पोखरीमा डुबेर बालकको मृत्यु
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकामा शुक्रबार बिहान पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । जलेश्वर नगरपालिका वडा नं. ८ बजराही बस्ने पङ्कज ठाकुरको ४ वर्षीय छोरा प्रियंन्सराज ठाकुरको डुबेर मृत्यु भएको हो ।
सर्लाहीमा भाइरल ज्वरो र डेङ्गु सङ्क्रमित बढे
सर्लाहीमा केही दिनदेखि भाइरल ज्वरोको सङ्क्रमण बढेको छ । जिल्लाका प्रत्येकजसो निजी तथा सरकारी स्वास्थ्य संस्थामा भाइरल ज्वरो उपचारका लागि बिरामी बढ्न थालेका छन् ।
ग्रामीण क्षेत्रलाई सहरी क्षेत्रसँग जोड्दै छौँ
सिराहा जिल्लाको पुरानो औद्योगिक क्षेत्रसमेत रहेको राष्ट्रिय लोकमार्गको उत्तर र दक्षिणमा फैलिएको मिर्चैया नगरपालिकाको क्षेत्रफल ९१.९७ वर्ग किलोमिटर छ। कुल ५९ हजार ४२५ जनसङ्ख्या रहेको यस नगरपालिकाको उत्तरमा उदयपुरको कटारी, दक्षिणमा कल्याणपुर नगरपालिका, पूर्वमा गोलबजार नगरपालिका र पश्चिममा कर्जन्हा नगरपालिकासँग सीमा जोडिएको छ। यस नगरपालिकाको प्रमुखमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाट दोस्रो पटक श्रवणकुमार याद
सतचालिस महिलामा समस्या
मनरासिस्वा नगरपालिकामा भएको दुईदिने स्वास्थ्य शिविरमा चेकजाँच गराएकामध्ये ४७ जना महिलामा आङ खस्ने समस्या देखिएको छ । मनरासिस्वा नगरपालिकाको आयोजनामा आधारभूत नगर अस्पताल मनरामा सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरले गरेको महिलाको पाठेघरसम्बन्धी निःशुल्क जाँच, निःशुल्क औषधी वितरण तथा शल्यक्रियाका लागि छनोट कार्यक्रममा यो समस्या फेला परेको नगर प्रमुख मोहन पाण्डेयले जानकारी दिनुभयो।
दुर्घटनामा एकको मृत्यु, तीन घाइते
सर्लाहीको बागमती नगरपालिका–८, गाजल चोकमा बिहीबार बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
बुबाको मुख हेर्ने दिन : अन्धाअन्धीमा भक्तजनको घुइँचो
कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन आज महोत्तरीको अन्धाअन्धी स्थानमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । लोहारपट्टी नगरपालिका–१ बगडा गाउँस्थित अन्धाअन्धी पौराणिक एवम् धार्मिक महत्व बोकेको ठाउँ हो ।
बाल बन्दीद्वारा आन्दोलन फिर्ता
वीरगन्ज महानगरपालिका–४, बिर्तामा रहेको बाल सुधारगृहका कैदीबन्दी बालकहरू मङ्गलबार रातिदेखि गरिरहेको प्रदर्शन रोकेर वार्तामा बसेका छन् । पर्साका प्रमुख जिल्ला अधिकारीले माग सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता जनाएपछि वार्ता सफल भई स्थिति नियन्त्रणमा आएको छ ।
विद्यालयलाई रेडक्रसको सहयोग
नेपाल रेडक्रस सोसाइटी बर्दीबास उपशाखाले सामुदायिक विद्यालयलाई खेल तथा शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । बर्दीबास उपशाखाले स्थानीय शुभेच्छुक एवं सहयोगीबाट प्राप्त करिब दुई लाख रुपियाँ बराबरका सामग्री बर्दीबास–९, पशुपतिनगरस्थित जनमुखी आधारभूत विद्यालयलाई मङ्गलबार हस्तान्तरण गरेको हो । उक्त अवसरमा रेडक्रसले विद्यालयमा दन्त परीक्षण शिविरसमेत सञ्चालन गरेको थियो ।
छोरी संरक्षण कार्यक्रम सराहनीय
रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नं. ३ मत्सरीले छोरी संरक्षण कार्यक्रम अन्तर्गत ४० जना छोरीको अभिभावकलाई जनही पाँच हजारको चेक हस्तान्तरण गरेको छ ।
मुसहर बस्तीमा विशेषज्ञ टोली, अत्याधुनिक प्रविधिद्वारा क्षयरोग जाँच
क्षयरोगबाट आक्रान्त बर्दिबास–१४ स्थित नमुना मुसहर बस्तीमा मन्त्रीसहित सङ्घ र प्रदेश केन्द्रित स्वास्थ्यकर्मीको टोली आइपुगेको छ। धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्मित व्यवस्थित आवासमा व्याप्त अव्यवस्था एवं क्षयरोग सङ्क्रमणबारे गोरखापत्रले समाचार र सम्पादकीय प्रकाशित गरेपछि सरकारी एवं गैरसरकारी स्वास्थ्य संस्थाका प्रतिनिधिको मुसहर बस्तीमा एकै पटक ओइरो लागेको हो।
हत्या कसुरमा बुबा छोरीलाई तीन वर्ष कैद सजाय
सप्तरीमा एक जना शिक्षकको हत्या कसुरमा बुबा र छोरीलाई तीन वर्ष कैद सजाय भएको छ ।
प्रधानाध्यापकको कक्षमा तालाबन्दी
लक्ष्मीपुर पतारी गाउँपालिका–२, पोखरभिन्डामा रहेको जनता डोमी चौधरी माध्यमिक विद्यालय प्राविधिकधार नमुना विद्यालयमा कुनै किसिमको आर्थिक अनियमितता सह्य नहुने सरोकारवालाले बताएका छन्। राष्ट्रिय लोकमार्गदेखि चार किलोमिटर दक्षिण ग्रामीण भेगमा रहेको त्यस नमुना विद्यालयमा एक करोडभन्दा बढी अनियमितता भएको स्थानीय एक पक्षले आरोप लगाइरहेका छन्। स्थानीय अर्को पक्षले भने आरोप निराधार भएको बताउँछन्।
ग्रामीण भेगका विद्यालयलाई रेडक्रसको सहयोग
नेपाल रेडक्रस सोसाइटी बर्दिबास उपशाखाले सामुदायिक विद्यालयलाई खेल तथा शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।
प्रदेश सभा सदस्य विन्दु यादवको निधन
मधेश प्रदेश सभाका सदस्य विन्दु यादवको मंगलबार बिहान ८ बजेर १५ मिनेट जाँदा जनकपुरधामको प्रादेशिक अस्पतालमा निधन भएको छ। सर्लाही निवासी ४५ वर्षीया यादव दुई वर्षदेखि पाठेघरको क्यान्सरसँग लडिरहनुभएको थियो।
मधेश प्रदेश सभा सदस्य यादवको निधन
मधेश प्रदेश सभा सदस्य तथा जनता समाजवादी पार्टी (जसपा) की केन्द्रीय सदस्य बिन्दु कुमारी यादवको निधन भएको छ ।
जनश्रमदान गरेर अभियान सुरु
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले तीनमहिने अभियान अन्तर्गत ‘घर घरमा माओवादी र जन जनमा माओवादी’ अभियानको सुरुवात जनश्रमदानबाट गरेको छ ।
आठ क्विन्टल काजु बरामद
सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साबाट खटिएको सशस्त्र प्रहरी टोलीले वीरगञ्ज १० स्थित एक गोदाममा छापामारी आठ क्विन्टल काजु बरामद गरेको छ ।
मलङ्वाको जनजीवन सामान्यतर्फ उन्मुख
सर्लाही सदरमुकाम मलङ्गवाको जनजीवन आज सोमबारदेखि सामान्य बन्दैगएको छ । गत शुक्रबार श्रीकृष्ण जन्माष्टमीको मूर्ति सेलाउने क्रममा भएको विवाद बढ्दै गएपछि मलङ्गवा बजारक्षेत्र तनावग्रस्त बनेको थियो ।
कल्याणदह नदीको बाँध भत्किँदा किसानलाई समस्या
लहान नगरपालिकाको वडा नम्बर-२२ बेली जटयाही पूर्वबाट बग्ने कल्याणदह नदीको बाँध भत्किएपछि किसानहरू ठुलो समस्यामा परेका छन् ।
पूर्व अध्यक्षसहित दश जनाविरुद्ध मुद्दा
सोनमा गाउँपालिकामा भएको घट्नाका आरोपमा महोत्तरी प्रहरीले पुर्वअध्यक्ष सहित दश जना विरुद्ध मुद्दा दर्ता गरेको छ ।
मुसहर समुदायका पीडा,नागरिकता बनाउन तिस हजार !
