दुई सय त्रियानब्बे परिवारलाई लालपुर्जा
भारतीय सीमासँग जोडिएको सर्लाहीस्थित नारायणपुर गाउँमा सोमबार २९३ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ । पर्सा गाउँपालिका–३ मा पर्ने साबिकको नारायणपुर गाउँ विकास समिति (गाविस) मा २९३ थान लालपुर्जा वितरण गरिएको हो । वर्षौंदेखि गाउँब्लक जग्गामा बसोबास गर्दै आएका स्थानीयलाई लालपुर्जा वितरण गरिएको नापी कार्यालय मलङ्गवाले जनाएको छ ।
दुई ठुला चिनी उद्योगले उखु क्रसिङ रोके
उखुको मूल्य तय नहुन्जेल चिनी उद्योग सञ्चालन नगरिदिन किसानले आग्रह गरेपछि देशकै ठुला दुई चिनी उद्योगले उखु क्रसिङ रोकेका छन् । सर्लाहीको इन्दुशङ्कर चिनी उद्योग हरिवन र महोत्तरीको एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिज रामनगरले तत्कालका लागि उखु क्रसिङ कार्य स्थगित गरेका हुन् । दुवै चिनी उद्योगले सोमबारबाट उखु क्रसिङ (पेल्ने) काम सुरु गर्ने तयारी गरेका थिए । नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले उखुको मूल्य निर्धारण नभएसम्म मिल सञ्चालन नगरिदिन आग्रह गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सर्लाही, महोत्तरी र रौतहटका अगुवा उखु किसानको हरिवनमा आइतबार बैठक नै बसेर मूल्य तय नभएसम्म चिनी उद्योग सञ्चालन हुन नदिने निर्णय गरिएको छ ।
२० वर्षीया मिन्कुदेवीले जन्माइन् तिम्ल्याहा शिशु
बाराको कलैया उपमहानगरपालिका–१६ मझौलियाकी २० वर्षीया मिन्कुदेवी रामले तीन सन्तानलाई जन्म दिनुभएको छ । वीरगञ्जको विर्तास्थित श्रीराम अस्पतालमा उहाँले शल्यक्रियामार्फत गत आइतबार दुई छोरा र एक छोरीलाई जन्म दिनुभएको हो ।
सङ्घीयता कार्यान्वयनतर्फ हामी सबै लाग्नुपर्छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमतिका साथ सङ्घीयताको सफल कार्यान्वयन गराउनतर्फ हामी सबै लाग्नुपर्ने बताउनुभएको छ ।
कांग्रेस सभापति देउवाद्वारा सिंहको सालिक अनावरण
नेपाली कांग्रेसका केन्द्रीय सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले स्वर्गीय राजकिशोर सिंह राजपूतको सालिक अनावरण गर्नु भएको छ ।
अन्नबाट कीर्तिमानी प्रतिमा बनाइँदै
जनकपुरधाममा सीताराम विवाहपञ्चमीका अवसरमा एक सय दुई क्विन्टल अनाज प्रयोग गरी ११ हजार स्क्वायर फिटको सीतारामको प्रतिमा निर्माण थालिएको छ । एक सय दुई क्विन्टल अन्न प्रयोग गरी जनकपुरधामस्थित रङ्गभूमि मैदान (बाह्र बिघा) मा ११ हजार स्क्वायर फिटको सीतारामको प्रतिमालाई आकार दिन आइतबार साँझदेखि चकले ब्लक बनाउने कार्य सुरु भएको हो । प्रत्येक वर्ष जनकपुरधाममा हुने विवाहपञ्चमीको
गोलभेँडाले उचित मूल्य नपाउँदा किसान चिन्तित
