पोखरी विवाद : नगरप्रमुख थुनिए, पत्रकार कुटिए
सप्तरीको डाकनेस्वरी नगरपालिकाका प्रमुख रामलखन मलाह बुधबार दिउँसोदेखि आफ्नै कार्यालयमा घेराबन्दीमा परेको सप्तरी प्रहरी प्रमुख गज्जु सिद्धी बज्राचार्यले जानकारी दिनुभएको छ ।
राजविराजको बजेट नीति तथा कार्यक्रम सार्वजनिक
राजविराज नगरपालिकाको बजेट नीति तथा कार्यक्रम सार्वजनिक भएको छ ।
रामराजाप्रसाद सिंह स्वास्थ्य प्रतिष्ठानको काम अघि बढाउन माग
पदमा पदाधिकारी र कर्मचारी नियुक्त गर्नुपर्ने, निर्माणका लागि आवश्यक बजेटको व्यवस्थापन गर्नुपर्नेलगायत पाँच बुँदे माग अघि सार्दै रिले अनशन जारी राखिएको स्थानीयवासी सुनिल मण्डलले बताउनुभयो ।
सस्तियो खसीबोकाको मूल्य
आर्थिक मन्दिका कारण सर्वसाधारणको आम्दानीमा कटौती भएपछि दसैँको समयमा अत्यधिक खपत हुने खसीबोकाको मूल्य सस्तिएको छ ।
बन्ने भयो हात्तीमारामा पुल
बर्दीबास नगरपालिकाको वडा नं. ३ र ४ जोड्ने हात्तीमारा खोलामा पक्की पुल निर्माण हुने भएको छ । बर्दीबासलाई दुर्गम भेग जोड्ने ग्रामीण सडक अन्तर्गत हात्तीमारा पुलको नगर प्रमुख प्रह्लाद क्षेत्री, वडाध्यक्षहरू विराट विष्ट र विजयकुमार महतोले मङ्गलबार वैदिक रीतिपूर्वक शिलान्यास गर्नुभएको हो । बर्दीबास नगरपालिकाको आन्तरिक स्रोतबाट निर्माण हुने ३५ मिटर लम्बाइ र छ मिटर चौडाइको यो पुलमा चार वटा
पदमुक्त भएपछि नगरपालिका उपस्थित हुनु भएन मौलापुर नगरप्रमुख साह
रौतहटको मौलापुर नगरपालिकाका नगरप्रमुख रीनाकुमारी साहको पद गुमेपछि उहाँ मङ्गलबार नगरपालिका उपस्थित हुनुभएन । मङ्गलबार नै निर्वाचन आयोगले सूचना जारी गर्दै प्रमुख साहको पद रिक्त भएको जनाएपछि उहाँ पालिकामा अनुपस्थित रहनुभएको हो ।
सुरक्षाको अनुभूति हुनेगरी काम गर्न आग्रह
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनतालाई शान्ति सुरक्षाको अनुभूति हुनेगरी कामकाज गर्न नेपाल प्रहरीलाई आग्रह गर्नुभएको छ ।
मिथिलाञ्चलको घरआँगनमा झिझियाको लोकभाका गुञ्जिन थाल्यो
‘तोहरे भरोसे बरहम बाबा झिझिरी बनेलियै हो बरहम बाबा झिझिया पर होइयौ ने सवार अबोधबा बालक तोहर किछियो ने जनैछौं हो...।’ दसैँ सुरु भएसँगै जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चलको घरआँगनमा अहिले यस्तै लोकभाकाका झिझियाका गीत गुञ्जिन थालेको छ ।
मौलापुर नगरपालिकाका मेयर साहको पद गयो
रौतहटको मौलापुर नगरपालिकाका नगरप्रमुख रिनाकुमारी साहको पद गएको छ । मङ्गलबार निर्वाचन आयोगले सूचना जारी गर्दै प्रमुख साहको पद रिक्त भएको जनाएको हो ।
सेवा प्रवाहमा तदारुकता ल्याउन निर्देशन
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सोमबार बिहान करिब १० बजे प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निरीक्षण गर्नुभएको छ । मुख्यमन्त्री यादव पहिलो पटक जनस्वास्थ्य प्रयोगशाला पुग्नुभएको हो । निरीक्षणका व्रmममा उहाँले सेवा प्रवाहका बारेमा प्रयोगशालाका प्रमुख र सेवाग्राहीहरूसँग जानकारी लिनुभएको थियो ।
राष्ट्रपतिसमक्ष निर्माण सामग्री विधेयक सच्चाउने वनमन्त्रीको प्रतिबद्वता
राष्ट्रपति रामचन्द्र पौडेलसँग वन तथा वातावरण मन्त्री डा. वीरेन्द्र महतोले निर्माण सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमा रहेको निकासीसम्बन्धी व्यवस्था हटाउन आफूले आवश्यक पहल गर्ने प्रतिबद्धता प्रकट गर्नुभएको छ ।
स्वास्थ्य जाँचसम्बन्धी सेवा विश्वसनीय बनाउन निर्देशन
