राष्ट्रिय सभा निर्वाचन : कांग्रेस धनुषाबाट ६ जनाको नाम सिफारिस
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस धनुषाले ६ जनाको नाम सिफारिस गरेको छ ।
दूषित पानीका कारण रोगको सङ्क्रमण
धनुषाको ढल्केबरमा डिडिसीको दुग्ध डेरीबाट निस्कने प्रदूषित पानीका कारण स्थानीयवासी आजित भएका छन् ।
जनकपुरधामबाट अयोध्यामा कोसेली पठाइने
जानकी मन्दिरका महन्थ रामतपेश्वर दास भने काेसेली पठाउने टोलीमा सहभागी नहुने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, "म जति सक्छुु, त्यति लिएर जान्छु, भारमा मेरो संलग्नता छैन ।
मिटर ब्याजबाट मुक्ति
घरखर्चका लागि साहुबाट लिएको ऋणमा डुबेर सर्वस्व गुमाएका पीडितले अहिले न्याय पाएका छन् । ऋणकै कारण घरजग्गासमेत गुमाएकाले घरजग्गा फिर्ता पाएका छन् भने समाजमा पुनस्र्थापनाको वातावरण सिर्जना भएको छ । साहुले ऋणीसँग पारित गराई लिएको १६६ बिघा १९ कट्ठा साढे १८ धुर जग्गा फिर्ता भएको छ ।
मधेशका किसान उत्साहित
सरकारले मधेश प्रदेशका पाँच जिल्लामा सिँचाइ सुविधा पुर्याउने उद्देश्यसहित अगाडि बढाएको सुनकोशी–मरिण डाइभर्सनबाट सिँचाइ सुविधा पाउनेमा यहाँका किसान आशावादी देखिएका छन् ।
जनकपुरधामबाट भार पठाउने तयारी
भारतको अयोध्यामा भगवान् रामको नवनिर्मित मन्दिरमा प्राण प्रतिष्ठाको अवसर पारेर जनकपुरधामबाट भार पठाउने तयारी भएको छ । जनकपुरधामस्थित जानकी मन्दिरको अगुवाइमा यात्रा गर्दै भार पठाइने जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताउनुभयो ।
कुँडिएको मनले नै उखु बुझाउँदै किसान
उखुको मूल्यमा मन कुँडिइरहेका जिल्लाका किसानले चिनी उद्योगलाई उखु दिन बाध्य भएका छन् । गौशाला-१ रामनगरस्थित एभरेष्ट सुगर एन्ड केमिकल इन्डष्ट्रिज (एभरेष्ट चिनी उद्योग)ले यसपालिको उखु क्रसिङ सुरु गरेपछि मूल्यमा चित्त नबुझे पनि किसानले उखु बुझाउन थालेका हुन् ।
सेफ्टी ट्याङकीमा डुबेर बालकको मृत्यु
सर्लाहीको ईश्वरपुर नगरपालिका –८, रामपुरमा सोमबार दिउँसो सेफ्टी ट्याङकीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
प्रदेश सभा सदस्यलाई दक्षता अभिवृद्धि तालिम
मधेश प्रदेश सभा सदस्यलाई दक्षता अभिवृद्धि तालिम दिइएको छ । महिला तथा सीमान्तकृत समुदायका समस्यालाई सम्बोधन तथा कार्यान्वयन गराउने उद्देश्यले सो तालिम दिइएको हो ।
एभरेष्ट चिनी मिलमा उखु क्रसिङ सुरु
महोत्तरीको रामनगरस्थित एभरेष्ट चिनी मिलले उखु क्रसिङ सुरु गरेको छ । शुक्रबारदेखि सञ्चालनमा आएको एभरेष्टले दैनिक २५ हजार क्विन्टल उखु क्रसिङ गरी दुई हजार २ सय क्विन्टल चिनी उत्पादन गरेको मिलको प्रशासन शाखाले जनाएको हो ।
हात्ती धपाउन जङ्गलमा नगर प्रमुख
बर्दीबास नगरपालिकामा जङ्गली हात्तीको आतङ्क नियन्त्रण हुन नसक्दा स्थानीय जनता त्रासमा छन् । रातको समय बस्ती प्रवेश गर्ने हात्तीका जोडीले जनताका घर भत्काउनुका साथै बालीबिरुवामा समेत क्षति पु-याउन थालेपछि नगर प्रमुख प्रह्लाद क्षेत्री आफैँ हात्ती धपाउने अभियानमा जुट्नुभएको छ ।
सीमा क्षेत्रबाट लागूऔषधसहित एक पक्राउ
सशस्त्र प्रहरीले नेपाल भारत सीमा क्षेत्रबाट लागू औषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीको सन्ध्याकालीन सीमा गस्तीले मटिहानी २ बरदाहाका ५२ वर्षीय अनवर सेखलाई विभिन्न नामका एक हजार ६९४ थान लागू औषधका एम्पुलसहित आइतबार साँझ पक्राउ गरेको हो ।
