गठबन्धनकै सरकार पाँच वर्षसम्म रहने छ : मन्त्री किराँती
नेपाल सरकारका संस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँतीले मंगलबार भएको सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाबारे अध्ययन गर्न सरकारले बुधबार सम्ममा छानबिन समिति गठन गर्ने बताउनुभएको छ ।
यातायातमा सेवाग्राहीको भिड
आर्थिक वर्ष अन्त्य हुने क्रमसँगै सरकारी कार्यालयमा बजेट सक्ने चटारो छ। यस विपरित बर्दिबासस्थित यातायात व्यवस्था सेवा कार्यालयका कर्मचारीलाई राजस्व सङ्कलन र सेवाग्राहीको बढ्दो चाप व्यवस्थापन गर्न भ्याइनभ्याइ छ। सामान्य दिनमा अढाई तीन सय जतिले सेवा लिने यस कार्यालयमा असार लागेदेखि दोब्बर बढीले भिड बढ्दै गएपछि सास फेर्ने पनि फुर्सद नभएको कर्मचारीले जनाएका छन्।
महोत्तरीमा पन्ध्र प्रतिशत रोपाइँ
असार महिना सकिन लाग्दा महोत्तरीमा १५ प्रतिशत मात्र रोपाइँ भएको छ । जिल्लामा धान खेतको क्षेत्रफल ४५ हजार हेक्टर छ । पर्याप्त वर्षा नहुँदा अहिलेसम्म छ हजार ७५० हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ । वर्षा अभावमा अधिकांश धान खेत चरिचरन बनेको छ भने रोपाइँ भएका खेतका रोपो पनि सुक्दै गएकाले किसान चिन्तामा छन् । गौशाला नपा–१० का कृषक दिनेश महतोले एक बिघाका लागि लगाएको धानका बेर्ना बुढो हुने अवस्थामा छ । वर्षा नहुँदा अहिलेसम्म खेत भने बाँझै रहेको उहाँले बताउनुभयो ।
निर्माणाधीन खानेपानी आयोजना अलपत्र
सम्बन्धित निकायको निष्क्रियताले करोडौँको निर्माणाधीन खानेपानी आयोजना अढाई दशकदेखी अलपत्र परेको छ । महागढीमाई नगरपालिका–१० गंजभवानीपुर टोलमा करिब २५ वर्षदेखी निर्माणाधीन अवस्थामा रहेको खानेपानी आयोजना ९५ प्रतिशत भौतिक पूर्वाधार तयार पुरा भएपनि यसको संरक्षण गर्ने निकाय मौन बसेको कारण खानेपानीको आयोजना अलपत्र परेको हो ।
दाेहाेराे नागरिकता लिएका उपप्रमुख यादवलाई पाँच दिन हिरासतमै राख्न आदेश
नेपाल र भारत दुवै देशको नागरिकता लिएको आरोपमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मिरा कुमारी यादवलाई अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत सप्तरीले अनुमति दिएको छ ।
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
सर्लाहीको गोडैता नगरपालिका –१२, मा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । गडहीयाबाट मधुवनीतर्फ गइरहेको प्रदेश २–०३–०१२ प ९७४४ नम्वरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा टाउकोमा गम्भीर चोट लागि चालक धनकौल गाउँपालिका –१, बस्ने ४५ वर्षीय सोनालाल राउतको मृत्यु भएको हो ।
एकीकृत सेवा केन्द्र माग गर्दै आन्दोलन
महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकामा एकीकृत सेवा केन्द्र हुनुपर्ने माग राख्दै नगरवासीहरु आन्दोलित भएका छन् ।
कञ्चनपुर-कमला सडक निर्माणको काम सुस्त
पूर्व-पश्चिम लोकमार्गको कञ्चनपुर-कमला सडक खण्डमा आवश्यक बजेट उपलब्ध नहुँदा सडक र पुल निर्माणको कामले गति लिन सकेको छैन ।
घोषणापत्र जारी गर्दै मुख्य न्यायाधिवक्ताको सम्मेलन सम्पन्न
मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजित दुई दिने मुख्य न्यायाधिवक्ताहरुको चौथो राष्ट्रिय सम्मेलन नौ बुँदे जनकपुर घोषणापत्र जारी गर्दै आइतबार सम्पन्न भएको छ ।
पर्यावरणका लागि ६ लाख बिरुवा रोपिने
पर्यावरण तथा मौसम परिवर्तनमा सराहनीय भूमिका देखाउन डिभिजन वन कार्यालय सिमरा बाराले यस वर्ष छ लाख बिरुवा रोप्ने लक्ष्य राखेका छन् ।
खाल्डोमा डुबेर दाजुभाइको मृत्यु
सर्लाहीको दक्षिण–पूर्वी भेगस्थित पर्सा गाउँपालिका-४, जिङ्गडामा नदी नियन्त्रणका लागि खनिएको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु भएको छ ।
सिँचाइको मोटर चलाउँदा करेन्ट लागेर किसानको मृत्यु
धनुषाको कमल नगरपालिका–२, माचिझिटकैयामा करेन्ट लागेर एक जना किसानको मृत्यु भएको छ । आइतबार बिहान सोही वडाका ५५ वर्षीय सूर्यदेव ठाकुरको करेन्ट लागेर मृत्यु भएको हो ।
असारे चटारो : बजेट सक्न राति अबेरसम्म काम
आर्थिक वर्ष २०७९/८० को अन्तिममा सर्लाहीका स्थानीय तहमा कार्यरत कर्मचारीले राति अबेरसम्म कार्यालयमै बसेर काम गरिरहेका छन्। पालिका अध्यक्षसहित प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत र अन्य कर्मचारीले राति ढिलोसम्म कार्यालयमा बसेर भुक्तानीको काम गरिरहेका हुन्। देशभरमै सबैभन्दा बढी २० वटा स्थानीय तह रहेको सर्लाहीमा अहिले प्रत्येक पालिकामा राति ९/१० बजेसम्म नै काम भइरहेको पाइन्छ।
नागरिकता वितरणमा बिचौलियाको चलखेल !
नयाँ नागरिकता ऐनअनुसार जन्मसिद्ध नागरिकका सन्तानको नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय पर्सामा बिचौलियाको चलखेल बढेको छ। यसले सर्वसाधारण सेवाग्रही मारमा परेका छन् भने बिचौलियामार्फत आउनेले तुरुन्तै नागरिकता पाउने गरेका सेवाग्राहीको गुनासो छ। नागरिकता लिनेहरूको सङ्ख्या बढ्दै गएपछि कार्यालयले दर्ता प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन सेवाग्राहीका लागि अनलाइन टोकन प्रणाली लागु गरेको छ। टोकन प्रणालीअनुसार नागरिकता लिन दुई महिनासम्म कुर्नुपर्ने भएकाले धेरैजसो हुनेखाने सेवाग्राही बिचौलियामार्फत र कोही पहुँचका आधारमा एकै दिनमा नागरिकता लिने गरेको पाइएको छ। यसका लागि सेवाग्राहीले १५ देखि २५ हजार रुपियाँसम्म रकम दिने गरेका स्रोतको भनाइ छ। बिचौलियाले लिएको रकम कर्मचारीमा भागबन्डा लाग्ने गरेको सेवाग्राहीहरूको आरोप छ।
अनुगमन टोलीद्वारा आयोजनाको निरीक्षण
प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लाको तीन वटै सुरक्षा संयन्त्रका प्रमुखले जिल्लामा सञ्चालनमा रहेका विभिन्न योजनाहरूको स्थलगत अनुगमन गर्नुभएको छ ।
‘सङ्घीयता कार्यान्वयनमा मुख्य न्यायाधिवक्ताहरुको भूमिका महत्त्वपूर्ण’
मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले सङ्घीयताको सफल कार्यान्वयनमा मुख्य न्यायाधिवक्ताहरुको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
सवारी दुर्घटनामा मृत्यु
बर्दिबास जलेश्वर सडक खण्डस्थित औरही ७ भोइल गाउँ नजिक शुक्रवार राती सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परि गौशाला नपा १२ का ३५ वर्षीय प्रदीप महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चुरे चहार्दै जनकपुरधामका प्रमुख
