चिसो मुक्त कक्षा कोठामा पढ्न पाउने भए बालबालिका
चिसो भुईँमा पढ्न बाध्य रौतहटको सदरमुकाम गौरस्थित एक विद्यालयका बालबालिका अब चिसो मुक्त कक्षा कोठामा पढ्न पाउने भएका छन् ।
सदाय समुदायका किशोरीहरु पढ्न पाएपछि खुशी
सखुवानन्कारकटि गाउँपालिका –३ पोर्ताहा गाँउमा श्री जनता माध्यमिक विद्यालय भए पनि त्यस गाँउका दलित (मुसहर) समुदायका शिक्षाबाट बञ्चित रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीहरु अहिले पढने वातावरण मखमली उडान सिकाइ केन्द्रले जुराइदिएपछि खुशी भएर पढ्न थालेका छन् ।
सर्लाहीको हरिपुरमा चिसोले कठ्याङग्रिएर थप एक जनाको मृत्यु
सर्लाहीको हरिपुरमा चिसोले कठ्याङग्रिएर थप एक जनाको मृत्यु भएको छ । हरिपुर नगरपालिका–९, पिडारी टोल बस्ने ५० वर्षीय राजेन्द्र चौधरीको चिसोले कठ्याङग्रिएर मृत्यु भएको हो । चिसोले कठ्याङग्रिएर श्वासप्रश्वासमा समस्या हुनासाथ चौधरीलाई उपचारका लागि नमूना अस्पताल हरिवन पु¥याइएको थियो ।
सेवा अस्तव्यस्त सेवाग्राही हैरान
सप्तरीका सामुदायिक विद्यालय र स्थानीय तह, वडा कार्यालयका कर्मचारीहरू समयमा कार्यालय नआउँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ। सरकारी कार्यालयहरूमा एक/दुई दिनमा हुने कामलाई हप्तौँ र महिनौँसम्म लाग्ने गरेको छ। शम्भुनाथ नपा–६ की सेवाग्राही प्रतिमा चौधरीलाई घरेलु तथा साना उद्योग कार्यालय सप्तरीमा बिहीबारदेखि मङ्गलबारसम्म कार्यालय धाउँदा पनि हाकिम नभएपछि फेरि शुक्रबार आउन भनियो।
भुइँमै बसेर पढ्छन् बालबालिका
रौतहटको सदरमुकाम गौरस्थित एक विद्यालयका बालबालिका पुस महिनाको जाडोमा पनि चिसो भुइँमा बसी पढ्न बाध्य छन्। गौर नगरपालिका–८, पुरेनवामा रहेको श्री आधारभूत विद्यालयमा डेस्क बेन्च नभएपछि बालबालिका चिसो भुइँमा बसेर पढ्न बाध्य भएका हुन्। विद्यालयमा १ देखि ८ कक्षासम्म पढाइ हुने गरेको छ।
मधेश प्रदेशः अझै सत्ता समीकरण स्पष्ट भएन
सङ्घमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथग्रहण यही पुस ७ र नयाँ सरकार गठनको प्रक्रिया सुरु हुँदा मधेश प्रदेशमा भने सत्ता समीकरण प्रष्ट भएको छैन ।
मधेश प्रदेशमा कसैको छैन बहुमत
मधेश प्रदेश सभामा यस पटक १० वटा राजनीतिक दलको प्रतिनिधित्व कायम भएको छ। कुनै पनि राजनीतिक दलले एकल बहुमत नल्याएका कारण यहाँ दुईभन्दा बढी दल मिलेर सरकार बनाउनुपर्ने छ तर सत्तापक्ष र प्रतिपक्षीय गठबन्धन बनाएर चुनावमा होमिएका दलसँग पनि बहुमत नभएपछि मधेश प्रदेश सरकार कसको नेतृत्वमा बन्ला अझै स्पष्ट भइसकेको छैन।
नगरप्रमुखकै निर्देशनमा गैर कानुनी असुली
वीरगन्ज महानगरपालिकाको स्वामित्वमा वडा नम्बर ३ जिल्ला मालपोत कार्यालय नजिकै रहेको खाली जग्गामा वीरगन्ज महानगरपालिकासँग ठेक्का सम्झौता नै नगरी दोब्बर पार्किङ शुल्क असुली गरे पनि नियामक निकाय मौन रहेका छन् ।
सर्लाहीमा चिसोले कठ्याङ्ग्रिएर दुईको मृत्यु
सर्लाहीको हरिपुर नगरपालिका–९ पिडारीमा चिसोले कठ्याङ्ग्रिएर दुई साताको अवधिमा मुसहर समुदायका दुई जनाको ज्यान गएको छ ।
