सप्तरीमा गापाको आन्दोलनको कार्यक्रम स्थगित
सप्तरीको अग्नीसाईर कृष्णाससरन गाउँपालिकामा आन्दोलनका सबै कार्यक्रम स्थगित भएको छ । गाउँपालिकामा बुधबार ४ बुँदे सहमति भएपछि आन्दोलनका सबै कार्यक्रम स्थगित गर्ने दुवै पक्ष बिच सहमति भएको हो ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमी विजयी
आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले जनकपुरमा जारी प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगितामा मङ्गलबार जित निकालेको छ ।
बर्दिबासमा आदिवासी जनजाति महोत्सव फागुन २४ देखि सुरु
बर्दिबासमा आदिवासी जनजाति महोत्सवको चौथो संस्करण अर्को सातादेखि हुने भएको छ । महोत्सवले सुस्त बनेको व्यापार व्यवसायलाई चलायमान बनाउनुका साथै स्थानीय उत्पादनको बजारीकरण र प्रवर्द्धनमा योगदान पुग्ने जनाइएको छ ।
हरिपूर्वा नगरपालिकाकाे सेवा ठप्प, १७ दिनदेखि कर्मचारी आन्दोलित
पटक–पटकको प्रयास र तनावका बिच नगर सभा सम्पन्न भए पनि अझै तलब नपाएको भन्दै सर्लाहीको हरिपूर्वा नगरपालिकाका कर्मचारीले १७ दिनदेखि धर्ना जारी राखेका छन् ।
जनमतको अवरोधपछि स्थगित
मधेश प्रदेश सभाको मङ्गलबार दोस्रो अधिवेशनको १३ औँ बैठक बसेको छ । सभाको बैठक सुरु भएलगत्तै जनमत पार्टीका सभा सदस्यहरूले नाराबाजीसहित रोस्ट्रम घेराउ गरेपछि सभामुख रामचन्द्र मण्डलले तत्काल १० मिनेटका लागि बैठक स्थगित गर्नुभएको थियो । त्यसपछि स्थगन गरिएको बैठक अर्को सूचना नहुञ्जेलसम्मका लागि स्थगित
सप्तरीमा दुग्ध उत्पादक सहकारी संघ आन्दोलनमा
दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेड, महुली सप्तरी दुग्ध उत्पादक कृषकहरूको समस्या समाधानको लागि आन्दोलनमा उत्रेका छन् ।
पानीविहीन पोखरी, प्यास मेट्न भौँतारिँदै वन्यजन्तु
वन्यजन्तुलाई सहजरुपमा खानेपानी उपलब्ध गराउने उद्देश्यले रौतहटको वन क्षेत्रभित्र बनाइएका पोखरी पानीविहीन अवस्थामा छन् । जसका कारण जनावर पानीका लागि भौँतारिनुपर्ने अवस्था छ ।
विद्यार्थीको क्षमता देखाउने थलो बन्दै ए.एफ.यु.मेला
जलेश्वर नगरपालिकाको वडा नं. ४ मा रहेको शुकदेव माध्यमिक विद्यालयको प्राविधिक शिक्षालय तर्फका विद्यार्थीहरूले यसक्षेत्रमा निर्माण गर्न सकिने विभिन्न परियोजनाहरूलाई प्रोजेक्टको रूपमा प्रस्तुत गरेका छन् ।
कटान रोक्न तटबन्ध निर्माण कार्य सुरु
सिरहा र सप्तरीको सीमा रहेको बलान नदीले लहान नगरपालिका-२३ मा सुख्खा माैसममा समेत जारी राखेको कटान रोक्न तटबन्ध निर्माण कार्य सुरु गरेको छ ।
निजगढ वर्कसप विस्फोट : थप दुईको मृत्यु
निजगढ नगरपालिका–७ मा सोमबार शङ्कास्पद वस्तु विस्फोट हुँदा थप दुई जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनुको सङ्ख्या तीन पुगेको छ ।
बाराको तरकारी काठमाडौँमा प्रतिबन्ध
बारामा उत्पादित आलु र गोलभेँडामा विषादीको मात्रा अत्यधिक भेटिएपछि काठमाडौँका बजारमा प्रतिबन्ध लगाइएको छ । नेपाल सरकारले सूचीकृत गरेको विषादी औषधीको सट्टा कृषि विज्ञको सल्लाहबिना अन्य विषादी औषधी प्रयोग गरेका कारण काठमाडौँको कालीमाटी तरकारी बजारमा यहाँबाट उत्पादित आलु र गोलभेँडा बिक्रीमा प्रतिबन्ध गरिएको कृषि ज्ञान केन्द्र कलैयाका बाली संरक्षण अधिकृत समसुल ह
