निजी क्षेत्रमैत्री वातावरण बनाउँछौँ : प्रम
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आर्थिक समुन्नतिका दिशामा निजी क्षेत्रमैत्री वातावरण निर्माणमा सघाउ पुर्याउनेतर्फ सरकार क्रियाशील रहेको बताउनुभएको छ ।
सडक ढलानमा तीव्रता
रौतहटको दुर्गाभगवती गाउँपालिका–३, मत्सरीमा सडक ढलान कार्य तीव्रताका साथ भइरहेको छ । मत्सरी गाउँको मुख्य सडकस्थित वडा कार्यालयदेखि बागमती नदी जाने सडकखण्डको गाउँबस्तीसम्म सडक ढलान कार्य प्रारम्भ गरिएको हो ।
खुला सीमाको व्यवस्थापन समयअनुसार हुनुपर्छ : मन्त्री सिंह
मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री चन्दन सिंहले नेपाल–भारतवीचको खुला सीमाको व्यवस्थापन समयअनुसार हुनुपर्ने बताउनुभएको छ ।
सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजनाको डिपीआर ३० महिनाभित्र तयार पार्ने सहमति
नेपाल र भारतबीच आगामी ३० महिनाभित्र सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) तयार पार्ने सहमति भएको छ । सो आयोजनाको भौगर्भिक अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन र पुनर्वास तथा पुनः स्थापन अध्ययन, बाढी नियन्त्रणबाट हुने लाभजस्ता विषयको महत्वपूर्ण बाँकी अध्ययनलाई प्राथमिकीकरण गरी ३० महिनामा विस्तृत आयोजना प्रतिवेदन तयार गर्ने सहमति भएको हो ।
सञ्चारक्षेत्रमा गुट हावी हुनु हुँदैन : मन्त्री यादव
मिडियाको शक्तिले सत्तालाई दिशा निर्देश गर्नेभएकाले सञ्चार क्षेत्रमा कुनै प्रकारको गुट उपगुट हावी हुन नहुने मधेश प्रदेशको भौतिक पूर्वाधारमन्त्री कृष्णकुमार यादवले बताउनुभएको छ । सर्लाहीको लालबन्दीमा शुक्रवार नेपाल प्रेस युनियनको प्रादेशिक भेलालाई सम्बोधन गर्नुहुँदै मन्त्री यादवले यस्तो बताउनुभएको हो ।
सवारी दुर्घटना न्यूनीकरण गर्न सचेत गराउँदै प्रहरी
चाडबाडको समयमा मधेस प्रदेशमा सवारी दुर्घटना अधिक हुने भन्दै सोको न्यूनीकरण गर्न राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराले रौतहटको चन्द्रनिगाहपुरबाट चेतनामूलक कार्यक्रम सुरु गरेको छ ।
दसैँमा पनि आएन उखुको अनुदान
अर्थ मन्त्रालयले प्रमुख चाड दसैँमा समेत उखुको अनुदान रकम अझै जिल्लामा नपठाउँदा सर्लाहीका किसान निराश बनेका छन् । किसानले गएको वर्ष नै चिनी उद्योगलाई बिक्री गरेको उखुको अनुदान रकम अझै पाउन सकेका छैनन् । सरकारले गएको वर्ष क्रसिङ सिजन २०७९/८० मा उखुको मूल्य प्रतिक्विन्टल ६१० रुपियाँ निर्धारण गरेको थियो । त्यसमध्ये चिनी उद्योगले ५४० रुपियाँ भुक्तानी गर्ने र बाँकी ७० रुपियाँ सरकारले अनुदानबापत उपलब्ध गराउने उल्लेख छ ।
रेलवे सङ्ग्रहालय बनाउँछौँ
धनुषा जिल्लाको पूर्वदक्षिण भागमा जनकनन्दिनी गाउँपालिका पर्छ । यस पालिकाले धेरै पुरानो र धार्मिक महत्व बोकेको छ । प्राचीन इतिहास रहेको लक्ष्मीनारायण मन्दिर पनि यसै पालिकामा छ ।
पूर्व मेयर डा.पौडेलको निधन
जीतपुरसिमरा उपमहानगरपालिकाका पूर्व मेयर डा.कृष्ण पौडेलको निधन भएको छ ।
एमालेको मधेश प्रदेशमा नेतृत्वका लागि चार आकाङ्क्षी
नेकपा (एमाले) को प्रथम मधेश प्रदेश अधिवेशन बुधबारदेखि जनकपुरधाममा सुरु भएको छ । उक्त प्रदेशमा सर्लाहीका राजनारायण साह, सिरहाका चन्देश्वर मण्डल, बिचारी यादव तथा धनुषाका राजकिशोर यादवले अध्यक्ष पदमा आकाङ्क्षा देखाउनुभएको छ ।
‘मलेसिया र खाडी मुलुकमा कार्यरत नेपालीमा मिर्गौलाको समस्या धेरै’
धनुषाका दुई स्थानीय तहमा गरिएको एक अध्ययनले मलेसिया र खाडी मुलुकमा कार्यरत नेपालीमा मिर्गौलाको समस्या बढी हुनसक्ने देखाएको छ ।
