध
लहान नगरपालिका–२२ स्थित कल्याणदह नदीको क्षतिग्रस्त बाँध बनेको छ । अविरल वर्षाले बाँध भत्किएको र त्यसले स्थानीय किसानलाई समस्यामा पारेको समाचार गोरखापत्रमा प्रकाशन भएपछि लहान नगरपालिकाले बाँध बनाएको हो ।
नापी कार्यालयका अमिन यादवविरुद्ध भ्रष्टाचार मुद्दा
नापी कार्यालय लहानमा कार्यरत अमिन (करार) दीपरन्जन यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
जसपा निर्णायक शक्ति बन्नु पर्छ : यादव
जनता समाजवादी पार्टी नेपालले ‘मन मनमा जसपा, घर घरमा जसपा’ भने मूल नाराका साथ पार्टी सङ्गठन विस्तार अभियानको शुभारम्भ गरेको छ। मधेश प्रदेशको राजधानी जनकपुरधाममा जसपा मधेश प्रदेश समितिले आइतबार आयोजना गरेको एक कार्यक्रमबिच जसपाका अध्यक्ष उपेन्द्र यादवले अभियानको शुभारम्भ गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले समाजवादी लोकतन्त्रको पक्षधर रहेको जसपालाई आउने दिनमा निर्णायक शक्ति बनाउनका लागि सङ्गठन विस्तार अभियानको शुभारम्भ गरिएको बताउनुभयो।
छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
सर्लाहीको चक्रघट्टा गाउँपालिकामा घरको छतबाट खसेर एक युवकको मृत्यु भएको छ ।
सिँचाइ भएपछि किसान खुसी
कमला सिँचाइ व्यवस्थापन कार्यालयले पश्चिमी नहर प्रणालीको खजुरी शाखासम्म पानी पुर्याएको छ। यो नहर प्रणालीको खजुरी शाखा धनुषाको उत्तरपूर्वी गणेशमान चारनाथ नगरपालिकामा रहेको प्रणालीको हेडवक्र्सबाट सीमावर्ती भारतीय क्षेत्रभन्दा वर कमला नगरपालिकाको खजुरीसम्म ३० किलोमिटर दुरीमा छ।
पूर्ण साक्षर घोषणा नगरमा मुसहर निरक्षर
बोदेबरसाइन नगरपालिका पूर्ण साक्षर नगर घोषणा भए पनि यहाँका मुसहर तथा दलित बस्तीका ९० प्रतिशत नागरिक अझै औँठाछाप नै रहेका छन्। नगरपालिका–६, प्रितमपुरस्थित पाँच सय परिवारको दुई वटा मुसहर बस्तीमा १९० जना नागरिक अनपढ रहेको पाइएको छ। वित्तीय संस्था तथा सहकारीहरूको समूहमा आबद्ध भएकालाई खाता खोल्न संस्थाका कर्मचारीले महिलाहरूलाई जसोतसो हस्ताक्षर गर्न सिकाएको छ।
मिथिलाञ्चलमा 'चौरचन'को रौनक
मिथिलाको लोकआस्थाको महान् पर्व चौठचन्द्र भोली (सोमबार) मिथिलाञ्चलमा मनाउने तयारी हुँदैछ । भाद्र शुक्ल पक्ष चतुर्थी तिथिमा मनाइने चन्द्रोपासनाको यो पर्वलाई लोकलवजमा चौरचन पनि भनिन्छ ।
कांग्रेस नेता निधिद्वारा प्रदेश विकासमा आपसी खिचातानी नगर्न आग्रह
नेपाली कांग्रेसका पूर्व उपसभापति एवम् उपप्रधानमन्त्री विमलेन्द्र निधिले जनकपुरधाम लगायत मधेश प्रदेशको विकासमा सरोकारवाला निकायलाई आपसी खिचातानी नगरी समझदारीमा सक्रिय भएर लाग्न अनुरोध गर्नुभएको छ ।
पाठशाला : जहाँ पढेपछि पोषण र उत्पादनमा सुधार हुँदैछ
