भोजपुर मझौलेको सिद्धेश्वर शिवपञ्चायन मन्दिर ओझेलमा
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ मझौलेमा रहेको सिद्धेश्वर शिव पञ्चायत मन्दिर ओझेलमा परेको छ । धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको यो देवस्थल प्रचार–प्रसारको कमीले ओझेलमा परेको हो ।
घट्यो खाने तामाको बजार
नेपालीको स्वाद र संस्कृतिसँग जुटेको तामाको बजार यस पटक सुनसान छ । असार दोस्रो सातादेखि बर्दिबासका बुधबारे र शनिबारे हाटमा तामाका मुना र चाना बेच्ने दुई दर्जनभन्दा बढी पसलका लाम लागेका हुन्थे । शुभकार्यदेखि पितृकार्यसम्म नेपाली संस्कृतिको प्रतीक बनेको तामा किन्नेको भिडभाड पनि थेगिनसक्नु हुन्थ्यो । बजारको दिन सात क्विन्टलसम्म कारोबार हुने गरेको तामा व्यवसायीको भनाइ छ ।
खेतबाटै दमकल चोरी
धान रोपाइँ गर्न खेतमा जडान गरिएको आधा दर्जन भन्दा बढी विद्युतीय मोटर र दमकल चोरी भएको छ । महागढीमाई नगरपालिका वडा नं. ३ र १० बाट मोटर र दमकल चोरी भएको पीडित किसानले बताएका छन् ।
‘सरकारी अस्पताल रेफरल सेन्टरमा परिणत हुनु चिन्ताको विषय’
सप्तरीमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले मधेस प्रदेशका सरकारी अस्पताल रेफरल सेन्टरका रूपमा परिणत हुँदै जानु चिन्ताको विषय भएको बताउनुभएको छ ।
घुस लिएको आरोपमा इन्जिनियरसहित दुईजना पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषामा पर्खाल लगाए बापत रकम भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस लिने दुई जनालाई नियन्त्रणमा लिएको छ ।
बाढी प्रभावित क्षेत्रको निरीक्षण
मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादव एवं गृह, सञ्चार एवं कानुनमन्त्री मोहम्मद समिमले शनिबार रौतहटको बाढीग्रस्त क्षेत्रको अनुगमन तथा निरीक्षण गर्नुभएको छ । चार दिनअघि रौतहटको बागमती, लालबकैया तथा झाँझ नदीमा आएको बाढीले प्रभावित क्षेत्रको स्थलगत अनुगमन तथा निरीक्षण गर्दै मन्त्रीद्वयलाई बाढीबाट भएको जनधनको
मानव अधिकारमा संवेदनशील हुन आग्रह
मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले मानव अधिकारको विषयमा सबै संवेदनशील हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोग, मधेश प्रदेश कार्यालयले शुक्रबार जनकपुरधाममा आयोजना गरेको आयोगको राष्ट्रिय कार्ययोजना परामर्श गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
भारतीय नागरिकको सर्लाहीमा हत्या, टाउको खोलामा शरीर जङ्गलमा भेटियो
हत्य गरी फालिएको अवस्थामा भेटिएको युवाको पहिचान भएको छ । खोलामा टाउको र जङ्गलमा शरीर शनिवार भेटिएपछि उहाँको पहिचान भएको हो ।
‘कृषिमा दीर्घकालीन योजना छैन’
सङ्घीय कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालले कृषि प्रधान देश नेपालमा दीर्घकालीन कृषि योजना नरहेको बताउनुभएको छ । मधेश प्रदेशको विभिन्न जिल्लामा भइरहेको कार्यक्र
स्रोत नखुलेको रकमसहित एक पक्राउ
सिरहाबाट स्रोत नखुलेको करिब रु नौ लाख रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । शुक्रबार अपराह्न सिरहा नगरपालिका–१७ का ४८ वर्षीय सञ्जीवकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
गौर हत्याकाण्ड सम्झौताप्रति जसपाको आपत्ति
जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकार र गौर हत्याकाण्डका पीडित पक्षबीच गरिएको सम्झौताप्रति आपत्ति जनाएको छ ।
छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
