• २ जेठ २०८२, शुक्रबार

बन्यो कल्याणदहको बाँध

blog

लहान समाचारदाता

लहान, असोज ३ गते  । लहान नगरपालिका–२२ स्थित कल्याणदह नदीको क्षतिग्रस्त बाँध बनेको छ । अविरल वर्षाले बाँध भत्किएको र त्यसले स्थानीय किसानलाई समस्यामा पारेको समाचार गोरखापत्रमा प्रकाशन भएपछि लहान नगरपालिकाले बाँध बनाएको हो । 

बाँध भत्किएको विषयमा स्थानीयवासीले जानकारी गराउँदा नगरपालिकाकाले कुनै चासो दिएको थिएन । नगरपालिकाले सुक्खा मौसममा बाँध बाँध्ने आश्वासन दिएको थियो तर सोसम्बन्धी समाचार गोरखापत्रमा प्रकाशन भएपछि लहान नपाका प्रमुख महेशप्रसाद चौधरीले तत्कालै अनुगमन गर्नुभएको थियो । लगत्तै नगरपालिकाले बाँध बनाइदिएको स्थानीय बद्रीनारायण चौधरीले बताउनुभयो । 

विसं २०६२ मा ग्रामीण पुनर्निर्माण नेपाल (आरआरएन) ले ६० प्रतिशत र स्थानीय किसानले जनश्रमदानमार्फत ४० प्रतिशत जुटाएर सिँचाइ गर्ने फाटक र बढी भएको पानी बग्ने (ओभरफ्लो) निर्माण गरेका थिए । अर्का स्थानीय किसान गौरीनारायण चौधरीका अनुसार बाँध भत्किएपछि पूर्वतर्फका वडा नम्बर ११, २० र २१ का ५० बिघा जग्गा बाढीले क्षतिग्रस्त भएको थियो । 

सात बिघामा २० फिट पानी भण्डारण गरेर लहान वडा नम्बर २२ को डेढ सय बिघा जमिनमा आवश्यकता अनुसार सिँचाइ गरेर किसानले दुई पटक धान र एक पटक गहुँबाली उत्पादन गरिरहेका थिए । बाँध भत्किएपछि किसान निराश भएका थिए । स्थानीय सचितानन्द चौधरीले गोरखापत्रमा समाचार आएलगत्तै लहान नगरपालिकाले बाँध बाँध्ने काम गरिसकेकाले आफूहरू निकै खुसी भएको बताउन्ुभयो । 

लहान नगरपालिका–१०, खुटी नदीमा हेडवक्र्स तयार भइसकेकाले सिँचाइका लागि पुराना नहरहरू उकास गरी लहान–२, ११, १२, १९, २० र २१ म पनि सिँचाइ व्यवस्था गर्न नगरपालिकाले सव्रिmयता देखाउनुपर्ने पूर्वउद्योग राज्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य पद्मनारायण चौधरीले बताउनुभयो । जनप्रतिनिधिलाई विकासका लागि किसानले घचघच्याउनुपर्ने भन्दै उहाँले किसानको समस्या लहान नगरपालिकाले बेलैमा बुझिदिनुपर्ने बताउनुभयो । 

यता किसानको समस्या होस् वा आमजनताको समस्या किन नहोस्, कुनै माध्यमबाट जानकारी भएलगत्तै लहान नगरपालिकाले त्यसप्रति चासो लिइरहेको लहानका प्रमुख चौधरीले बताउनुभयो । “कल्याणदहको बाँध बाँधियो, बलान नदी कटानको समस्या नगरपालिकाको बजेटबाट सम्भव नरहेकाले सङ्घ र प्रदेश सरकारसँग रकम माग गरिरहेका छौँ । खुटी नहर यही वर्ष सञ्चालन हुने छ,” उहाँले भन्नुभयो ।