भ्रष्टाचारी ठहरिएका रौतहटका नगरप्रमुख यादवलाई तीन वर्ष कैद
भ्रष्टाचार अभियोगमा दोषी ठहरिनुभएका रौतहटको फतुवा विजयपुर नगरपालिकाका प्रमुख गोपाल राय यादवलाई तीन वर्ष कैद र १५ लाख रुपियाँ जरिवाना तोकिएको छ ।
सात वर्षमा बनेको पुल १० महिनामै भत्किन थाल्यो
२०७२ साल जेष्ठ २५ गते ठेक्का सम्झौता भइ साढे ७ वर्षमा निर्माण भएको पर्साको विन्दवासिनीमा रहेको तिलाबे पुल १० महिना नपुग्दै भत्किन थालेको छ ।
जनताप्रति जवाफदेही हुन सरकारलाई अध्यक्ष ओलीको आग्रह
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनको वर्तमान सरकारलाई जनताप्रति जवाफदेही बन्न आग्रह गर्नुभएको छ ।
गौरीडाँडामा फुटबल प्रतियोगिताको तयारी
बर्दिबासको वडा ३ गौरीडाँडामा दोस्रो वडा कप फुटबल प्रतियोगिता हुनेभएको छ । प्रतियोगितामा नगर क्षेत्रका १४ वडामध्ये १३ वडाबाट १४ टिमले भाग लिनेछन् ।
एमालेको मधेस प्रदेश अधिवेशन आजदेखि
नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधेस प्रदेशको आजदेखि जनकपुरधाममा हुन लागेको प्रथम प्रदेश अधिवेशनको सबै तयारी पूरा भएको छ । आज अधिवेशनको उद्घाटन हुने र बिहीबार बन्द सत्र हुने एमाले मधेस इन्चार्ज योगेश भट्टराईले जानकारी दिनुभयो ।
करेन्ट लागेर एकको मृत्यु
सर्लाहीको बरहथवामा वन्यजन्तुबाट तरकारी जोगाउन थापिएको विद्युतीय धरापमा परी एक जनाको मृत्यु भएको छ । काउली खेतीमा निलगाईलगायत अन्य जीवजन्तु प्रवेश गर्न नदिन बिजुलीको नाङ्गो तारमा प्रवाह गरिएको करेन्ट लागेर बरहथवा नगरपालिका –१४, बिन्माटोलका ४५ वर्षीय शिवजी साहको मृत्यु भएको हो ।
शिवालय पोखरीमा मोटरबोट
गौर नगरपालिका–१ स्थित शिवालय मन्दिरनजिक रहेको पोखरीमा मोटरबोट सञ्चालन गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धन गर्ने उद्देश्यसहित मोटरबोट सञ्चालनमा ल्याइएको हो ।
विद्यालयमा ४९ लाख रुपियाँ अनियमितताको आरोप
डाक्नेश्वरी नगरपालिका–५ मा रहेको कन्तचन्द्र नमुना माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिद्वारा नै लाखौँ रकम हिनामिना भएको खुलेको छ । विद्यालयको लागि विभिन्न शैक्षिक सामग्री तथा भौतिक स्रोतसाधन जुटाउन नमुना विद्यालय अन्तर्गत गत आर्थिक वर्षको बजेटबाट ४९ लाख रुपियाँको अनियमितता भएको आरोप छ ।
एमालेको मधेस प्रदेश अधिवेशन आजदेखि सुरु
नेकपा (एमाले) मधेस प्रदेशको अधिवेशन आजदेखि यहाँ सुरु हुँदैछ । नयाँ कार्यसमिति चयनका लागि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीका प्रदेश अध्यक्ष रामअवतार यादवले जानकारी दिनुभयो ।
इजरायलमा मारिएका साहका परिवारलाई मधेस प्रदेश सरकारले राहतस्वरुप पाँच लाख दिने
मधेस प्रदेश सरकारले इजरायलमा आतङ्ककारी सङ्गठन हमासको आक्रमणमा परी ज्यान गुमाउन पुगेका धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपहीका २२ वर्षीय आनन्द साहको परिवारलाई रु पाँच लाख राहतस्वरुप दिने भएको छ ।
चाडपर्वलक्षित नागरिक सहायता कक्ष शुभारम्भ
नागरिकको सुविधाका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीको पहलमा राजविराज प्रवेश गर्ने मुख्य चोकमा यात्रु सहायता कक्ष शुभारम्भ गरिएको छ।
हात्तीको आक्रमणबाट बालकको मृत्यु
सर्लाहीमा घाँस काट्न जङ्गल गएका एक बालकको मङ्गलबार बिहान हात्तीको आक्रमणमा परेर मृत्यु भएको छ ।
विशेषज्ञ सेवा विस्तार गर्दै जानकी मेडिकल कलेज
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-१ रामदैया भवाडीमा रहेको जानकी मेडिकल कलेज शिक्षण अस्पताल दक्षजनशक्ति उत्पादनका साथै विशेषज्ञ स्वास्थ्य सेवा विस्तारमा केन्द्रित हुन थालेको छ ।