नेपालको साख जोगाउन कांग्रेस अग्रसर हुनुपर्छ : नेता कोइराला
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अन्तर्राष्ट्रिय जगतमा खस्किँदै गएको नेपालको साख जोगाउन नेपाली काँग्रेस अग्रसर हुनुपर्ने धारणा राख्नुभएको छ ।
ट्रकको ठक्करबाट महिलाको मृत्यु, स्थानीयले गरे ट्रकमा आगजनी
ट्रकको ठक्करबाट पूर्व–पश्चिम राजमार्गको चन्द्रपुर नगरपालिका–१ खण्डमा बिहीबार अपराह्न एक महिलाको मृत्यु हुँदा स्थानीयले ट्रकमा आगजनी गरेका छन् ।
बालश्रम अन्त्यको मूलमन्त्र शिक्षा : मन्त्री यादव
मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्री महेश यादवले शिक्षा नै बालश्रम अन्त्यको मूलमन्त्र भएको भन्दै शिक्षालाई व्यवस्थित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
कानुन बन्यो, कार्यान्वयन भएन
मधेश प्रदेश सरकारले दिगो विकासका लक्ष्यलाई ध्यानमा राखेर नीति तथा कार्यव्रmम र बजेट निर्माण गर्नु पर्नेमा वक्ताले जोड दिनुभएको छ । प्रदेश शिक्षा तथा समाज
बारा बस दुर्घटना अपडेट : थप एकजनाको मृत्यु
बारामा तीर्थयात्री बोकेको बस दुर्घटनामा घाइते भएका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ ।
सुशासनको माग गर्दै प्रदर्शन
सुशासन र पारदर्शिताको माग राख्दै स्थानीय बासिन्दाले गौशाला नगरपालिकामा बुधबार अपराह्न प्रदर्शन गरेका छन् । नगर कार्यालय परिसरमा भेला भएका स्थानीयवासीले नगरपालिकाको आर्थिक कारोबार शङ्कास्पद रहेको, गुटबन्दी र पक्षपातले विकास प्रभावित भएको तथा पारदर्शिता नहँुदा नगरपालिकामा भ्रष्टाचार मौलाएको जस्ता अनेकन विकृति बढ्दै गएकाले बाध्य भएर प्रदर्शनमा उत्रनु परेको बताएका छन् ।
शौचालय बनेपछि फेरिएको दिनचर्या
आशादेवी पासमानलाई अचेल सबेरै घाम झुल्किनुभन्दा अगाडि आँखा मिच्दै साथीहरुलाई जम्मा गरी हुल बाधेर खुट्टी खोलाको किनारमा शौच गर्नुपर्ने विवशता हटेको छ । घर नजिकै सामुदायिक शौचालय बनेसँगै सिरहाको लहान नगरपालिका–५ बलुवा टोलकी आशादेवीजस्तै यहाँका नागरिकको दैनिकीमा परिवर्तन आएको छ ।
तीर्थयात्री चढेको बस दुर्घटना, छ जनाको मृत्यु
बाराको चुरियामाई अगाडि भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत हुन सकेको छैन ।
बजेट निर्माण गर्दा दिगो विकास लक्ष्यलाई ध्यान दिन आग्रह
मधेश प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा दिगो विकासका लक्ष्यलाई ध्यानमा राखी निर्माण गर्न वक्ताले आग्रह गर्नुभएको छ ।
घुस लिएको आरोपमा नापीका अमिन पक्राउ
नापी कार्यालय, लहान सिरहामा कार्यरत अमिन दीपरन्जन यादवले जग्गाधनी पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ गरिएको छ ।
अझै अघि बढेन मेडिकल कलेज निर्माण प्रक्रिया
लामो समयदेखि अल्झेको बर्दिवास मेडिकल कलेजको पूर्वाधार निर्माणको प्रक्रिया अघि नबढ्दा यहाँ निराशा बढेको छ । कलेज निर्माण रोक्न परेको रिट सर्वोच्च अदालतले गत जेठ अन्तिम साता नै खारेज गरे पनि पूर्वाधार निर्माणको काममा प्रक्रिया अघि नबढेपछि महोत्तरीसहित मधेसका जिल्लाहरुमा निराशा बढेको हो ।
महोत्तरीको सदरमुकाम जलेश्वर बन्द, अवस्था तनावग्रस्त
उद्योग वाणिज्य सङ्घ जलेश्वरले बुधबार जलेश्वर बजार बन्द गराएको छ । बजार बन्द भएपछि अवस्था तनाव ग्रस्त बनेको छ ।
यातायात ठप्प हुँदा सास्ती
बाढी आएर खोलाको बाटो बिगारेपछि यातायात सञ्चालन हुन छाड्दा सर्लाहीको उत्तरी चुरेभेगका बासिन्दाको दैनिकी कष्टकर बनेको छ ।