सिरहाका विभिन्न पालिकामा रहेका मुसहर समुदाय अझै पनि नागरिकता र जन्मदर्ताको समस्या हुँदा विभिन्न सेवा र सुविधाबाट वञ्चित भइरहेका छन् । धनगढीमाई नगरपालिका–
समृद्धिका लागि उद्योग व्यवसायको विस्तार जरुरी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योग व्यवसायले गति नलिएसम्म आर्थिक रूपान्तरण हुन नसक्ने र मुलुक समृद्धिको बाटोमा लम्कीन नसक्ने बताउनुभएको छ । उहाँले परिस्थितिवश मुलुकले राजनीतिक रूपमा धेरै उतारचढाव हेरिसकेकाले अबका दिन आर्थिक विकास र निर्माणका रूपमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो । मन्त्री रिजालले आइतबार वीरगन्जमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजनामा वाणिज्य नीति मस्यौदाका सम्बन्धमा मधेश प्रदेशस्तरीय छलफल कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो, “सरकारले उद्योग व्यापार गर्ने होइन, सहजीकरणसम्म गरिदिने हो, उद्योग व्यापार निजी क्षेत्रले नै गर्ने हो, सहजीकरण गर्न सरकार तयार छ ।” उहाँले सरकारका तर्फबाट हुने सक्ने सबै प्रकारको सहयोग र सहकार्य गर्न सरकार तयार रहेकाले दुबिधामा नपर्न सबैसँग आग्रह गर्नुभयो । उहाँले उद्योगी व्यापारीमाथि शङ्का उपशङ्का एवं नकारात्मक दृष्टिकोणले हेर्न नहुने बताउँदै व्यवसायीले व्यापार गरेर सहज रूपमा पैसा कमाउने र मेहनत गरेर राष्ट्रलाई सहयोग गर्नुपर्ने सुझाव दिनुभयो ।
कर्फ्यु हटाएर निषेधाज्ञा जारी, प्रदर्शन रोकिएन
सर्लाहीको सदरमुकाम मलङ्गवामा कर्फ्यु हटाएर आइतबार बिहानबाट निषेधाज्ञा जारी गरिएको छ । शनिबार बेलुका ५ बजेदेखि जारी गरिएको कर्फ्यु हटाएर आइतबार बिहान ८ बजेदेखि भदौ २७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।
माटोका भाँडा बनाउन कुमालेलाई भ्याइनभ्याइ
माटोका भाँडामा खिर, दही, फलफूलसहितका प्रसाद सामग्री राखी चन्द्रमालाई अर्घ दिएर मनाइने ‘चौठचन्द्र’ पर्वका लागि व्रत बस्नेलाई माटाको भाँडो पु¥याउन कुम्भकारलाई भ्याइनभ्याइ छ । तराई–मधेसमा भदौ चतुर्थी तिथिका दिन चौठचन्द्र पर्व मनाउने गरिन्छ ।