सर्लाहीमा चिसोले कठ्याङ्ग्रिएर दुईको मृत्यु
सर्लाहीको हरिपुर नगरपालिकामा चिसोले कठ्याङ्ग्रिएर दुई जना मुसहर प्रतिनिधिको मृत्यु भएको छ । हरिपुर नगरपालिका –९, पिडारीका ४० वर्षीय रमेश माझी र हरिपुर नगरपालिका –६, लक्ष्मीपुर कोद्राहका ६५ वर्षीय रामभगत माझीको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको हो ।
मूल्य निर्धारण नगरी उखु क्रसिङको तयारी, उखु कृषककोअसहयोगको चेतावनी
महोत्तरीको गौशाला नगरपालिका १ स्थित एभरेष्ट चिनी मिलले सिजन ०७९/८० का लागि उखु क्रसिङको तयारी गरेको छ । चिनी मिलले पुस महिनाको पहिलो साताभित्रै उत्पादन सुरु गर्ने लक्ष्यसहित आवश्यक तयारी थालेको हो ।
कलम उद्योग स्थापना
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा कलम उद्योग सञ्चालनमा आएको छ। शुक्रबारदेखि सञ्चालनमा आएको वीणाशक्ति पेपर एन्ड स्टेसनरी प्रोडक्ट नामक कलम उद्योगमा २५ करोड रुपियाँ लगानी भएको बताइएको छ। बारा जिल्लाको चैनपुरमा स्थापना भएको यस कलम उद्योगले २४ घण्टामा चार लाखसम्म विभिन्न प्रकारका कलम उत्पादन गर्ने सो उद्योगका सञ्चालक मनोजकुमार मरोदियाले बताउनुभयो। यो उद्योगले मुलुकमा खपत हुने कलमको ४० देखि ५० प्रतिशत माग पूरा गर्ने उहाँले बताउनुभयो।
थारु सङ्ग्रहालय महोत्तरीकाे भंगहामा बन्ने
भंगहा नगरपालिका–७ मा थारु सङ्ग्रहालय बन्ने भएको छ । थारु सङ्ग्रहालय निर्माणस्थलको निरीक्षणपछि आयोजित एक कार्यक्रममा सहरी विकास मन्त्री मेटमणि चौधरीले थारु सङ्ग्रहालय निर्माण गर्ने घोषणा गर्नुभएको छ ।
कीर्ते गरी बैंकबाट ६६ लाख रूपियाँ निकासा
महोत्तरी जिल्लाको मटिहानीमा रहेको प्रसिद्ध लक्ष्मीनारायण मठका महन्थलाई प्रहरीले कीर्ते गरेको आरोपमा पक्राउ गरेका छन् । नेपालको सबैभन्दा ठूलो मठको रुपमा चिनिएको लक्ष्मीनारायण मठका महन्थ जगन्नाथ दास शास्त्रीलाई महोत्तरी प्रहरीको सहयोगमा रुपन्देही प्रहरीले पक्राउ गरेको जनाइएको छ ।
धनुषामा बसले मोटरसाइकलाई ठक्कर दिँदा एकजनाको मृत्यु
धनुषाको मिथिला नगरपालिका–५, स्थित पूर्व–पश्चिम राजमार्गमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।
चिसोले मधेशका जनजीवन प्रभावित
यसपालि लाग्दो पुसमै चिसो निकै छिप्पिएको छ । महोत्तरीसहितका मध्यपूर्वी तराईमा यसपालि मङ्सिर तेस्रो साता अन्त्य हुनासाथै चिसो निकै बढेको हो । विगत वर्षहरूमा मध्य पुसदेखि बढ्ने गरेको चिसो हावा बहने क्रम यसपालि भने मङ्सिर चौथो साता सुरु भएसँगै बढेको हो ।
अनाज बेच्न पाउँदा किसान खुसी
सर्लाहीको उत्तरी चुरेभेगमा उत्पादन भएका अनाजले बजार पाउन थालेपछि किसान खुसी भएका छन्। भौगोलिक रूपमा विकट रहेको चुरेभेगका बस्तीबाट खोलाको बगर हुँदै यातायात सञ्चालन भएसँगै त्यहाँका किसानले उत्पादन गरेको अन्नले बजार पाउन थालेको हो। चुरेभेगमा पर्ने नारायण खोला, शिर कालिन्जोर, भित्रीखोला, पीपलदमारलगायत क्षेत्रका किसानले मकै, कोदो, कुर्थी, बोडीलगायतका अनाज बजार ल्याएर बेचिरहेका छन्। ती ठाउँबाट जिल्लाकै प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको लालबन्दी बजारसम्म बस, बोलेरो र ट्याक्टर सञ्चालन भएपछि किसानलाई सहज भएको हो। वर्षाको बेला खोलामा बाढी आउँदा यातायातका साधन ठप्प हुँदा कृषि उपजले बजार नपाए पनि हिउँद याममा भने नियमित गाडी चल्न थालेपछि गाउँघरमा उत्पादन भएका अनाज बजार ल्याएर बेच्न पाएको लालबन्दी नगरपालिका–१५, शिर कालिन्जोरकी पार्वती तामाङले बताउनुभयो।
