कल्याणदह नदीको बाँध भत्किँदा किसानलाई समस्या
लहान नगरपालिकाको वडा नम्बर-२२ बेली जटयाही पूर्वबाट बग्ने कल्याणदह नदीको बाँध भत्किएपछि किसानहरू ठुलो समस्यामा परेका छन् ।
पूर्व अध्यक्षसहित दश जनाविरुद्ध मुद्दा
सोनमा गाउँपालिकामा भएको घट्नाका आरोपमा महोत्तरी प्रहरीले पुर्वअध्यक्ष सहित दश जना विरुद्ध मुद्दा दर्ता गरेको छ ।
मुसहर समुदायका पीडा,नागरिकता बनाउन तिस हजार !
सिरहाका विभिन्न पालिकामा रहेका मुसहर समुदाय अझै पनि नागरिकता र जन्मदर्ताको समस्या हुँदा विभिन्न सेवा र सुविधाबाट वञ्चित भइरहेका छन् । धनगढीमाई नगरपालिका–
समृद्धिका लागि उद्योग व्यवसायको विस्तार जरुरी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योग व्यवसायले गति नलिएसम्म आर्थिक रूपान्तरण हुन नसक्ने र मुलुक समृद्धिको बाटोमा लम्कीन नसक्ने बताउनुभएको छ । उहाँले परिस्थितिवश मुलुकले राजनीतिक रूपमा धेरै उतारचढाव हेरिसकेकाले अबका दिन आर्थिक विकास र निर्माणका रूपमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो । मन्त्री रिजालले आइतबार वीरगन्जमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजनामा वाणिज्य नीति मस्यौदाका सम्बन्धमा मधेश प्रदेशस्तरीय छलफल कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो, “सरकारले उद्योग व्यापार गर्ने होइन, सहजीकरणसम्म गरिदिने हो, उद्योग व्यापार निजी क्षेत्रले नै गर्ने हो, सहजीकरण गर्न सरकार तयार छ ।” उहाँले सरकारका तर्फबाट हुने सक्ने सबै प्रकारको सहयोग र सहकार्य गर्न सरकार तयार रहेकाले दुबिधामा नपर्न सबैसँग आग्रह गर्नुभयो । उहाँले उद्योगी व्यापारीमाथि शङ्का उपशङ्का एवं नकारात्मक दृष्टिकोणले हेर्न नहुने बताउँदै व्यवसायीले व्यापार गरेर सहज रूपमा पैसा कमाउने र मेहनत गरेर राष्ट्रलाई सहयोग गर्नुपर्ने सुझाव दिनुभयो ।
कर्फ्यु हटाएर निषेधाज्ञा जारी, प्रदर्शन रोकिएन
सर्लाहीको सदरमुकाम मलङ्गवामा कर्फ्यु हटाएर आइतबार बिहानबाट निषेधाज्ञा जारी गरिएको छ । शनिबार बेलुका ५ बजेदेखि जारी गरिएको कर्फ्यु हटाएर आइतबार बिहान ८ बजेदेखि भदौ २७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।
माटोका भाँडा बनाउन कुमालेलाई भ्याइनभ्याइ
माटोका भाँडामा खिर, दही, फलफूलसहितका प्रसाद सामग्री राखी चन्द्रमालाई अर्घ दिएर मनाइने ‘चौठचन्द्र’ पर्वका लागि व्रत बस्नेलाई माटाको भाँडो पु¥याउन कुम्भकारलाई भ्याइनभ्याइ छ । तराई–मधेसमा भदौ चतुर्थी तिथिका दिन चौठचन्द्र पर्व मनाउने गरिन्छ ।
मलङ्गवामा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
