महोत्तरीको एक घरमा चोरी, प्रतिकारमा चार घाइते
महोत्तरीको जलेश्वर नगरपालिका–८ रतवारामा राति एक घरमा चोरी भएको छ । आइतबार राति रतवारा बस्ने भुवनेश्वर चौधरीको घरमा चार–पाँच जनाको समूहमा आएका व्यक्तिले चोरी गरेको हो ।
छात्रावास खण्डहरमा परिणत
जुद्ध माध्यमिक विद्यालय गौरको छात्रावास भवन १८ वर्षदेखि निर्माणकै व्रmममा अलपत्र रहँदा खण्डहरमा परिणत हुँदै गएको छ । भारतीय दूतावासकोे आर्थिक सहयोगमा २०६२ साल पुस १४ गते छात्रावास भवन निर्माणका लागि शिलान्यास भएको थियो । गौर नगरपालिकाको क्षेत्राधिकारभित्र रहेको उक्त छात्रावा
कर तिर्छन् तर उपभोग गर्न पाउँदैनन्
धनुषा जिल्लाको सीमावर्ती क्षेत्र मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ का किसान रामबुझावन यादवको चार कट्ठा चार धुर क्षेत्रफल खेतमा रोपेको हरियो धान भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले काट्न लगाएपछि उक्त जमिन निल्नु न ओकल्नु जस्तो भएको सुनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सीमास्तम्भ गाडिएपछि उक्त जमिन न बेच्न मिल्यो, न त त्यसमा खेती नै गर्न पाइयो ।”
मूल्य बढेपछि प्याजको तस्करी
दसैँ सकिएलगत्तै प्याजको मूल्य आकासिएपछि सीमानाकामा प्याजको अवैध व्यापार बढ्न थालेका छन् । दसैँअघि प्रतिकिलो ४० देखि ५० रुपियाँमा बिक्री हुने प्याज अहिले १२० देखि १३० रुपियाँ पुगेको छ । सीमापारिको भारतीय बजार रक्सौलमा बढीमा ८० देखि ९० रुपियाँ प्रतिकिलोमा बिक्री भइरहेको प्याज स्थानीय तस्करले वीरगन्जसम्म ल्याएर महँगोमा बेचिरहेका छन् ।
सप्तरीका किसानलाई धान भित्र्याउने चटारो
दसैं सकेलगतै सप्तरीका किसानलाई धान भित्र्याउने चटारो भएको छ । दीपावली आउनुपूर्व नै धान भित्र्याउन सक्यो भने तेस्रो बाली लगाउन खेत खाली हुने र उचित समयमा आलु तेलहन दलहन र अन्य तरकारी बाली लगाउन सकिनेअग्निसाइर कृष्णासवरन ५ का कृषक शम्भु मेहताको भनाइ छ ।
लागुऔषध रोक्न परिणाममुखी कामकाज अघि बढेको छ : गृहमन्त्री समिम
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री मोहम्मद समिमले लागुऔषध मधेश प्रदेशको प्रमुख समस्या भएको भन्दै यसको नियन्त्रणका लागि मन्त्रालयले प्रभावकारी रुपमा परिणाममुखी कामकाज अघि बढाएको बताउनुभएको छ ।
सयपत्री फूलको व्यावसायिक खेतीबाट मनग्य आम्दानी
लहरै रोपिएका सयपत्री फूलका बिरुवा । ती मध्ये कुनै हाँगामा फूलका कोपिला झपक्क छन्, कुनै हलल बढेर ढल्न आँटेका । यही बिरुवाको स्याहारमा जुटेका छन् किसान रामप्रवोध पण्डित ।
नेपाल–भारत सीमा स्तम्भको पुनर्निर्माण सुरु
नेपाल सशस्त्र प्रहरी बलले मधेसका जिल्लाहरूसँग जोडिएको भारतीय सिमानाकामा रहेका सीमा स्तम्भको पुनर्निर्माण, मर्मत सम्भार तथा रंगरोगनको काम सुरु गरेको छ ।
ट्रकमा ठोक्किएर बाइकमा सवार दुई युवकको मृत्यु
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१७, कालिन्जोर पुल नजिक बिहीबार राति रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
स्वास्थ्य, शिक्षा र कृषि प्राथमिकतामा
सर्लाहीको बरहथवा नगरपालिका जिल्लाकै पुरानो तथा प्रमुख व्यापारिक केन्द्र हो । साबिकका बरहथवा, मूर्तिया, श्रीपुर, लौकठ, सुन्दरपुर चोहर्वा (सुचु) र जानकीनगर गाउँ विकास समितिका पाँच वटा वडालाई
तत्कालीन नगर प्रमुखसहित चारजनाविरुद्व भ्रष्टाचार मुद्दा
रौतहटको चन्द्रपुर नगरपालिकाका तत्कालीन प्रमुख रामचन्द्र चौधरीसहित चार जनाविरुद्व भ्रष्टाचार मुद्दा दायर भएको छ ।
‘१४ वर्षीया सरिता मधेश प्रदेश सरकारको स्वास्थ्यमन्त्री’
कक्षा सातमा अध्यनरत धनुषाको कमला नगरपालिकाकी १४ वर्षीय किशोरी सरिता कुमारी यादव मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बन्नु भएको छ ।
राजमार्गमा बढ्दै तस्करी : २५ लाख बराबरको सामान बरामद