उत्पादनयामको सुरुवातमै गोलभेँडाले उचित मूल्य नपाउँदा सर्लाहीका किसान चिन्तित बनेका छन् । भर्खरै फल्न सुरु भएको गोलभेँडाको भाउ ह्वात्तै घटेपछि गोलभेँडा खेती गर्ने किसान निराश बनेका हुन् । यहाँका किसानले अहिले गोलभेँडा प्रतिकेजी १० रुपियाँदेखि १२ रुपियाँमा बिक्री गरिरहेका छन् ।
नगर प्रमुखको फर्जी हस्ताक्षरमा मल सिफारिस
सप्तरीको खडक नगरपालिकाको एक सहकारीले नगर प्रमुखको फर्जी हस्ताक्षर गरी सिफारिस बनाएर मल सप्लाइ गरेको छ । खडक नगरपालिका –११ बनौलीको सहकारी संस्था लिमिटेडले नगरपालिकाको नगर प्रमुख जयप्रकाश चौधरीको हस्ताक्षर किर्तेगरी कृषि सामग्री कम्पनी राजविराजबाट एकसय ३० बोरा डिएपी र १२ बाेरा युरिया मल लगेको पाइएको छ ।
सञ्चार क्षेत्रको विकासमा गम्भीर हुनुपर्छ : सभामुख मण्डल
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले मधेश प्रदेशका सञ्चार क्षेत्रको विकासमा तीनै तहका सरकारको भूमिका महत्त्वपूर्ण भएको बताउनुभएको छ ।
मनोमालिन्यले नगर सभा हुन सकेन
कार्यवाहक प्रमुख र जनप्रतिनिधिबिचको मनोमालिन्यका कारण रौतहटको फतुवाविजयपुर नगरपालिकामा हालसम्म पनि नगर सभा हुन सकेको छैन । नगर सभा गर्न मिति तय गर्ने उद्देश्यले पछि
पूर्व–पश्चिम राजमार्ग : तीन वर्षमा एघार किमी विस्तार
राष्ट्रिय गौरवको योजना अन्तर्गत पूर्व–पश्चिम राजमार्गको स्तरोन्नति काम सम्पन्न नहुँदा प्रथम पटक एक वर्ष म्याद थप गरिएको छ । कोरोनाको मारमा परेको र सडकमा विद्युत् पोल र अतिक्रमण हटाउन ढिलाइ भएका कारण समयमा काम सम्पन्न नहुँदा म्याद थप गरिएको जनाएको छ ।
लत्रिएको तारले खेत जोतिरहेका किसानको ज्यान लियो
खेत जोत्ने क्रममा करेन्ट लागेर रौतहटका एक किसानको मृत्यु भएको छ । किसानले जोतिरहेको एउटा गोरु समेत घटनास्थलमै मरेको छ । जिल्लाको माधवनारायण नगरपालिका–७ लौकाहामा रहेको खेत जोत्दै गर्दा भुईँमा लत्रिएको ११ केभी को तारमा परेर सोही वडाका ५५ वर्षीय बैजु पण्डित र उहाँको एउटा गोरु मरेको हो । एक हल गोरुमा एउटा गोरु मरेको हो । अर्को गोरु भने सामान्य छ ।
करेन्ट लागेर एकको मृत्यु
नेपाल विद्युत प्राधिकरणको तार चुँडेर करेन्ट लागेर शनिवार दिउँसो माधवनारायण नगरपालिका –७ लौकहामा एक जनाको मृत्यु भएको छ ।
जनकपुरधाममा ११ हजार स्क्वायर फिटको सीतारामको प्रतिमा बनाइने
जनकपुरधाममा सीताराम विवाह पञ्चमीको अवसरमा एक सय दुई क्विन्टल अनाज प्रयोग गरी ११ हजार स्क्वायर फिटको सितारामको प्रतिमा निर्माण गरिने भएको छ ।
पन्ध्र बिघामा गरिएको गाँजाखेती नष्ट
सर्लाही प्रहरीले लालबन्दी नगरपालिका-१४, नारायण खोलास्थित १५ बिघा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला नेतृत्वको सुरक्षाकर्मीको टोलीले गाँजा खेती नष्ट गरेको हो ।
भुक्तानी रोकिँदा दुध बिक्री हुन छाड्यो