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह चुरे तथा भावर क्षेत्र चहार्दै हिँड्नुभएको छ। मङ्गलबार उहाँ चुरे क्षेत्र जलाद खोलाको सिरान भेटिनु भयो। त्यसअघि प्रमुख साह तीन पटक चुरे तथा नदी प्रणाली विज्ञ टोलीसहित धनुषा, महोत्तरी र सिराहा जिल्लाको चुरे तथा भावर क्षेत्रको अवलोकन गर्नुभएको थियो।
जग्गा कटानपछि बस्तीमा त्रास
सिराहा र सप्तरीको सिमाना रहेको बलान नदीको सिराहातर्फ लहान नगरपालिका–२३, तिलेबोना र करैयाको बिचमा कटान तीव्र पारेपछि वरिपरिका स्थानीयवासी त्रसित भएका छन्। दस मिटर अझै पश्चिमतर्फ कटान भएमा उत्तरदक्षिण बग्ने बलान नदी पूर्वपश्चिम बग्ने अवस्था आउने र त्यसले ठुलो धनजनको क्षति हुने भएपछि स्थानीय बासिन्दा त्रसित भएका हुन्।
खुकुरी प्रहार गरी श्रीमतीको हत्या
सर्लाहीको हरिवन नगरपालिका-५, घुर्कौलीमा शुक्रबार एक युवकले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
मटिहानी नगरपालिकाद्वारा आँपको बिरुवा वितरण
नागेन्द्रकुमार कर्णमहोत्तरी, असार २२ गते । हरियाली प्रर्वद्धन कार्यक्रम अन्तर्गत महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाले आँपको बिरुवा वितरण सुरु गरेको छ । आफ्नो पालिकालाई हरियालीकरणको लागि आफूले नगरपालिकाको हरेक परिवारलाई आँपको बिरुवा वितरण गर्न लागेको नगरप्रमुख हरिप्रसाद मण्डलले बताउनुभयो ।पालिकाको नगर स्तरीय योजना अन्तर्गत पहिलो चरणमा करिब ५५ सय घर–परिवारलाई १० हजार आँपको बिरुवा वितरण गरिने बताउनुहुँदै उहाँले यसले हरियालीकरणमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । पालिकाको नौ वटै वडाका हरेक घर परिवारलाई निःशुल्क रुपमा दुई वटा आँपको बिरुवा उपलब्ध गराउने मटिहानी नगरपालिकाको कृषि शाखा प्रमुख टङ्क प्रसाद उपाध्यायले बताउनुभयो । उहाँले आँप खेती नगदेबालीको रुपमा हुन समेत प्रयोगमा आउन थालेकोले बाली पनि हुने र हरियाली पनि हुने भएकोले पालिकाले आँपको बिरुवा वितरण कार्यक्रम ल्याइएको कृषि शाखा प्रमुख उपाध्यायले बताउनुभयो ।बिरुवा वितरण कार्यक्रममा नगरप्रमुख मण्डलले आँपको विरुवा लगाउनु मात्रै नभई संरक्षणमा पनि ध्यान दिन स्थानीयबासीहरुलाई आग्रह गर्नुभएको थियो । विरुवा वितरण कार्यक्रममा मटिहानी नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष जितनारायण माझी, वड़ा सदस्य जुगेश्वर यादव, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
वन संरक्षणमा स्थानीय सक्रिय
धनुषाको मिथिला नगरपालिका–११, तुसलीका स्थानीयवासी वन संरक्षणमा सक्रिय भएका छन् ।
आँपको मूल्यमा दोब्बर वृद्धि
आँपको मुख्य व्यापारिक केन्द्र मानिएको लहानमा आँपको मूल्यमा दोब्बरले वृद्धि भएको छ । असारको दोस्रो हप्तामा सस्तो मूल्यमा पाउने आँपको मूल्य तेस्रो हप्तामा आइपुग्दा बृद्धि भएको हो ।
धनुषा नगराइनका वडाध्यक्ष र वडा सचिवविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषा नगराइन नगरपालिका–२ का वडाअध्यक्ष र वडा सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।