हुलाकी सडक निर्माण गर्न दबाब
सर्लाहीस्थित पूर्व–पश्चिम हुलाकी सडकमा विवाद भएका ठाउँमा विवाद मिलाउनका लागि सम्बन्धित पालिकालाई एक हप्ता समय दिइएको छ। सदरमुकाम मलङ्गवामा बसेको सर्वपक्षीय बैठकले ‘साइड क्लियर’ नहुँदा काम रोकिएका ठाउँमा समस्या समाधानका लागि पालिकालाई जिम्मेवारी दिने निर्णय गरेको हो। त्यसको नेतृत्व पालिकाका प्रमुखले गर्ने भनी निर्णयमा उल्लेख छ।
किसान सस्तोमा उखु बेच्न बाध्य
रौतहटको श्रीराम सुगर मिल बन्द भएपछि रौतहटका उखु उत्पादक किसानले कम मूल्यमै सखर उद्योगलाई उखु बिक्री गर्न थालेका छन् । रौतहटको अर्को बाबा बैजुनाथ सुगर मिलले क्रसिङ सुरु नगरेका कारण पनि किसान सखर उद्योगलाई उखु बेच्न बाध्य भएका हुन् । गत वर्ष सरकारले उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५९० रुपियाँ तोकेको थियो । यस वर्ष मूल्य तोक्न ढिला भएको छ । किसानले सखर उद्योगलाई प्रतिक्विन्टल चार सय रुपियाँमा उखु बेचेका छन् ।
मधेस प्रदेशको प्रदेश सभा निर्वाचन परिणाम प्रतिवेदन प्रदेश प्रमुखलाई
निर्वाचन आयोगले मधेश प्रदेशको प्रदेश सभा सदस्य निर्वाचन परिणामसहितको प्रतिवेदन शनिबार प्रदेश प्रमुखलाई बुझाएको छ । निर्वाचन आयोगका आयुक्त सगुनसम्शेर जवरा नेतृत्वको टोलीले प्रदेश भवनस्थित प्रदेश प्रमुखको कार्यालय पुगेर प्रदेश प्रमुख हरिशंकर मिश्रलाई प्रतिवेदन बुझाउनु भएको हो ।
रासायनिक मल विना गहुँ छर्दै सप्तरीका किसान
सप्तरीमा धानबालीपछिको दोस्रो बालीको रूपमा लगाउँदै आएको गहुँ छर्ने समय सकिन लागेको छ । बजारमा रासायनिक मल नपाएपछि बाध्य भएर मल विनै किसानले गहुँ छर्ने काम गरिरहेका छन् ।
फुटपाथ र नालामा राखिएका सामग्री हटाउँदै वीरगञ्ज महानगर
वीरगञ्ज महानगरपालिकाले नगरले फुटपाथ र नालामाथि राखिएका सामग्री हटाउने कामलाई तीव्रता दिएको छ ।
नेपाली नक्कली नोटसहित भारतीय नागरिक पक्राउ
नक्कली नेपाली नोटसहित एक जना भारतीय नागरिकलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।
मधेश प्रदेश सभामा थपिए तीन दल
मधेश प्रदेश सभामा यस पटक थप तीनवटा राजनीतिक दलको प्रतिनिधित्व कायम भएको छ। यससँगै प्रदेशको नयाँ सभामा १० वटा राजनीतिक दलको प्रतिनिधित्व हुने भएको छ। निर्वाचन परिणामको आधारमा निर्वाचन आयोगले मधेश प्रदेश सभामा १० वटा राजनीतिक दलको प्रतिनिधित्व कायम गरेको हो। २०७४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि गठित प्रदेश सभामा सातवटा राजनीतिक दलको मात्र प्रतिनिधित्व थियो। अहिले प्रदेश सभामा जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टी थप भएको निर्वाचन आयोगले जनाएको छ।