दुग्ध विकास संस्थान (डिडिसी) ले तीन महिनाभन्दा बढी सयमदेखि दुधको भुक्तानी नदिँदा सर्लाहीका किसान र डेरी सञ्चालक मारमा परेका छन् । डेरी सञ्चालकले किसानबाट उठाउने गरेको दुध
तराईमा बाक्लो हुस्सुसँगै चिसो बढ्यो
र्लाहीसहित तराई क्षेत्रमा दुई दिनदेखि बाक्लो मात्रामा हुस्सु लागेर चिसो स्याँठ चल्दा जनजीवन प्रभावित बनेको छ । यस क्षेत्रमा शुक्रवारबाट चिसो एक्कासि बढेको हो । यहाँ शनिवार पनि बिहानैबाट बाक्लो मात्रामा हुस्सु लागेर शीत झरिरहेको छ ।
बालश्रम उन्मुलनमा साझा प्रयास आवश्यक
नेपाल सरकारले सन् २०२५ सम्ममा बालश्रम उन्मुलन गर्न लिएको लक्ष्य पूरा गर्न सबैको साझा प्रयास आवश्यक भएको सरोकारवाला पक्षको भनाइ छ ।
सम्मेलनका लागि उपसमिति गठन
नेपाली कांग्रेस मधेश प्रदेशले दुई दिवसीय प्रदेश सम्मेलन गर्न लागेको छ । आगामी पुस ५ र ६ गते गरिने प्रथम प्रदेश सम्मेलनलाई सम्पन्न गराउन विभिन्न समिति उपसमिति गठन गरेको छ ।
डीडीसीले दुधको भुक्तानी नदिँदा कृषक मारमा
दुग्ध विकास संस्थान (डीडीसी) ले तीन महिनाभन्दा बढी सयमदेखि दुधको पैसा नदिँदा सर्लाहीका किसान र डेरी सञ्चालक मारमा परेका छन् ।
यस वर्ष मलखाद आपूर्ति सहज हुने
सप्तरीका किसानलाई गहुँलगायतको हिउँदे वालीको समयमा मलखाद अभाव हुन नदिन सरोकारवालाले चासो दिएपछि यस वर्ष मल अभाव नहुने भएको छ ।
ऋण लिन नागरिकता बन्धकी
साहुसँग ऋण लिन बन्धकीमा के राख्नुपर्छ ? यसको जवाफ हुन्छ, गरगहना, जेबर, जग्गा जमिन वा अन्य चल/अचल सम्पत्ति । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ हटैलका विपन्न हरवाचरवा दलित परिवारलाई साहुकहाँ बन्धकीमा आफ्नो नागरिकता राख्नुपरेको छ ।
स्थानीय तहको साथले उत्साहित मटिहानीका किसान
खेती लगाउने बेला बीउ पाएपछि मटिहानी नगरपालिकाका गहुँ खेती गर्ने किसानलाई राहत मिलेको छ । खेती लगाउने बेला नगर कार्यपालिकाको कृषि शाखाले बीउको गहुँ उपलब्ध गराएपछि नगरक्षेत्रका किसानले राहत महसुस गरेका हुन् ।
‘शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकता दिइने छ’
रौतहटको माधवनारायण नगरपालिकको उत्तरमा गढीमाई नगरपालिका, दक्षिणमा दुर्गाभगवती गाउँपालिका, पश्चिममा देवाहीगोनाही तथा पूर्वमा सर्लाही जोडिएको छ । यो नगरपालिका तरकारी बिउबीजन उत्पादनमा अग्रस्थानमा रहेको छ । नगरपालिकाको विद्यमान समस्या, आगामी योजनाका बारेमा नगर प्रमुख वैजनाथप्रसाद यादवसँग गोरखापत्र दैनिकका गौर समाचारदाता सञ्जयकुमार मिश्रले गर्नुभएको कुराकानीको अंश : नगर प्रमुखको पदभार ग्रहण गरेपछि एक वर्षको अवधिलाई तपाईंले कसरी मूल्याङ्कन गर्नुभएको छ ? पदभार ग्रहण गरेको एक वर्ष निकै कठिन र सङ्घर्षपूर्ण रह्यो । जनप्रतिनिधिबिच आपसी तालमेल नहुँदा समयमा नगर परिषद् सम्पन्न हुन सकेन । जनप्रतिनिधिबिच पटक पटक बैठक गरेर समन्वय तथा सहमतिपछि