तराईमा छठको रौनक, सूर्य देवताको उपासना गरिदै
सूर्य उपासना अर्थात सुर्यदेवको पूजा गरी तराईका जिल्लामा अत्यन्त निष्ठा र उत्साहका साथ मनाइने छठ पर्व बिधिवत रुपमा शुक्रबारदेखि सरु हुँदैछ ।
बाँसका सामग्री बनाउन डोम समुदायलाई भ्याइ नभ्याइ
छठ पर्व आउन चार दिन बाँकी रहँदा डोम समुदायमा उल्लास छाएको छ । अहिले उनीहरू डालो, नाङ्लो र टालु टपरी बनाउन व्यस्त छन् ।
सूर्य उपासनाको पर्व ‘छठ’ को तयारी
सूर्य उपासनाको महापर्व छठ व्रतको तयारी थालिएको छ । मधेशको प्राचीन मिथिला क्षेत्रको लोकपर्व मानिने छठका लागि वर्तालुले आज (बिहीबार) कात्तिक शुक्ल त्रितीयाका दिन ‘अरबा–अर्बाइन’ विधिसँगै तयारी थालेका हुन् ।
हरिवनमा रात्रि बसको ठक्करबाट पैदल यात्रीको मृत्यु
सर्लाहीको हरिवनमा रात्रि बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवन नगरपालिका–११, कडरिया चोकमा हरिपूर्वाबाट काठमाडौँका लागि छुटेको ना ६ ख ९११७ नम्बरको बसले ठक्कर दिँदा स्थानीय ८० वर्षीय मानबहादुर राईको मृत्यु भएको हो । बुधवार साँझ सडक पार गर्ने क्रममा बसको ठक्करबाट गम्भीर घाइते हुनुभएका वृद्ध राईको उपचारका क्रममा राति एलएस न्यूरो अस्पताल बारामा मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
मधेशमा मनाइँदै छ ‘भरदुतीया’ पर्व
मधेशमा ‘भरदुतीया’ पर्व मनाइँदै छ । भाइटीकाजस्तै मधेशमा भरदुतीया मनाउने परम्परा छ । यस पर्वमा भाइटीकाभन्दा केही विधि भने फरक रहेको छ । यस पर्वलाई भाइदुज, भरदुतीया, भ्रातृद्वितीया पनि भन्ने गरिन्छ ।
छठलाई लक्षित गरी बाँसजन्य सामग्री बनाउनमा व्यस्त कृषक
दिपावली लगतै सुरु हुने छठ पर्वलाई लक्षित गरी लहानका विसुन्के,ड्ुम र मलाह समुदायलाई वाँसजन्य पूजा सामग्री बनउँदै बेच्दै फुर्सद छैन् । पुर्खाको पेशाबाट राम्रो आम्दानी भइरहेको बताएका छन् ।
जनकपुरधाममा छठको तयारी
दीपावली सकिएसँगै जनकपुरधाममा छठको तयारी शुरु भएको छ । छठ पर्व नजिकिँदै गएपछि जनकपुरधामको विभिन्न पोखरीलाई स्थानीयवासी र क्लबहरूको सहयोगमा विशेषरूपमा श्रृङ्गार्न थालिएको छ ।
प्रहरीको गोलीबाट दुईजना गम्भीर घाइते
महोत्तरीमा प्रहरीको गोलीबाट दुईजना गम्भीर घाइते भएका छन् । गए राति प्रहरीले हातहतियारसहित दुई जनालाई पक्राउ गरेको थियो ।
अन्नकुट पर्वका ५६ परिकार
जनकपुरधामको जानकी मन्दिरमा मङ्गलबार अन्नकुट पर्वका अवसरमा भगवानलाई अर्पण गर्नका लागि खाद्यान्नका ५६ परिकारहरू तयार पारेर भोग लगाइँदै ।
अटोरिक्सा चालकद्वारा पर्यटन प्रवर्धन
