मोटरसाइकल दुर्घटनामा राष्ट्रिय अनुसन्धानका प्रहरी निरीक्षकको मृत्यु
सर्लाहीको ईश्वरपुर नगरपालिका–९, खोरिया टोलमा मोटरसाइकल दुर्घटनामा परेर राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एक प्रहरी निरीक्षक (इन्स्पेक्टर)को मृत्यु भएको छ ।
धानबाली
सप्तरीको तिरहुत गाउँपालिका–५ स्थित लोहजारा दह नजिकैको खेतमा रोपाइँ सकिएपछि हरियाली भएको धानबाली ।
माटोको उर्वराशक्ति घट्दाे
धनुषाको मिथिला नगरपालिकाभित्रका खेतीयोग्य माटोको उर्वराशक्ति कमजोर बन्दै गएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा ममाथि मिडिया ट्रायल गरियो : डा राणा
नेपाली कांग्रेस नेतृ तथा प्रतिनिधिसभा सदस्य डा आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि ‘मिडिया ट्रायल’ गरिएको गुनासो गर्नुभएको छ ।
कमलामा काठको पुल : दूरी छोटियो तर स्थायित्व छैन
वारि सिरहाको सदरमुकाम, पारि धनुषाको कमला नगरपालिका । वारिपट्टि घर, पारिपट्टि खेती जग्गा । वारिका नातेदार पारि, पारिका नातेदार वारि । बीचमा कमला नदी ।
पोषणमा सुधार ल्याउन सरकारबीच समन्वय आवश्यक
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पोषणको अवस्थामा सुधार ल्याउन तीनै तहका सरकारबीच समन्वय सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
मलङ्गवा बजारको सडक कालोपत्रे
सर्लाही सदरमुकाम मलङ्गवामा बजार क्षेत्रको मुख्य सडक लामो प्रतीक्षापछि कालोपत्रे हुँदा स्थानीय खुसी भएका छन् । सडक फराकिलो बनाएर मलङ्गवाको कृष्णामणि माध्यमिक विद्यालयदेखि राजश्री सिनेमा हलसम्मको सडक कालोपत्रेपछि आवतजावतमा सहज भएको हो ।
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ३० वर्षीया श्रीमती पार्वतीदेवी खङको हत्या गरेको अभियोगमा महादेवा गाउँपालिका–२ अकबरपुर बस्ने ३५ वर्षीय रामरूप खङलाई प्रहरीले पक्राउ गरेको हो ।
मापदण्ड विपरीत सामान बिक्री गर्ने ७६ व्यावसायिक फार्म कारबाहीमा
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साले आर्थिक वर्ष २०७९/८० मा तोकिएको मापदण्डविपरीत सामान बिक्री गर्ने र अनुमति नलिएका ७६ व्यावसायिक फार्ममाथि कारबाही गरेको छ ।
जानकी अस्पतालमा आँखाका बिरामी बढ्दै
जनकपुरधामको जानकी आँखा अस्पतालमा नयाँ प्रविधिको प्रयोगबाट आँखाको उपचार गर्न सुरु गरिएको छ ।
मिलापत्र गर्न आउनेको सङ्ख्या बढ्दै
सप्तरीमा मिटरब्याजी समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालयले उपसमिति गठन गरेर प्रक्रिया थालेपछि मिलापत्र प्रक्रियामा आउनेको सङ्ख्या बढेको छ ।
ओखलढुङ्गाका प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा दायर
ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडासहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
कृषक समूहलाई कृषि सामग्री वितरण
रौतहटको देवाहीगोनाही नगरपालिका –७ का किसानलाई कृषि सामग्री तथा उपकरण वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सो वडाका तरकारी उत्पादक कृषक समूहलाई अनुदानमा कृषि सामग्री तथा उपकरण वितरण गरिएको हो ।
पुल नबन्दा 'चचरी'बाट वारपार गर्न बाध्य
सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिका –१० सखुवास्थित महुली नदीमा पक्की पुल नहुँदा यहाँका स्थानीयहरू डेढ दशकदेखि विकल्पमा चचरीको पुलबाट हिँड्न बाध्य छन् । सखुवा र इनरुवा टोल जोड्ने उक्त महुलीको सानो नदीमा अहिलेसम्म पक्की पुल नबन्दा स्थानीयवासी चचरीबाटै आवतजावत गर्न बाध्य बनेका हुन् ।
