• १२ साउन २०८१, शनिबार

करेन्ट लागेर जुवामै मर्‍यो गोरु

लत्रिएको तारले खेत जोतिरहेका किसानको ज्यान लियो

blog

घटनास्थल । मृत किसान र करेन्टले मरेको गोरु ।

यादवराज पुरी

रौतहट, मङ्सिर २३ गते । खेत जोत्ने क्रममा करेन्ट लागेर रौतहटका एक किसानको मृत्यु भएको छ । किसानले जोतिरहेको एउटा गोरु समेत घटनास्थलमै मरेको छ । 

जिल्लाको माधवनारायण नगरपालिका–७ लौकाहामा रहेको खेत जोत्दै गर्दा भुईँमा लत्रिएको ११ केभी को तारमा परेर सोही वडाका ५५ वर्षीय बैजु पण्डित र उहाँको एउटा गोरु मरेको हो । एक हल गोरुमा एउटा गोरु मरेको हो । अर्को गोरु भने सामान्य छ । 

नेपाल विद्युत प्राधिकरणको लापरवाहीका कारण तार चुडिएर खेतमा लत्रिएकोले करेन्ट लागेको परिवारजनको भनाइ छ । रौतहटको अधिकांश स्थानमा विद्युतीय तार असरल्ल हुँदा समेत प्राधिकरणले त्यसको व्यवस्थापनमा कुनै चासो नराखेको पालिका प्रमुख  बैजनाथप्रसाद यादव बताउनुहुन्छ । 

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटेका प्रहरी अपरान्ह घटनास्थल पुगेुर मुचुल्का तयार पारी शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा पुर्याएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दामोदर केसीले जानकारी दिनुभयो । घटना बारे थप अनुसन्धानको लागि प्राधिकरणसंग सोधपुछ गरिने उहाँले बताउनुभयो ।