• ९ मंसिर २०८१, आइतबार

दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई गम्भीर

blog

जनार्जन खत्री
सर्लाही, फागुन ३ गते ।
नवलपुर–मलङ्गवा सडक खण्डअन्तर्गत सर्लाहीको मलङ्गवा नगरपालिका–११, गम्हरियामा बुधबार साँझ दुईवटा भारतीय मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामाअन्य दुई जना गम्भीर घाइते भएका छन् । तीव्र गतिमा रहेका बीआर ३० डी ३५१८ र बीआर ०६ बीपी ४१७२ नम्वरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मलङ्गवा नगरपालिका–११, गम्हरिया बस्ने १५ वर्षीय विकास रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

रायको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ । दुर्घटनामा गम्भीर घाइते सोही ठाउँका १६ वर्षीय निरज पटेल र १७ वर्षीय रोशन पासवानको  प्रादेशिक अस्पताल मलङ्गवामा प्राथमिक उपचार गरी वीरगञ्जतर्फ रेफर गरिएको छ ।