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट प्रवाह गरिने स्वास्थ्य जाँचसम्बन्धी सेवालाई छिटो र विश्वसनीय बनाउन निर्देशन दिनुभएको छ ।
मुख्यमन्त्री यादवद्वारा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निरीक्षण
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज (सोमबार) बिहान करिब १० बजे प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निरीक्षण गर्नुभएको छ । निरीक्षणको क्रममा उहाँले सेवाप्रवाहको बारेमा निर्देशनालय प्रमुख र सेवाग्राहीहरूसँग जानकारी लिनुभएको छ ।
माटाका भाँडाको व्यापार घट्दो
चाडबाडसँगै बजारमा दैनिक उपभोग्य वस्तुदेखि लत्ताकपडाको व्यपारमा भीडभाड बढ्दै गएको छ । तर माटोको भाडाको बजार भने दिन प्रतिदिन खस्कदै जाँदा पुस्तौदेखि व्यपार गर्दै आएका पण्डित(कुम्भकार) जातिको पेसा अरालो लाग्दै गएको छ ।
सप्तरीमा चाडपर्वमा विशेष सुरक्षा योजना
सप्तरी प्रहरीले चाडपर्वलाई लक्षित गरी २३ बुँदे विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ ।
दसैँको रमझम सुरु
आस्थाको पर्व विजयादशमी आइतबार घटस्थापना गरी प्रारम्भ भएको छ । जनकपुरधामलगायत तराई मधेशका विभिन्न स्थानका शक्तिपीठ तथा मन्दिरहरूमा पूजाअर्चना गर्ने भक्तजनको घुइँचो लाग्न थालेको छ भने बडादसैँको रमझम सुरु भएको छ ।
मधेश प्रदेशका धार्मिक शक्तिपीठ धाउन थाले भक्तजन
बडादसैँ सुरु भएसँगै भक्तजनहरू विभिन्न शक्तिपीठ धाउन थालेका छन् । नवरात्रभर सप्तरीको छिन्नमस्ता भगवती मन्दिर, कङ्कालिनी मन्दिर, राजदेवी मन्दिर, बाराको गढीमाई मन्दिर, पर्साको गहवामाई मन्दिरमा सबैभन्दा बढी भिड लाग्छ । धेरैले दिनभरि नै उपवास तथा निराहार बसेर नवरात्रभर पूजापाठ गर्छन् । कोही अरवा मात्र खाएर नवरात्रमा पूजापाठ गर्छन् ।
उखु किसानले अनुदानबापतको २९ करोड पाएनन्
सर्लाहीका उखु उत्पादन किसानले पाउनुपर्ने रु २९ करोडभन्दा बढी अनुदानबापतको रकम उखु बेचेको सात महिना हुँदा पनि पाउन नसकेको गुनासो गरेका छन् ।
देशभित्र रोजगारी सिर्जना गर्ने अभियानमा छौँ : कृषिमन्त्री भुसाल
कृषि तथा पशुपन्छी विकासमन्त्री डा.वेदुराम भुसालले युवाहरूको विदेश पलायन रोक्न कृषि र पर्यटन क्षेत्रमा देशभित्र रोजगारी सिर्जना गर्ने अभियान सञ्चालन गर्ने तयारी गरेको बताउनुभएको छ ।
कुम्हार जातिको पुर्ख्यौली पेसा सङ्कटमा
बढ्दो आधुनिकताका कारण तयारी सामानहरूको प्रयोगमा बढोत्तरी भए पछि तराई मधेशका जिल्लाहरूमा बसोबास गर्दै आएका कुम्हार जातिको पुर्ख्यौली पेसा सङ्कटमा परेको छ ।
हिउँदमा लोडसेडिङ गर्नुपर्ने अवस्था आउनसक्छ : कार्यकारी निर्देशक घिसिङ
सर्लाहीको लालबन्दीका बासिन्दाले १३२ केभी डबल सर्किट प्रसारण लाइनको स्तरोन्नति (तार फेर्ने) कार्यमा अवरोध गरेका छन् ।
निजी क्षेत्रमैत्री वातावरण बनाउँछौँ : प्रम
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आर्थिक समुन्नतिका दिशामा निजी क्षेत्रमैत्री वातावरण निर्माणमा सघाउ पुर्याउनेतर्फ सरकार क्रियाशील रहेको बताउनुभएको छ ।
सडक ढलानमा तीव्रता
रौतहटको दुर्गाभगवती गाउँपालिका–३, मत्सरीमा सडक ढलान कार्य तीव्रताका साथ भइरहेको छ । मत्सरी गाउँको मुख्य सडकस्थित वडा कार्यालयदेखि बागमती नदी जाने सडकखण्डको गाउँबस्तीसम्म सडक ढलान कार्य प्रारम्भ गरिएको हो ।
खुला सीमाको व्यवस्थापन समयअनुसार हुनुपर्छ : मन्त्री सिंह
मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री चन्दन सिंहले नेपाल–भारतवीचको खुला सीमाको व्यवस्थापन समयअनुसार हुनुपर्ने बताउनुभएको छ ।