बालविवाहले प्रजनन् स्वास्थ्यमा प्रतिकुल असर
मधेश प्रदेशमा बालविवाहका कारण बालबालिकाको मानसिक एवम् प्रजनन् स्वास्थ्यमा प्रतिकुल असर पर्नेगरेका कारण बालविवाह उन्मुलनका लागि तीनै तहका सरकारले योजनाबद्ध रूपमा कामकाज गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
संसद् अवरोध जनतामाथिको अन्याय : कांग्रेस नेता महर
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेकपा (एमाले)ले संसद् अवरोध गरेर जनतामाथि अन्याय गरेको बताउनुभएको छ ।
दुर्घटनामा बाबु छोरीसमेत तीन जनाको मृत्यु
महोत्तरीको बर्दिबास नगरपालिका २ हङकङ डाँडास्थित बर्दिबास औरही सडक खण्डमा सवारी दुर्घटना हुँदा बाबु छोरीको मृत्यु भएको छ ।
धनुषामा ‘लम्पी स्किन’ रोगविरुद्ध धमाधम पशुलाई खोप
मधेस प्रदेशमा लम्पी स्किन रोगको सङ्क्रमण नियन्त्रण गर्न प्रदेश सरकार र स्थानीय तहले उच्च प्राथमिकता दिन थालेका छन् । यसका लागि धमाधम पशुलाई सो रोगविरुद्ध खोप सहित सचेतनाका कार्यक्रम सञ्चालन गरिएका छन् ।
समाजवादी चिन्तक गिरीको सम्झना
नेपाली कांग्रेसका नेता तथा विचारक प्रदीप गिरीको वार्षिक स्मृति दिवस मनाइएको छ । स्वर्गीय गिरीको गृहनगर लहानमा सोमबार रक्तदान कार्यव्रmम आयोजना गरिएको छ । नेता गिरीको २०७९ भदौ ४ गते निधन भएको थियो ।
सर्लाहीमा राष्ट्रिय परिचय पत्र वितरण सुरु
सर्लाहीमा राष्ट्रिय परिचय पत्र वितरण गर्न सुरु गरिएको छ । राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागबाट पहिलो चरणमा २८ हजार राष्ट्रिय परिचय पत्र छपाई भई आएको र ती परिचय पत्र सोमबारबाट वितरण गर्न सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
विद्युत महसुल नबुझाउने ग्राहक कालो सूचीमा
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कलैयाले एक हजार ९७ जना सेवाग्राहीलाई कालो सूचीमा राखेको छ । जसमध्ये १४ जनाले भुक्तानी गरी पुनः विद्युत जडान गराएका छन् ।
जानकी आँखा अस्पताल : पैसाका अभावमा उपचारबिना फर्किनुपर्दैन
यसरी धेरैले सम्झिनलायक आँखा अस्पताल बनाउनमा वरिष्ठ समाजसेवी नरेशप्रसाद सिंहको योगदान अथक रहेको छ । उहाँ विगत ४१ वर्षदेखि अस्पताल भौतिक पूर्वाधारलगायत अन्य क्षेत्रको श्रीवृद्धिमा अनवरत मिहिनतका साथ लागिरहनुभएको छ ।
रेफर केन्द्र बन्दै प्रादेशिक अस्पताल
लहानस्थित प्रादेशिक अस्पताल अहिलेसम्म बिरामी रेफर केन्द्रकै रूपमा रहेको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । दुई वर्षअघि रामकुमार उमाप्रसाद अस्पतालबाट प्रादेशिक अस्पताल लहानमा परिणत भएपछि दाता मुरारका र शारडा परिवार रुष्ट भएका हुन् ।
मिथिलाञ्चलमा झुलनोत्सव सुरु
मैथिलीको एक अभिन्न संस्कृतिका रूपमा रहेको झुला पर्व सुरु भएको छ । राधाकृष्ण, सीतारामको मन्दिरमा पूजापाठ गरी भगवान्का प्रतिमा डोलामा (पिङ झुला) मा राखेर झुलाउने पर्वलाई झुला पर्वका रूपमा चिनिने गरिएको छ । मिथिलाको विभिन्न मठमन्दिरमा हरेक वर्ष मनाइने यो झुला पर्व महोत्तरी जिल्लाको प्रसिद्ध मटिहानीस्थित लक्ष्मीनारायण मठबाट सुरु भएको छ ।
महोत्तरीमा झुला पर्व सुरु
मैथिली संस्कृतिको एक अभिन्न संस्कृतिको रूपमा रहेको झुला पर्व सुरु भएको छ । राधा, कृष्ण, सीता रामको मन्दिरमा पूजापाठ गरी भगवानका प्रतिमा डोलामा (पिङ झुला) मा राखेर झुलाउने पर्वलाई भुला पर्व भनिन्छ ।