मधेश प्रदेशको राजधानी जनकपुरधामका अटोरिक्सा चालक मौसमी लेहरी पर्यटन प्रवर्धनका लागि अटोरिक्सा चलाउदै हुनुहुन्छ । रिक्साको दुवैतिर ‘राम र सिताको विवाहदेखि विदाइसम्मको ११ मन्दिर दर्शन यात्रा’ र अगाडि ‘जनकपुर मिथिलाधाममा तपाईको हार्दिक स्वागत छ’ अंग्रजी र नेपाली दुवै भाषमा लेखिएको छ ।
नेपाल रेल सेवा : जाडोमा नयाँ समयतालिका निर्धारण
विजलपुरा–जनकपुरधाम–जयनगरसम्म सञ्चालन भइरहेको नेपाल रेल सेवा अगामी मङ्सिर १ गतेदेखि हालको समयतालिकामा परिवर्तन गरिएको छ ।
रेलले किचेर ९० वर्षीय वृद्धको मृत्यु
धनुषामा रेलले किचेर एक वृद्धको मृत्यु भएको छ । धनुषा जिल्लाको विदेह नगरपालिकामा ९० वर्षीय विन्देश्वर दासको रेलले किचेर मृत्यु भएको हो ।
संस्कृति जोगाउन हुक्कापातिको व्यापार
सडकको छेउमा शान्तिदेवी तीन–चार दिनदेखि हुक्काहुक्की (हुक्कापाति) बनाउन व्यस्त हुनुहुन्छ । दिनभर खाना नास्ता खाएर हुक्काहुक्की बनाएर बेच्न व्यस्त शान्ति आम्दानीसँगै संस्कृतिलाई जगेर्ना गरिरहनुभएको छ ।
भिक्षा मागेरै भए पनि छठपर्व मनाइँदै
वीरगञ्ज महानगरपालिका–२७ की २८ वर्षीया सोमिन्त्रादेवी काखे बालकलाई च्यापी एकाबिहानै घण्टाघरमा देखा पर्नुभयो ।
स्वस्थ मधेश निर्माण गर्नुपर्छ : मन्त्री सिंह
मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्रप्रसाद सिंहले स्वस्थ, शिक्षित र समृद्ध मधेश निर्माणमा लाग्न प्रदेशका स्वास्थ्यकर्मीलाई निर्देशन दिनुभएको छ ।
वीरगञ्ज गोल्डकपको उपाधी नेपाल पुलिस क्लबलाई
प्रथम वीरगञ्ज गोल्डकपको उपाधी विभागीय टिम नेपाल पुलिस क्लबले अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ट्राई बेक्ररमा पराजित गर्दै उचालेको छ ।
सर्लाहीमा सङ्गठित रूपमै बिजुली चोरी
सर्लाहीको बलरा नगरपालिका क्षेत्रमा सङ्गठित रूपमै बिजुली चोरी भइरहेको पाइएको छ ।नेपाल विद्युत प्राधिकरण मधेश प्रादेशिक कार्यालय, जनकपुरले आइबार, सोमबार, मङ्गलबार र बुधबार बलरा नगरपालिका विभिन्न स्थानमा गरेको छड्के जाँचका क्रममा घरायसी तथा अन्य ग्राहकले गैर कानुनी रूपमा व्यापक बिजुली प्रयोग गरिरहेको फेला पारेको छ ।
व्यवस्थापन उत्कृष्ट भएपछि भर्ना अत्यधिक
विदेह नगरपालिकास्थित जनता नमुना प्राविधिक माध्यमिक विद्यालय, गिद्धा बेलापट्टीले यस वर्ष मधेश प्रदेशमै विद्यार्थी भर्ना अभियानमा पहिलो स्थान ल्याएको छ । देशभरिमा भने यो विद्यालय तेस्रो स्थान ल्याउन सफल भएको छ । गुणस्तरीय शिक्षा, एसइई परीक्षामा नतिजा राम्रो, वर्षभरि एक घन्टी पनि खाली नहुनु, विद्यालयको सामाजिक परीक्षण गराउनु, शिक्षकहरूको समूह उत्कृष्ट हुनु, अडियो एवं भिडियो कक्षा सञ्चालन हुनु, भौतिक पूर्वाधार एवं कक्षाकोठाको राम्रो व्यवस्थापन, खानेपानी, शौचालयलगायत खेल्ने चौरको राम्रो व्यवस्था भएकाले यो विद्यालयमा भर्ना हुनेको सङ्ख्या बढ्दै गएको विद्यालयका प्रधानाध्यापक पवनकुमार मण्डलले बताउनुभयो ।