पाठशाला भनेपछि धेरैले अक्षर चिनाउनका लागि औपचारिक वा अनौपचारिक शिक्षा दिने ठाउँ भनेर अनुमान गर्छौँ । तर धनुषा र महोत्तरीका केही स्थानीय तहमा भने अक्षर चिनाउनका लागि होइन स्वस्थ र सन्तुलित खानपिनका लागि ‘पोषण पाठशाला’ र उत्पादकत्व वृद्धिका लागि ‘कृषक पाठशाला’ सञ्चालन छन् ।
शिक्षा विधेयकप्रति चिन्ता नलिन आग्रह
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले संसद्मा सङ्घीय शिक्षा विधेयक दर्ता हुँदैमा चिन्ता लिनुपर्ने आवश्यकता नरहेको बताउनुभएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल धनुषाको नवौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई शनिबार जनकपुरधाममा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, “सरकारले सरोकारवालासँग छलफल नगरी विधेयक ल्याएको कारण शिक्षा क्षेत्रका विभिन्न पक्षबाट असन्तुष्टि बढेको देखिन्छ तर विधेयक अहिले संसद्मा दर्ता भएको छ । छलफलको समयमा संसद्मा सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराउन सक्छन् । विधेयक छलफलका लागि विषयगत समितिमा जान सक्छ । समितिले विज्ञहरूसँग छलफल गर्छ । अहिले धेरै प्रक्रिया बाँकी छ ।”
सात सय अठतिस कर्मचारीको जागिर खोसियो
वीरगन्ज महानगरपालिकामा कार्यरत ७३८ जनाको जागिर खोसिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयमा उजुरी परेपछि महानगरपालिकाले भदौ २७ गते बुधबारदेखि लागु हुने गरी ती कर्मचारीलाई कामकाजमा नलगाउन आदेश जारी गरेको हो । महानगरपालिकाले जारी गरेको पत्रमा सबै वडा कार्यालय, महाशाखा, उपशाखा, एकाइ प्रमुख, स्वास्थ्य चौकी, केन्द्रका कार्यालयमा स्थायी र करारमा कार्यरत रहेका कर्मचारीबाहेकका कसैलाई पनि कामकाजमा नलगाउने भनिएको छ । यस्तो पत्र जारी भएपछि विभिन्न मिति र विभिन्न तहमा नियुक्ति पाएका ज्यालादारी कर्मचारीको जागिर सकिएको छ ।
समतामुलक समाजका लागि छुवाछूत अन्त्य हुनुपर्छ : मुख्य सचेतक दास
नेकपा (एमाले) मधेश प्रदेशका मुख्य सचेतक लखन दासले समतामूलक समाज निमार्णका लागि छुवाछूत पुर्णरुपमा अन्त्य हुनुपर्ने बताउनुभएको छ ।
बिदाका दिन चलाइएका सरकारी गाडी नियन्त्रणमा
जनकपुरधामका युवाहरूले सरकारी बिदाका दिन सरकारी गाडी चलाउन नपाइने भन्दै शनिबारका दिन चलाइएका सरकारी गाडी नियन्त्रणमा लिएका छन् ।
हरिवनमा १२१ क्षयरोगका नयाँ बिरामी भेटिए
सर्लाहीको हरिवन नगरपालिकामा गत आर्थिक वर्षमा एक सय २१ जना नयाँ क्षयरोगी फेला परेका छन् । वि.सं २०७८ बाट हरिवन नगरपालिकाले क्षयरोग मुक्त नगरपालिका बनाउने उद्घोष गरेको भए पनि गत आव २०७९/०८० मा मात्रै एक सय २१ जना नयाँ क्षयरोगी फेला परेका नगर स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीले जानकारी दिनुभयो ।