‘कर्मचारीले फट्याइँ नगरे भ्रष्टाचार हुँदैन’
भ्रष्टाचार आरोपका नाममा पर्ने गरेका झुटा उजुरी आख्तियारका लागि अहिले टाउको दुखाइ बनेको छ। यस्ता उजुरीका कारण अख्तियारको श्रम, शक्ति र समयमात्र खेर गएको छैन, अनुसन्धानको गतिलाई नै प्रभावित पारेको बर्दिबासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख गोपालकुमार अधिकारीले बताउनुभएको छ।
यातायात सञ्चालन भएपछि सहज
सर्लाहीको चुरेभेगमा यातायात सञ्चालन हुन थालेपछि स्थानीयलाई बजार आउन सहज भएको छ। सडक नपुगेको चुरेभेगमा खोलाको बगरबाट बस, बोलेरो, टेम्पु, मोटरसाइकलजस्ता सवारी नियमित सञ्चालन हुन थालेका हुन्। अब हिउँदभर खोलाको बगरबाट यातायात सञ्चालन हुने स्थानीयले बताएका छन्। यहाँको लखन्देही, बाँके र कालिन्जोर खोलाबाट सञ्चालन हुने यातायातका साधन सिन्धुलीको मरिण र हरिपुरगढी गाउँपालिकाको विभिन्न ठाउँसम्म पुग्ने गरेका छन्। ईश्वरपुर नगरपालिका–१२, पीपलदमारका बलिमराज वाइबाले बाँके खोलामा पानी घटेपछि बस र बोलेरो सञ्चालन भइरहेको जानकारी दिनुभयो। वाइबाका अनुसार लालबन्दी बजारबाट पीपलदमार हुँदै सिन्धुलीसम्म नै बस चल्न थालेको हो।
विस्थापित हुँदै खपडाले छाएका घर
मधेशको पहिचान बनेका खपडाले छाएका घरहरू अहिले बिरलै देखिन्छन्। आधुनिकताको प्रभावसँगै खपडा उत्पादनका लागि स्थानीय स्तरमै पाइने साधन र स्रोत मासिँदै गएको छ। जसका कारण मधेशलाई चिनाउने परम्परागत मौलिक वस्तुमध्येको खपडाको छानो भएका घर पनि विस्थापित हुँदै गएका हुन्। मधेशमा अहिले केही पुराना घरबाहेक नयाँ बनेका घरमा खपडाको छानो हालेको देखिँदैन। अचेल पक्की ढलान, जस्तापाता वा टायलले छाएको घर जताततै देखिन्छन्। गुजरा नगरपालिका भवानीपुरका ज्येष्ठ नागरिक जयनन्द चौधरी भन्नुहुन्छ, “विशेष गरी मधेशी समुदायका नागरिकको घर खपडाले छाएको हुन्थ्यो। मधेशमा खपडा बनाउने सीप भएका जनशक्तिले समेत पेसा बदलेको कारण खपडा उत्पादनमा ह्रास आयो र त्यसको विकल्पमा ढलान, जस्ता वा टायलले प्राथमिकता पायो।”
अमलेखगञ्जमा पेट्रोल ट्याङ्की निर्माण हुने
नेपाल आयल निगमले बाराको अमलेखगञ्जमा पेट्रोल भण्डारणका लागि छुट्टै भण्डारण गृह (ट्याङ्की) निर्माण गर्ने तयारी थालेको छ ।
बीस पुगी विवाह गर्ने छोरीलाई आधा लाख
सर्लाहीको चन्द्रनगर गाउँपालिकाले कक्षा १२ उत्तीर्ण गरी २० वर्ष पुगेपछि मात्रै विवाह गर्ने छोरीलाई प्रोत्साहन स्वरूप ५० हजार रुपियाँ प्रदान गर्न सुरु गरेको छ। गएको वैशाखमा स्थानीय तह निर्वाचनपछि बसेको पहिलो कार्यपालिका बैठकले कक्षा १२ को अध्ययन पूरा गरी २० वर्ष पार गरेपछि विवाह गर्ने गाउँपालिकाभित्रका छोरीलाई प्रोत्साहन स्वरूप ५० हजार रुपियाँ प्रदान गर्ने निर्णय गरेको थियो।
बिजुली बल्दा सुकुम्बासी खुसी