महोत्तरीको बर्दिबास नगरपालिकाको छुट्टाछुट्टै स्थानमा गए राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिपले ठक्कर दिँदा दुई पैदलयात्रुको मृत्यु भएको हो ।
जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित
धनौजी गाउँपालिका वडा नं. २, खत्वे टोलकी लक्ष्मीनियाँ महराका सन्तानमध्ये जेठी छोरी १५ र माइली छोरी १३ वर्षको उमेर हुँदासम्म पनि विद्यालय जान पाइरहेका छैनन् । गत सालदेखि विद्यालय जान थालेका ती दुई बालिकालाई यस वर्षदेखि विद्यालयमा प्रवेशसमेत गर्न दिइएन । उनीहरूसँग जन्मदर्ता नहुँदा पढ्नबाट वञ्चित गराइएको हो ।
भाडा नपाएपछि आयोजनामा तालाबन्दी
मिथिला नगरपालिका–८, ढल्केबरमा रहेको मिथिला सौर्य विद्युत् आयोजनामा तालाबन्दी गरिएको छ । आयोजनालाई जग्गा भाडा दिएका जग्गाधनीहरूले भुक्तानी माग गर्दै तालाबन्दी गरेका हुन् ।
कोचिएर सुत्छन् कैदीबन्दी
जिल्ला कारागार रौतहटमा क्षमताभन्दा दोब्बर कैदीबन्दी रहेका कारण दिनचर्या कठिन बनेको छ । जसले गर्दा भवन थप्न वा बढाउनु जरुरी छ । करिब दुई सय जनाको क्षमता रहे
छोराको हत्या गर्ने बाबु बीस वर्षपछि पक्राउ
आफ्नै छोराको हत्या आरोपमा एक जना वृद्धलाई २० वर्षपछि धनुषा प्रहरीले पक्राउ गरेको छ । हत्या आरोमा जिल्लाको मिथिला नगरपालिका–३, हरिहरपुरका ७० वर्षीय वृद्ध महेश महतोलाई इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरीले विहीबार पक्राउ गरेको हो ।
खोलामा बेपत्ता भएको तीन दिनपछि शव भेटियो
मडाहा खोलाको बाढीमा बेपत्ता भएका सोनमा गाउँपालिका–१ का ३८ वर्षीय जावीर अंसारीको शव फेला परेको छ ।
वीरगञ्जमा खानेपानीको समस्या
वीरगञ्जमा पछिल्लो चार महिनामा एक हजार चार सय परिवारलाई खानेपानीको धारा वितरण गरिएको छ । खानेपानीको समस्या भइरहेका बेला एक हजार चार सय परिवारले खानेपानीको धारा जडान गराएका यहाँस्थित खानेपानी संस्थानले जनाएको छ ।
सौर्य विद्युत् आयोजनामा ताला
धनुषाको मिथिला नगरपालिका –८, ढल्केबरमा रहेको मिथिला सौर्य विद्युत् आयोजनामा तालाबन्दी गरिएको छ । आयोजनालाई जग्गा भाडा दिएका जग्गाधनीले भुक्तानीे माग गर्दै तालाबन्दी गरेका हुन् ।
स्थानीयवासी त्रसित, सुरक्षाकर्मी सक्रिय
वर्षाजन्य प्रभावित क्षेत्रमा क्षति न्यूनीकरणका लागि सुरक्षाकर्मी सव्रिmय भएको छ । बाढीमा फसेका व्यक्तिलाई उद्धार गर्न, सुरक्षित स्थानमा व्यवस्थापन गर्न, तटबन्ध कटान रोक्नलगायतका कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका टोली सव्रिmय भएका छन् ।
मधेसमा बाढी तथा डुबान पीडितलाई दश लाख
मधेस प्रदेश सरकारले बाढी तथा डुबान पीडितलाई राहत तथा उद्धारका लागि आठै जिल्लामा रु दश/दश लाख पठाउने भएको छ ।
‘विकृति हटाउने एउटै मूल मन्त्र शिक्षा’
मधेश प्रदेशका शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादवले मधेश प्रदेशलाई पूर्ण रूपमा साक्षर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
श्रीमतीको शव फेला, श्रीमान् बेपत्ता
धनुषाको कमला नदीमा आएको बाढीले बगाउँदा बेपत्ता दम्पतीमध्ये श्रीमतीको शव भेटिएको छ । जिल्लाको गणेशमान चारनाथ नगरपालिका–९, बरमझियास्थित कमला नदीमा बुधबार १ बजे शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।
बाढीले कमला तटबन्ध कटान गर्दै, रोकथामको प्रयास हुँदै
धनुषाको कमला नदीमा आएको बाढीले तटबन्ध कटान गर्न थालेपछि त्यसलाई रोकथाम गर्न सुरक्षा निकाय सक्रिय भएका छन् ।