• २ जेठ २०८२, शुक्रबार

चाडपर्वलक्षित नागरिक सहायता कक्ष शुभारम्भ

blog

नागरिक सहायता कक्षको शुभारम्भ गरेपछि शुभकामना मन्तव्य राख्नुहुँदै प्रमुख जिल्ला अधिकारी किरण थापालगायत । तस्विर : ललिता साह

ललिता साह

वोदेवर्साइन (सप्तरी), असोज २३ गते । नागरिकको सुविधाका लागि जिल्ला प्रहरी  कार्यालय सप्तरीको पहलमा राजविराज प्रवेश गर्ने मुख्य चोकमा यात्रु सहायता कक्ष शुभारम्भ गरिएको छ। दसैँ नजिकिँदै गर्दा जिल्लाभरिबाट सदरमुकाम राजविराज आउने नागरिकलाई सुविधा दिने उद्देश्यले सहायता कक्षको स्थापना गरिएको सप्तरीका प्रहरी प्रमुख गज्जुसिद्धी बज्राचार्यले जानकारी दिनुभयो । 

यस अवसरमा जिल्लाका यातायात व्यवसायी, नागरिक अगुवा, बुद्धिजीवी लगायतसँग शुभकामना आदानप्रदान गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी किरण थापाले उक्त यात्रु सहायता कक्षको उद्घाटन गर्नुभयो । विशेष अवसरमा नागरिक सहायता कक्षबाट दिइने सेवा नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउँछ भन्ने सवारी साधनको व्यवस्थापन लगायतमा सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो । 

नागरिकहरूको सेवा सुविधालाई दृष्टिगत गरी हालसम्म जिल्लाभरिमा ११ वटा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ढुण्डिराज न्यौपानेले जानकारी दिनुभयो ।