रौतहटको कटहरिया नगरपालिकाका भूमिहीन सुकुम्बासीको घरमा बिजुली बल्न थालेपछि उनीहरू मक्ख परेका छन्। वर्षौंदेखि अन्धकारमा बसेका उनीहरूको घरमा विद्युतीय मिटर बक्ससमेत जडान भइसकेको छ। दिगो समाधान परियोजनामार्फत अति विपन्न परिवारलाई सरकारी सेवा र सुविधामा पहुँच पु-याउन वडाध्यक्ष भूपेन्द्र महतोको सक्रियतामा बिजुलीको मिटर जडान गरी बत्ती बालिएको हो। नगरपालिकाको वडा नं. १, भसेडवाबाट सुरु गरिएको मिटर वितरण ३, ४ र ९ नम्बर वडाका सुकुम्बासीलाई पनि वितरण गरिने वडाध्यक्ष महतोले बताउनुभयो। उहाँका अनुसार पहिलो चरणमा वडा नं. १ का २९ सुकुम्बासी घरपरिवारलाई मिटर वितरण गरी जडान गरिने छ।
मधेस प्रदेशको प्रदेशसभामा १० दलको प्रतिनिधित्व हुने
मधेस प्रदेशको प्रदेश सभामा १० दलको प्रतिनिधित्व हुने भएको छ। मङ्सिर ४ मा सम्पन्न निर्वाचनको प्रत्यक्ष तथा समानुपातिकतर्फको मतपरिणाम आइसकेपछि १० दलले प्रदेशसभामा उपस्थिति जनाउने भएका छन्।
इलेक्ट्रोनिक पसलमा आगलागी हुँदा लाखौँको क्षति
धनुषाको महेन्द्रनगरमा बुधबार राति भएको एक इलेक्ट्रोनिक पसलमा आगलागी भएको छ । मिथिला नगरपालिका –२ नकटाझिज बस्ने हिरा महतोको महेन्द्रनगरस्थित हिरा इलेक्ट्रोनिक पसलमा आगलागी भएको हो । आगलागीले लाखौँ रुपियाँ बरावरको क्षति भएको छ ।
निर्वाचन नतिजा समीक्षा गर्दै लोसपा
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा सुरु गरेको छ ।
बैङ्कको चर्को व्याजविरुद्ध विरोध प्रदर्शन
धनुषाको ढल्केवरमा व्यवसायीहरूले बैङ्कहरूले बढाएको चर्को व्याजविरुद्ध प्रदर्शन गरेका छन् । मिथिला उद्योग वाणिज्य सङ्घको आयोजनामा बिहीबार ढल्केवरमा व्यवसायीहरूले विरोध प्रदर्शन गरिएका हुन् ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान र लिथुवानियास्थित भिलनियस विश्वविद्यालयबीच समझदारी
मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान र लिथुवानियास्थित भिलनियस विश्वविद्यालयबीच ‘एकेडेमी एक्सचेन्ज प्रोग्राम’ गर्ने समझदारी भएको छ ।
चिसोका कारण बढ्न थाले बिरामी
विगत एक सातादेखि बढेको चिसोको कारण महोत्तरी जिल्ला अस्पतालमा बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । चिसो हावा, हुस्सु र बाक्लो कुहिरो लागेका कारण यहाँको मौसम असहज भएको छ ।
मल आपूर्तिको माग गर्दा झडप
सिम्रौनगढ नगरपालिका–४, हरिहरपुरमा मङ्गलबार दिउँसो मल आपूर्तिको माग गर्दै गर्दा दुई पक्षबीच झडप भएको छ। उक्त ठाउँका किसानहरूले सिम्रौनगढ नगरपालिका–४ को कार्यालयमा मङ्सिर १८ गते तालाबन्दी गरेका थिए। केही दिन अगाडि वडा कार्यालयले जिल्लाबाट रासायनिक मल ल्याए पनि वितरणमा ढिलो गरेको भन्दै किसानहरूले तालाबन्दी गरेका थिए।
मङ्सिर बित्न लाग्दासमेत तराईका जिल्लामा चर्को घाम
मङ्सिर महिना बित्न लाग्दासमेत धनुषालगायत छिमेकी जिल्लाहरूमा चिसो बढेको छैन । मङ्सिर, पुस र माघ महिनामा तराईका जिल्लाहरूमा अत्यधिक चिसो र हुस्सु लाग्ने गर्दथ्यो । तर, यस वर्ष भने त्यस्तो छैन ।
आँखाका बिरामीलाई निःशुल्क ई–रिक्सा