तिहार र छठको रमझम सुरु
दसैँपछिको अर्को पर्व तिहार र छठको तयारीमा स्थानीय बासिन्दा लागेका छन् । तिहार सकिएलगत्तै छठ मनाउन समय कम हुँदा अहिलेदेखि नै छठको तयारी भइरहेको छ । मधेश प्रदेशका जिल्लासहित देशभरि तिहार र छठ मनाइँदै आएका कारण पनि यहाँ पर्वको तयारीमा सक्रियता बढेको हो । धनधान्यकी देवी लक्ष्मी माताको बास सफासुग्घरमा मात्र हुने विश्वासका साथ घरआँगनसहित वरिपरि सरसफाइ, रङरोगन र सजावटलाई प्राथमिकता दिइएकाले मानिसहरूको व्यस्तता बढेको छ । यस प्रदेशमा तिहारलाई दीपावली भन्ने चलन बढी छ । दीपावलीलाई लक्ष्य गरी घर तथा घरवरिपरि सरसफाइ गरेर चिटिक्क पारिएको छ । उद्योगी व्यवसायी आआफ्ना कलकारखाना, पसल सरसफाइमा जुटेको जनकपुरधामका व्यवसायी परमेश्वर साहले बताउनुभयो । तिहारका लागि आवश्यक उपभोग्य वस्तु तथा मनोरञ्जन एवं खुसियाली गर्न पटकाजन्य सामग्री फूलझारी, चिरचिरी, चक्कर, पटका खरिदबिक्री भइरहेको उहाँले बताउनुभयो ।
मौलापुरका प्रमुखलाई पुनर्वहाली गर्न सर्वोच्चको अन्तरिम आदेश
सर्वोच्च अदालतले रौतहटको मौलापुर नगरपालिकाका प्रमुख रिनाकुमारी साहलाई पुर्नवहाली गर्न अन्तरिम आदेश जारी गरेको छ ।
भूकम्प प्रभावित परिवारलाई गैर खाद्य सामग्री वितरण
प्लान इन्टरनेशनल नेपालले जाजरकोट र रुकुमपश्चिम जिल्लाको भूकम्प प्रभावित पाँचसय परिवारमा गैर खाद्य सामग्री वितरण गरेको छ ।
कुमाल जातिको सीपको कदर हुने बेला
दसैँ पर्व जेनतेन टारेका कुमाल समुदाय अब तिहार र छठ पर्वको खर्च जोहो गर्न जुटेका छन् । नेपालीको दोस्रो महान् चाड तथा उज्यालोको पर्व तिहार घरआँगनमा प्रवेश गर्न केही दिनमात्र बाँकी रहँदा माटाका भाँडा बनाउने कुमाल जातिलाई यति बेला भ्याइनभ्याइ छ ।
महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटियो
नेपाल खानेपानी संस्थान वीरगञ्ज पर्साले लामो समयदेखि खानेपानीको महसुल नबुझाउने ग्राहकको धाराको लाइन काट्न सुरु गरेको छ ।
विकास नै प्रमुख प्राथमिकतामा छ
सिरहा जिल्लामा सबैभन्दा बढी छ वटा वडा भएको लक्ष्मीपुरपतारी गाउँपालिका हो । यसको पूर्वमा लहान नगरपालिका, उत्तरमा धनगढीमाई नगरपालिका, पश्चिममा सुखीपुर नगरपालिका र दक्षिणमा