धनुषा क्षेत्र २ 'ख' बाट जसपाका यादव निर्वाचित
धनुषा क्षेत्र नम्बर २ 'ख' बाट जनता समाजवादी पार्टीका उम्मेदवार रामअशिष यादव दोस्रो पटक प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ । मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट १० हजार ६१४ मत प्राप्त गरी यादव दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
रौतहट १ को (ख) मा कांग्रेसका यादव विजयी
रौतहट प्रतिनिधि सभा क्षेत्र न १ को प्रदेशसभा (ख) बाट वाम गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका मधेश प्रदेश सभापति कृष्णाप्रसाद यादव विजयी हुनुभएको छ ।
गठबन्धनबाट कांग्रेसका समिम पुनः निर्वाचित
सप्तरी क्षेत्र नम्बर ३ को (क) तर्फ लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मेदवार रहनुभएका नेपाली कांग्रेसका मोहम्मद समिम प्रदेशसभामा पुनः निर्वाचित हुनुभएको छ ।
महोत्तरी ३ (क), (ख) मा लोसपाका अभिराम र तिवारी विजयी
महोत्तरी निर्वाचन क्षेत्र नं. ३ को (क)मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको अभिराम शर्मा र (ख) मा रानी कुमारी तिवारी विजयी हुनु भएको छ ।
रौतहट १ को (क) मा कांग्रेसका नागेन्द्र साह विजयी
रौतहट क्षेत्र नं. १ को प्रदेशसभा (क) बाट वाम गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार नागेन्द्र साह एक हजार ६३९ मतले विजयी हुनुभएको छ ।
पर्सा ३ बाट एमाले उम्मेदवार राजकुमार गुप्ता निर्वाचित
पर्सा क्षेत्र नं ३ बाट नेकपा (एमाले) का राजकुमार गुप्ता प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीलाई १५१ मतले पराजित गर्दै गुप्ता विजयी हुनुभएको हो ।
सर्लाही १ (क) मा लोसपाका उपेन्द्र महतो विजयी
सर्लाहीको क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका उपेन्द्र महतो निर्वाचित हुनुभएको छ।
नेपाल रेलको तीन दिन थप सेवा सञ्चालन
जयनगर–जनकपुरमा सञ्चालन भइरहेको नेपाल रेलको सेवामा तीन दिन थप सेवा सञ्चालन गरिने भएको छ । जनकपुरधाममा आयोजना हुन गइरहेको विवाह पञ्चमी मेलालाई ध्यानमा राखेर तीन दिन थप सेवा सञ्चालन गरिने नेपाल रेल्वे कम्पनी लिमिटेड केन्द्रीय कार्यालय जनकपुरधामले जनाएको छ ।
बारा ४ प्रदेशसभा (ख) मा लोसपाका जितेन्द्र सोनल विजयी
बाराको निर्वाचन क्षेत्र नम्बर–४ (ख) प्रदेशसभा सदस्यमा लोसपाका जितेन्द्र सोनल विजयी हुनुभएको छ ।
बारा ४ मा समाजवादीका कृष्णकुमार श्रेष्ठ निर्वाचित
बारा क्षेत्र नम्बर–४ मा नेकपा (एकीकृत समाजवादी)का कृष्णकुमार श्रेष्ठ (किसान) विजयी हुनुभएको छ । श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका एकवाल मियाँ पराजित हुनुभएको छ ।
पर्सा २ मा कांग्रेसका अजय चौरसिया विजयी
पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार अजय चौरसिया विजयी हुनुभएको छ ।
बारा क्षेत्र नम्बर १ को प्रदेशसभा (क)मा एमालेका चौधरी निर्वाचित
बाराको निर्वाचन क्षेत्र नम्बर-४ प्रदेशसभा (क) मा नेकपा (एमाले)का उम्मेदवार देवनारायण चौधरी निर्वाचित हुनुभएको छ।
पर्सा १ मा जसपाका प्रदीप यादव विजयी
पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा जसपाका उम्मेदवार प्रदीप यादव विजयी हुनुभएको छ।
जनमतका सिके राउत विजयी, उपेन्द्र यादव पराजित
सप्तरीबाट प्रतिनिधि सभा क्षेत्र नं. २ मा जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउत दोब्बरभन्दा बढी मतले निर्वाचित हुनुभएको छ । त्यस क्षेत्रमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पराजित हुनुभयो ।
सप्तरी ३ (ख)मा जनमतका शम्भु साह विजयी
सप्तरी क्षेत्र नम्बर ३ को प्रदेशसभा (ख)मा जनमत पार्टीका उम्मेदवार शम्भु साह विजयी हुनुभएको छ । साहले १० हजार ८६२ मत प्राप्त गर्नुभएको छ ।
सर्लाही १ (ख) मा एकीकृत समाजवादीकी लुङ्गेली निर्वाचित
सर्लाहीको क्षेत्र नम्बर १ (ख) बाट प्रदेश सभा सदस्यमा नेकपा (एकीकृत समाजवादी) की बेची लुङ्गेली निर्वाचित हुनुभएको छ ।
एसका अध्यक्ष नेपाल ४ हजार ६३० मतसहित अग्रस्थानमा
निर्वाचनको पछिल्लो मतगणना परिणामअनुसार रौतहट प्रतिनिधि सभा क्षेत्र न १ बाट माधवकुमार नेपाल ४ हजार ६३० मतले अगाडि रहनु भएको छ ।
पर्साबाट प्रदेश सभामा कांग्रेस ३, जसपा २, माओवादी, लाेसपा र स्वतन्त्र एक-एक विजयी
पर्सा जिल्लामा बाम लोकतान्त्रिक गठबन्धनका ५ जना उम्मेदवार प्रदेशसभा सदस्यमा निर्वाचित हुनु भएको छ । पर्सामा रहेको ८ प्रदेश सभाको सिटमा हालसम्म ५ जना बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार निर्वाचित हुनु भएको हो ।
धनुषामा एमालेले दुई, कांग्रेस ,जसपा एक/एक स्थानमा अग्रता
प्रतिनिधि सभा तर्फ धनुषाको चार वटा निर्वाचन क्षेत्र मध्ये दुई वटामा नेकपा (एमाले) र एक÷एक निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस र जसपाले अग्रता कायम राखेको छ । निर्वाचन क्षेत्र नं. ३ र ४ मा नेकपा एमाले र निर्वाचन क्षेत्र नं.२ मा नेपाली काँग्रेस र क्षेत्र नं.१ मा जसपाले अग्रता कायम राखेको छ ।
मधेश प्रदेश: आठ जिल्लाका ३२ निर्वाचन क्षेत्रमा कुन पार्टी कति स्थानमा अगाडि
मधेश प्रदेशमा आठ जिल्लाका ३२ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मतगणना भइरहेको छ ।
लालबाबु राउत पुनः प्रदेशसभामा निर्वाचित
मधेश प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत पुनः प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
प्रदेशसभा सदस्यमा जसपाका सिघासन साह विजयी
पर्सा जिल्लामा प्रदेश सभा सदस्यमा जनता समाजवादी पार्टीका सिघासन साह कलवार दोस्राे पटक विजयी हुनुभएको छ ।
पर्सा ४ प्रदेशसभा (क)मा कांग्रेसका शङ्कर चौधरी विजयी
पर्सा जिल्लामा प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका शङ्कर चौधरी विजयी हुनुभएको छ।
धनुषाका तीनवटामा एमाले र एकमा एकीकृत समाजवादीको अग्रता
मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको मतगणनामा धनुषाको चार निर्वाचन क्षेत्रमध्ये तीन क्षेत्रमा नेकपा एमालेका उम्मेदवारहरुले अग्रता लिएका छन् । धनुषाका चार निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर–१ बाहेक अन्य तीन क्षेत्रमा प्रतिनिधिसभातर्फ एमालेका उम्मेदवारहरुले मतगणनाको सुरुवाती चरणदेखि अग्रस्थान लिएका हुन् ।