धनुषाको ढल्केबरस्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालले आँखाका बिरामीका लागि निःशुल्क ई–रिक्साको व्यवस्था गरेको छ। अस्पतालले आँखा जँचाउन आउनेजाने बिरामीका लागि ई–रिक्साको निःशुल्क व्यवस्था गरेको हो। आँखा जाँच गराउने आउनेहरूलाई सहजताका लागि निःशुल्क ई–रिक्साको व्यवस्था मिलाइएको रेयुकाई एईको मासुनागा आँखा अस्पतालका महासचिव हीरामणि शर्माले बताउनुभयो। उहाँले आँखाका बिरामीलाई थप आर्थिक भार नपरोस् भनेर यो व्यवस्था मिलाइएको जानकारी दिनुभयो।
सर्लाहीमा घरको छतबाट खसेर एकको मृत्यु
सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुर बजारमा मंगलबार राति घरको छतबाट खस्दा एक जनाको मृत्यु भएको छ । धनुषाको वीरेन्द्रबजार घरभई हाल नवलपुरस्थित सञ्जय साहको घरमा डेरा गरेर बस्ने ५० वर्षीय भरत लामाको छतबाट खसेर मृत्यु भएको हो ।
वाचा पूरा गराउन जनमत सरकारमा जान्छ : सिंह
नवनिर्वाचित मधेश प्रदेश सभा सदस्य सतिशकुमार सिंहले मतदाता समक्ष गरेको प्रतिबद्धता पूरा गराउन सरकारमा सहभागीका लागि कुराकानी अगाडि बढेको बताउनुभएको छ ।
गोरखापत्रकर्मी खत्री पुरस्कृत
गोरखापत्र दैनिकका सर्लाही समाचारदाता जनार्जन खत्री प्रथम स्व. गजेन्द्र नारायण सिंह स्मृति सर्लाही पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ ।
झरझरा खोलामा पुल बनेपछि सहज
सर्लाहीको उत्तरी भेगमा पर्ने लालबन्दी नगरपालिका–१५, स्थित झरझरा खोलामा पुल निर्माण भएपछि स्थानीय बासिन्दालाई खोला वारपार गर्न निकै सहज भएको छ।
सडकमै फालिन्छ ल्याबको फोहोर
सप्तरी सदरमुकाम राजविराजमा अव्यवस्थित, दुर्गन्धित र शौचालयबिना ल्याबहरू सञ्चालन गरिएको छ। महदेवा गाउँपालिका–४ का नजवुन खातुन बिरामी नातीको दिसा जाँच गराउन सोमबार बिहानै मङ्गलम डायग्नोस्टिकमा पुग्नुभएको थियो। डाक्टरले दिसा जाँच गराउन लगाएपछि उहाँ ल्याबमा पुग्नुभएको थियो। उहाँले जाँच गराउन गएको ल्याबमा शौचालय नहुँदा ल्याब अगाडिकै सडकमा उहाँले नातीलाई दिसा गराइरहनुभएको थियो। उहाँले ल्याबमा ट्वाइलेट नभएर बच्चालाई यहाँ दिसा गराउन लागेको सुनाउनुभयो।
एम्बुलेन्स दुर्घटना : ६ जना घाइते
बिरामी बोकेर अस्पतालतर्फ जाँदैगरेको एम्बुलेन्स दुर्घटना भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते जति सबै महिला तथा नाबालक रहेका छन् ।
राष्ट्रिय परिचयपत्र बनाउने बढे
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तीर्थराज भट्टराईले राष्ट्रिय परिचयपत्र बनाउन बारामा ४१ हजार ८३६ जना व्यक्ति आबद्ध भएको बताउनुभएको छ।
जसपा नेताद्वारा भट्टराईलाई श्रद्धाञ्जलि अर्पण
नेपाल पत्रकार महासङ्घ सप्तरी शाखाका संस्थापक तथा मिडिया काउन्सिलका अध्यक्ष शिवहरी भट्टराईलाई जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवसहित पार्टीका नेता तथा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।
संरक्षणको अभावमा बढेनन् सालका बिरुवा
वैज्ञानिक वनको अवधारणा अनुरूप रौतहटको वन क्षेत्रमा हुर्काइएका सालका बिरुवा संरक्षणको अभावमा हुर्कन सकेका छैनन्।