सर्लाही सदरमुकाम मलङ्गवामा शनिबारदेखि लगाइएको कर्फ्यु आज आइतबार बिहान ८ बजेदेखि हटाइएको छ । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कर्फ्यु हटाइए पनि निषेधाज्ञा भने जारी रहने जानकारी दिनुभयो ।
कुमालेलाई भ्याइनभ्याइ
चौठीचाँद अर्थात् चौरचन पर्वलाई लक्षित गर्दै माटोका भाँडा बनाउने कार्यमा इनरुवाका कुम्भकारलाई यतिबेला भ्याइनभ्याइ छ । माटोका भाँडामा खिर, दही, फलफूलसहितका प्रसाद सामग्री राखेर चन्द्रमालाई अर्घ दिएर तराई मधेशमा भदौ चतुर्थी तिथिका दिन मनाइने ‘चौठचन्द्र’ चौरचन पर्वका लागि व्रत बस्नेलाई माटोको भाँडा पु¥याउन कुम्भकारलाई भ्याइनभ्याइ छ ।
क्षयरोगले आक्रान्त मुसहर बस्ती
एक दशकअघि धुर्मुस सुन्तली फाउन्डेसनले भवन निर्माण गरेपछि देशव्यापी चर्चा पाएको बर्दिबास–१४ स्थित नमुना मुसहर बस्ती केही समययता क्षयरोगले आक्रान्त बनेको छ । बस्तीमा मुसहर समुदायका ५२ परिवारको बसोबास छ । तीमध्ये अधिकांशमा क्षयरोगको सङ्क्रमण देखिएको छ । क्षयरोगबाट ५२ वर्षीय फूलकुमारी सदा र ४२ वर्षीय वासुदेव सदाको मृत्यु भइसकेको बर्दिबास नगरपालिकाका, नगर स्वास्थ्य शाखाले जनाएको छ ।
सर्लाही सदरमुकाम मलङ्गवामा कर्फ्यु
सर्लाही सदरमुकाम मलङ्गवामा शनिबार साँझ ५ बजेबाट कर्फ्यु आदेश जारी गरिएको छ । कृष्ण जन्माष्टमीको मूर्ति विसर्जन गर्नेक्रममा भएको विवाद बढ्दै गएपछि स्थानीय प्रशासनले मलङ्गवा बजारक्षेत्रमा आइतबार बिहान ८ बजेसम्मका लागि कफ्र्यू आदेश जारी गरेको हो ।
चैतसम्म पेट्रोल र मट्टितेल ल्याउने तयारी
मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम तीव्र गतिमा अगाडि बढेको छ ।
‘जीवनरक्षामा औषधी व्यवसायीको योगदान’
उपराष्ट्रपति रामसहायप्रसाद यादवले जीवनरक्षामा औषधी व्यवसायीहरूको भूमिका र योगदान सराहनीय रहेको बताउनुभएको छ । उहाँले कोभिड महामारीको समयमा पनि आफ्नो स्वास्थ्य र जीवनको परवाह नगरी राष्ट्र, समाज र सर्वसाधारणको जीवनरक्षाका लागि अहोरात्र खटेर औषधी व्यवसायीले राष्ट्र र समाजका लागि अनुकरणीय काम गरेको बताउनुभयो ।
प्रदिप गिरिको अभाव आउने पुस्तालाई खड्किने छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजावादी चिन्तक प्रदिप गिरिको आवश्यक्ता आउने पुस्तालाई पनि खड्किरहने बताउनुभएको छ ।
सीमा नाकामा आवतजावत सहज बनाउन माग
जनता समाजवादी पार्टी नेपाल सप्तरीले शुक्रबार सीमा नाकामा आवतजावत सरल र सहज बनाउन माग गरेको छ ।
जलेश्वरलाई मुख्य भन्सार नाकामा स्तरोन्नति गरिन्छ : अर्थमन्त्री
अर्थमन्त्री डा. प्रकाशशरण महतले तेस्रो मुलुकसँग व्यापारिक सम्बन्ध विस्तार गर्न महोत्तरीको जलेश्वरलाई मुख्य भन्सार नाकामा स्तरोन्नति गर्न आफू सकारात्मक रहेको बताउनुभएको छ ।