‘नागरिकको हितमा केन्द्रित भएका छौँ’
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले नागरिकको हित अनुकूलका कामलाई प्राथमिकता दिइरहेको बताउनुभएको छ । सर्लाहीको कर्मैयामा माओवादी केन्द्रका अगुवा कार्यकर्तासँगको भेटमा उहाँले नागरिकका समस्या समाधान र देशको समृद्धितर्फ सरकारको ध्यान केन्द्रित भएको बताउनुभएको हो ।
खानेपानीमा आइरनको मात्रा बढी
मधेश प्रदेशको आठ वटै जिल्लाको खानेपानीमा आवश्यकता भन्दा बढी आइरनको मात्रा देखिएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरको पानी परीक्षण प्रयोगशालाले प्रदेशका विभिन्न स्थानबाट सङ्कलन गरेको नमुना पानी परीक्षण गर्दा खानेपानीमा आवश्यकताभन्दा बढी आइरनको मात्रा देखिएको हो ।
एम्बुलेन्सको ठक्करबाट एकको मृत्यु
एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका धनुषाको सबैला नगरपालिका-१२, रघुनाथपुरका ३१ वर्षीय जयनारायण पालको मृत्यु भएको छ ।
वीरगञ्ज नाकाबाट दुई सय ६० जनाको उद्धार
वीरगञ्ज नाकाबाट एक वर्षको अवधिमा दुई सय ६० जनाको उद्धार भएको छ । माइती नेपालले दुई सय ५७ महिला र तीन जना बालकलाई उद्धार गरेको हो ।
प्रो क्लब क्रिकेट च्याम्पियनसिप : आज दुई खेल हुँदै
यहाँ सञ्चालित दोश्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–ट्वान्टी प्रतियोगितामा आज दुई खेल हुँदैछन् । नारायणी रङ्गशालामा सञ्चालित प्रतियोगिताअन्तर्गत आज दुई विभागीय टोली नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
भारतीय सीमावर्ती क्षेत्रस्थित सर्लाहीको विष्णु गाउँपालिका–६, मा शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।
जलिरहेको अवस्थामा मोटरसाइकल बरामद
नयाँरोड–बरहथवा सडकखण्डअन्तर्गत सर्लाहीको बागमती नगरपालिकास्थित धरहरा जङ्गलमा आगजनीबाट जलेको एउटा मोटरसाइकल बरामद भएको छ ।
गुइँठाको प्रयोगमा वृद्धि
जाडो बढेसँगै रौतहटको ग्रामीण क्षेत्रमा चुलो बाल्न वैकल्पिक ऊर्जाका रूपमा गोबर गुइँठाको प्रयोग बढेको छ । चिसो छल्न आगो ताप्ने उद्देश्य
गौशाला नगरपालिकाका उपप्रमुख चढने गाडीमा आगजनी
गौशाला नगरपालिकाका उपप्रमुख रेणु महतो चढ्ने गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । आगजनीबाट प्रदेश२–०२–००१ झ ०००५ नम्बरको सरकारी गाडीको पछिल्लो भागमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
सिद्धार्थ शिशुलाई टी–२० क्रिकेट उपाधि
मधेश प्रदेशको राजधानी जनकपुरधाममा भएको अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सिद्धार्थ शिशु सदनले जितेको छ ।
बार एसोसिएसनमा दुई प्यानलबिच प्रतिस्पर्धा हुने
सप्तरीको राजविराजस्थित जनकपुर उच्च अदालत राजविराज इजलासमा कानुन व्यवसायीहरूको साझा सङ्गठन उच्च अदालत बार एसोसिएसनको निर्वाचन अगामी पुस १४ गते हुने भएको छ ।
बेपत्ता युवक घर फर्किए
कोचिङ पढ्न भनी घरबाट हिँडेका बालक गिरिशचन्द्र देव १० दिनपछि शनिवार घर फर्केका छन् । सप्तरीको राजविराज नगरपालिका–५ बस्ने १७ वर्षीय गिरिश बेपत्ता भएको दसौँ दिनमा शुक्रवार भारतीय नम्बरबाट परिवारको सम्पर्कमा आएका थिए ।