सर्लाहीमा भारतीय गाडी ठोक्किँदा दुई जनाको मृत्यु
हुलाकी सडक अन्तर्गत सर्लाहीको कौडेना गाउँपालिका–३, मा सोमबार राति भारतीय स्कारपियो र मोटरसाइकल जुध्दा दुई युवकको मृत्यु भएको छ ।
मुलुकलाई समृद्ध बनाउन खेलकुदको महत्त्वपूर्ण भूमिका: पूर्व राष्ट्रपति भण्डारी
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकलाई समृद्ध बनाउन खेलकुदको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।
सिलिन्डर विस्फोट हुँदा एकको मृत्यु
निजगढ नगरपालिका–७ मा ग्याँस सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना गम्भीर घाइते भएका छन् ।
आजदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं ५ महेन्द्रनगरस्थित क्षीरेश्वर जनता उच्च माध्यमिक विद्यालयको खेल मैदानमा आजदेखि मदन भण्डारी प्रथम राष्ट्रिय महिला हक्की प्रतियोगिता आयोजना हुने भएको छ ।
जन्मदर्ता नहुँदा शिक्षाबाटै वञ्चित
धनुषाको धनौजी गाउँपालिका–२, तत्मा टोलकी लिलम मण्डलको विवाह भएको नौ वर्ष भयो । हाल उहाँका तीन सन्तान छन् तर उनीहरूको जन्मदर्ता नहुँदा विद्यालय जानबाट वञ्चित छन् ।
छोरी जन्मिएपछि अस्पतालमै छाडेर फरार भइन् आमा
काठमाडौंको एक अस्पतालमा शिशु चोरी भएको घटना सेलाउन नपाउँदै पर्साको वीरगञ्जमा भने छोरी जन्मिएको भन्दै नवजात शिशुलाई अस्पतालमै छाडेर एक जना आमा फरार भएकी छन् ।
कुपोषणले आक्रान्त मधेश
अन्नको भण्डार मानिएको मधेश प्रदेश कुपोषणले आव्रmान्त छ । यहाँको समाज समावेशी छ तर भोजनमा समावेशिता नहुँदा कुपोषण चुनौतीपूर्ण बन्दै गएको विज्ञहरूले जनाएका छन्
मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
सर्लाहीको गोडैता नगरपालिका–८, स्थित भित्री सडकमा शनिबार राति मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।
पाल्हीनन्दनको नन्दनगर पर्यटकको रोजाइमा
पछिल्लो समय पश्चिम नवलपरासीका पर्यटकीय स्थलमा पर्यटकको चाप बढेको छ । प्रायः सुनसान रहने यहाँका पर्यटकीय क्षेत्रमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ ।
२० लाख बालबालिकालाई दादुरा-रुवेलाविरुद्ध खोप
मधेश प्रदेशमा लक्षित उमेर समूहका करिब २० लाख बालबालिकाका लागि दादुरा–रुवेला खोप अभियान सञ्चालन गरिने भएको छ ।
आगामी बजेटमा मधेशलाई विशेष व्यवस्था हुन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेटमा मधेशलाई विशेष व्यवस्था गरिने बताउनुभएको छ ।
प्रधानमन्त्री प्रचण्ड आज सर्लाही आउनुहुँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (शनिवार) सर्लाही आउँदै हुनुहुन्छ । बागमती नगरपालिकाले पहिलो पटक आयोजना गरेको बृहत् शैक्षिक तथा सांस्कृतिक महोत्सवलाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड सर्लाही आउन लाग्नुभएको हो । बागमती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले महोत्सवको सम्पूर्ण तयारी भइसकेको जानकारी दिनुभयो ।
कार्यसम्पादनमा हरिपूर्वा कमजोर
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा सर्लाहीको हरिपूर्वा नगरपालिकाले देशभरमै सबैभन्दा कम अङ्क प्राप्त गरेको छ ।