चाडपर्वको समयमा सीमा तस्करी बढ्दै गएको घटनाक्रमले देखाएका छन् । दसैँको बेला बर्दिबासस्थित पूर्वपश्चिम लोकमार्गबाट ६० लाख मूल्य बराबरको कपडा बरामद भएको थियो ।
नेपाल–भारत सीमास्तम्भको पुनर्निर्माणको काम सुरु
सशस्त्र प्रहरी बल नेपालद्वारा मधेश प्रदेशको आठ वटै जिल्लामा नेपाल–भारत सीमा स्तम्भहरुको पुनरनिर्माण, मर्मत सम्भार र रङ्गरोगनको काम सुरु गरिएको छ ।
मौसम परिवर्तनसँगै बिरामीको चाप बढ्दो, डेंगु सङ्क्रमित पनि बढ्यो
मौसमा आएको परिवर्तनसँगै पर्सामा रुघाखोकी, ज्वरो र डेंगुका बिरामीको चाप बढेको छ । बिहान तथा बेलुका जाडो र दिउँसो हुने गर्मीका कारण सहरी क्षेत्र तथा ग्रामीण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामी निकै बढेका छन् ।
उखु कृषकले पाए अठार करोड भुक्तानी
लामो प्रतीक्षापछि यहाँका किसानले उखुको अनुदान रकम पाएका छन् । गत वर्ष सरकारले दसैँअघि नै अनुदान रकम उपलब्ध गराएको थियो । यो वर्ष भने समयमै निकासा नआउँदा उखु किसानका खातामा रकम पठाउन ढिलो भएको कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) महोत्तरीले जनाएको छ ।
कलाकारलाई जीवन धान्नै धौ धौ
जनकपुर क्षेत्रका कलाकार प्रतिभा प्रदर्शनको अवसरबाट वञ्चित भएका छन् । कला क्षेत्रको दुरवस्थाका कारण प्रतिभावान् कलाकारलाई पनि यस क्षेत्रमा टिकिरहन मुस्किल भएको छ । कलाकारको वृत्तिविकास र आर्थिक सुरक्षाका लागि सरकारी निकायबाट ठोस कदम चाल्न नसक्दा यस क्षेत्रको गौरवपूर्ण धार्मिक तथा सांस्कृतिक परम्परा पुस्तान्तरण पनि हुन नसकी लोप हुने अवस्थामा पुगेको छ ।
जङ्गल छेउको बस्तीमा हात्तीको त्रास
धनुषाको मिथिला नगरपालिकास्थित जङ्गल नजिक बस्तीमा हात्तीको त्रास बढेको छ । बस्ती नजिककैको जङ्गलमा दैनिकजसो हात्ती देखिन थालेपछि त्रास बढेको हो ।
रुपेश सर्राफको हत्यामा संलग्न पाँच जना सार्वजनिक
कलैयास्थित बाल एकता बोडिङ्ग स्कुलका सञ्चालक गुडूँ भनिने रुपेश सर्राफको हत्यामा संलग्न रहेका पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
‘जब १८ वर्षीया युवती एकघण्टे शिक्षामन्त्री बनिन्’
‘रिल’ मा एक दिनका लागि मन्त्री र मुख्यमन्त्री बनेका घटना र दृश्य अहिलेको ‘भर्चुअल’ समाजका लागि नौलो होइन । यो धनुषाको जनकनन्दिनी गाउँपालिकाकी १८ वर्षीया किशोरी रजीना खातुनका लागि पनि ‘रिल’मा नौलो विषय होइन । तर ‘रिल’ मा देखे सुनेको घटना वास्तविक (रियल) मै आफ्नो जीवनमा आउला भन्ने कुरा रजीनाले कल्पनासमेत गर्नुभएको थिएन ।
आनन्दको शव पर्खिदै आफन्त
इजरायलमा हमास समूहको आक्रमणबाट निधन भएका धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४, सपहीका २२ वर्षीय आनन्द साहको घरमा आफन्तको अवस्था अझै विक्षिप्त छ । पूरा परिवार अझै शोकमा छन् । आनन्दको शव पर्खदैँ दाहसंस्कार गर्ने पर्खाइमा उहाँहरु हुनुहुन्छ ।
वीरगन्ज महानगरले उठायो छ लाख जरिवाना
सडकमा जथाभावी फोहर फ्याँक्नेसँग गत २०७९ पुस १७ गतेदेखि जरिवाना तिराउन सुरु गरेको महानगरपालिकाले चालु आव २०८०र८१ को साउनदेखि हालसम्म बिभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट रु छ लाख १७ हजार जरिवाना सङ्कलन गरेको हो ।
बाह्र वर्ष बित्यो बनेन विद्यालय भवन
भारतीय लगानीमा निर्माण हुन लागेको विद्यालय भवन १२ वर्ष हुँदासमेत सम्पन्न नभएपछि विद्यालयले थप योजना पाउन सकेका छैनन् । धनुषा जिल्लाको नगराइन नगरपालिकाका छ वटा सामुदायिक विद्यालयको भवन १२ वर्ष बित्दा पनि सम्पन्न हुन सकेका छैनन् ।
अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनको तयारी पूरा
मधेश प्रदेशको राजधानी जनकपुरधाममा कात्तिक २२ गतेबाट सुरु हुने अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनको तयारी पूरा भएको छ ।