समृद्ध र सुन्दर मटिहानी बनाउँछौँ
महोत्तरी जिल्लाको १५ स्थानीय तहमध्ये मटिहानी नगरपालिकाले धार्मिक नगरीका रूपमा पहिचान बनाएको छ । साबिकको मटिहानी, धिरापुर, मझौरा विष्णुपुर र सिमरदही गाउँ विकास समिति मिलेर बनेको यस नगरपालिकामा नौ वटा वडा छन् । कुल ३६ हजार १३६ जनसङ्ख्या रहेको यसको क्षेत्रफल २९.०२ वर्गकिलोमिटर छ । पूर्वमा धनुषाको तुल्सीयाही, पश्चिममा जलेश्वर नगरपालिका, उत्तरमा पिपरा गाउँपालिका
बालविवाहमुक्त क्षेत्र घोषणासम्बन्धी कार्यविधि तयार
मधेस प्रदेशलाई सन् २०३० सम्ममा बालविवाहमुक्त प्रदेश बनाउने लक्ष्यसहित अगाडि बढेको मधेस प्रदेश सरकारले ल्याउन लागेको बालविवाहमुक्त क्षेत्र घोषणासम्बन्धी कार्यविधि, २०८० को मस्यौदामाथि छलफल भएको छ ।
उखुको अनुदान रकम अझै आएन
अर्थ मन्त्रालयले अनुदान रकम अझै जिल्लामा नपठाउँदा सर्लाहीका उखु किसान निराश बनेका छन् । किसानले गएको वर्ष नै चिनी उद्योगलाई बिक्री गरेको उखुको अनुदान रकम अझै पाउन सकेका छैनन् ।
आत्महत्याका घटना बढ्नु चिन्ताको विषय हो : मन्त्री सिंह
मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्रबहादुर सिंहले आत्महत्याका घटनाहरू दिनानुदिन बढ्नु चिन्ताको विषय भएको बताउनुभएको छ ।
फोहोर व्यवस्थापन नहुँदा समस्या
सात वर्षसम्मको निरन्तर प्रयासले १० कठ्ठा २ धुरमा सञ्चालन गरेको ल्याण्डफिल्ड साइट स्थापन भयो ।
उखु किसानले पाएनन् अनुदान
सरकारबाट पाउनुपर्ने अनुदान वापतको रकम नपाएपछि रौतहटका उखु बिक्रोता किसान चिन्तित छन् । आर्थिक वर्ष २०७९/८० मा प्रतिक्विन्टल ७० रुपियाँ अनुदान दिने भनिएको रकम हालसम्म पनि नपाएपछि उखु बिक्रोता किसान चिन्तित बनेका हुन् ।
सीमामा फहराइयो राष्ट्रिय झन्डा
सर्लाही सदरमुकाम मलङ्गवामा १०८ फिट अग्लो राष्ट्रिय झन्डा फहराइएको छ । मधेश प्रदेश सरकारको सहयोगमा मलङ्गवा–सोनवर्षा नाकानजिक जिल्लामै पहिलो पटक १०८ फिट उचाइ भएको राष्ट्रिय झन्डा फहराइएको हो । प्रदेश सरकारका अर्थमन्त्री सञ्जयकुमार यादवको हातबाट मङ्गलबार झन्डोत्तोलन गरी उद्घाटन गरिएको मलङ्गवा नगरपालिकाले जनाएको छ ।
मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाइयो
महोत्तरी जिल्लाको विभिन्न ठाउँहरूमा १७ औँ मानव बेचबिखन तथा ओसारपसार विरुद्ध राष्ट्रिय दिवस मनाइएको छ ।
जनकपुरमा व्यापारः सयभन्दा बढी पसल बन्द, लिलाम सकार्नेहरु पनि भेटिँदैनन्
जनकपुरका पवन ठाकुरले विगत ४० वर्षदेखि सुनचाँदीको व्यापार गर्दै आउनुभएको छ । कुनै बेला उहाँको न्यू महालक्ष्मी ज्वेलर्समा ग्राहक भीड थामी नसक्नु हुन्थ्यो । दैनिक रु १०/१२ लाखसम्मको व्यापार गर्न कुनै पर्व वा विवाहोत्सव पर्खिनु पर्दैनथ्यो ।