इतिहासमा सीमित जनकपुर चुरोट कारखाना
पञ्चायत जन्मिनुअघि नै जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकाली) स्थापनाको योजना बन्यो । त्यो योजना प्रजातन्त्र बहालीपछि वि.सं. २०१६ मा नेपाली कांग्रेसका सभापति बिपी कोइराला नेतृत्वको सरकारले बनाएको थियो तर जनकपुरमै कारखाना ल्याउने श्रेय भने सो सरकारका उद्योग तथा वाणिज्य मन्त्री रामनारायण मिश्रलाई दिने गरिएको छ ।
द्वन्द्वले छ पालिका बजेटविहीन
जनप्रतिनिधिबिचको विवादका कारण सर्लाहीको छ वटा पालिका बजेटविहीन बनेका छन्। यहाँको २० मध्ये १९ वटा पालिकाले गाउँ तथा नगर सभाको उद्घाटन सत्र सम्पन्न गरे पनि बजेट पारित गर्न सकेका छैनन्। चरम विवादमा फसेको हरिपूर्वा नगरपालिकाले नगर सभाको उद्घाटन सत्र नै गर्न सकेन। उद्घाटन सभा गरेका बाँकी १९ वटा पालिकामध्ये
हुलाकी सडक निर्माणको काममा लक्ष्यभन्दा बढी प्रगति
मधेश प्रदेशको धनुषा, महोतरी, सर्लाही र सिरहा जिल्लामा पर्ने हुलाकी सडक कालोपत्रे गर्ने निमार्णको काम गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी प्रगति भएको देखिएको छ ।
एक वर्षभित्र देशभरिका विद्यालयमा इन्टरनेट पुर्याउँछौँ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चालु आर्थिक वर्षभित्र देशभरिका सबै विद्यालयमा गुणस्तरीय इन्टरनेट सेवा पुगाउने तयारी सरकारले गरिरहेको बताउनुभएको छ ।
वीरगञ्जमा खानेपानीको हाहाकार
वीरगञ्ज महानगरपालिका–१२ का लडुप्रसाद साहले बिहान करिब तीन घण्टाको सङ्घर्षपश्चात् बल्लतल्ल पाँच लिटर खानेपानी जोहो गर्न सक्नुभयो ।
जलेश्वर भन्सारबाट लक्ष्यभन्दा २२ प्रतिशत कम राजश्व सङ्कलन
महोत्तरीको प्रमुख व्यापारिक नाका जलेश्वर भन्सारको आयात व्यापारमा गिरावट आएको छ । जसकाकारण आ.व. २०७९-०८० को राजस्व लक्ष्यभन्दा २२ प्रतिशत अर्थात् ८२ करोड कम सङ्कलन भएको छ ।
प्रस्तावित बर्दिबास मेडिकल कलेज : रिट खारेज, समस्या यथावत्
सर्वोच्च अदालतले बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाविरुद्धको रिट खारेज गरे पनि अनेकन समस्या थाती रहेकाले कलेज निर्माणले अपेक्षित गति लिन सकेको छैन। कलेजविरुद्ध वातावरण अभियन्ताहरूले २०७८ माघ ३ गते दायर गरेको रिट निवेदनलाई सर्वोच्चले खारेज गरेपछि एक हजार शøया क्षमताको यो कलेजको निर्माणले गति लिने आमविश्वास थियो।
सञ्चारमन्त्री रेखा शर्मा सम्मानित
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई सर्लाहीको बागमती नगरपालिकाले सम्मान गरेको छ ।
हिरासतमै थुनुवा महिलाद्वारा आत्महत्या
सर्लाहीमा एक थुनुवा महिलाले जिल्ला प्रहरी कार्यालयको हिरासतमै आत्महत्या गर्नुभएको छ । प्रहरीले स्रोत नखुलेको रकम र अवैध चाँदीसहित पक्राउ गरेको चक्रघट्टा गाउँपालिका –८, बस्ने ४० वर्षीया हजरत खातुनले प्रहरी हिरासतको शौचालयमा सलको पासो लगाएर आत्महत्या गर्नुभएको हो ।
राजमार्ग क्षेत्रलाई पूर्ण दूरसञ्चारयुक्त बनाउने तयारी छः सञ्चारमन्त्री शर्मा
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, मधेश प्रदेशले जनकपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राजमार्ग क्षेत्रमा आवागमन गर्ने यात्रुका लागि सूचना सञ्चारको आवश्यकता धेरै नै हुने भएकाले सबै राजमार्ग क्षेत्रलाई पूर्ण दूरसञ्चारयुक्त बनाउनुपर्ने बताउनुभएको हो।