छठका लागि सिँगारियो बागेश्वरी मन्दिरको तलाउ
आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइने छठ पर्वलाई विशेष रुपमा सम्पन्न गर्न नेपालगन्जस्थित बागेश्वरी मन्दिर परिसरमा रहेको ठुलो तलाउलाई झिलिमिलि पारेर सिङ्गारिएको छ ।
सामा-चकेवा खेलिँदै
नेपालको पूर्वी तराई भेगमा मनाइने विभिन्न धार्मिक तथा आध्यात्मिक सांस्कृतिक पर्वमध्ये अत्यन्त लोकप्रिय पर्व हो 'सामा–चकेवा' ।
भूमिहीनले पाए लालपुर्जा
सर्लाहीमा राष्ट्रिय भूमि आयोग जिल्ला कार्यसमितिले भूमिहीन दलित र भूमिहीन सुकुमवासीलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गर्न सुरु गरेको छ । आयोगले ईश्वरपुर र हरिवन नगरपालिकामा २५ जना भूमिहीनलाई लालपुर्जा वितरण गरी यस कार्यको शुभारम्भ गरेको हो । आयोगको सर्लाही जिल्ला समितिका प्रवक्ता मदनबहादुर विश्वकर्माले मधेश प्रदेशमै पहिलो पटक आयोगले यहाँबाट भूमिहीनलाई लालपुर्जा वितरण गर्न सुरु गरेको दाबी गर्नुभयो ।
गोरखापत्रका नायब कार्यकारी सम्पादक मिश्र सम्मानित
गोरखापत्र राष्ट्रिय दैनिकका नायब कार्यकारी सम्पादक कुमार विवेकानन्द मिश्रलाई सम्मान गरिएको छ । लोक आस्थाको महापर्व छठको अवसरमा बज्जिका साहित्य सङ्गम रौतहटले गौरमा मिश्रलाई सम्मान गरेको हो । गौर नगरपालिका–२ का पूर्ववडाध्यक्ष राकेशकुमार झाले मिश्रलाई फूलमाला, अबिर र दोसल्ला ओढाएर सम्मानपत्रसहित सम्मान गर्नुभएको हो । नेपाल पत्रकार महासङ्घ रौतहट शाखामा दुई कार्यकाल अध्यक्षसमेत रहनुभएका मिश्रलाई रौतहटको पत्रकारिता क्षेत्रको विकासमा पनि उल्लेखनीय योगदान रहेको तथा बज्जिका भाषा विकासका लागि लामो समयदेखि कलम चलाइरहेकाले सम्मान गरिएको हो ।
बैङ्कहरूले पठाएनन् उखु किसानको अनुदान
बैङ्क तथा वित्तीय संस्थाले उखु किसानलाई दिनुपर्ने अनुदानबापतको रकम समयमै हस्तान्तरण नगरिदिँदा सर्लाहीका उखु किसानको छठपर्वसमेत खल्लो भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले कात्तिक २३ गते विभिन्न बैङ्क, वित्तीय संस्था तथा सहकारीका खातामा एकमुस्ट रकम पठाइदिएको थियो तर कात्तिक २४ गते शुव्रmबार बैङ्क खुलेदेखि ३० गतेसम्म तिहार बिदा भयो । मङ्सिर १ गते शुक्रबार बैङ्क खुले पनि अधिकांश बैङ्कले किसानको खातामा पैसा पठाएका छैनन् । चाडपर्वका समयमा समेत व्यस्तताका नाममा बैङ्क खातामा पैसा हस्तान्तरण नगरिदिँदा दसैँ मात्र नभएर तिहार र छठसमेत खल्लो भएको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताउनुभयो ।
सर्लाहीका २७४ स्थानमा छठघाट
सर्लाहीमा छठ पूजाका लागि २७४ स्थानमा छठघाट निर्माण गरिएको छ। जिल्ला प्रहरी कार्यालयले सङ्कलन गरेको विवरण अनुसार २० वटा पालिकाका २७४ स्थानमा छठको पूजा स्थल तयार पारिएको हो।
दुई करोडको लागतमा राम मन्दिर निर्माण हुने
सप्तरी राजविराजको पहिचान गराउनेमध्येको एक रहेको राम मन्दिर निर्माण कार्यमा स्थानीयले तदारुकता देखाएका छन् । शनिबार मन्दिर निर्माणका लागि राजविराज–६ का खुसीलाल यादव कोशिलादेवी यादव दम्पतीले एक लाख ५६ हजार नगद दान गरेका छन् ।
पच्चिस वर्षपछिको जनकपुरधामबारे चर्चा
जनकपुरधाममा मधेश मानसको आयोजनामा भएको वैचारिक बहसमा २५ वर्षपछिको जनकपुरधामका बारेमा चर्चा भएको छ । जनकपुरधामको गङ्गासागर डिलमा भएको बहसअन्तर्गत पहिलो सत्रका वक्ताहरूले २५ वर्षपछिको जनकपुरधामबारे चर्चा गरेका थिए ।
युवतीको शव कब्रस्थानबाट निकालेर परीक्षण गरिँदै
सर्लाहीको हरिवन नगरपालिका–११, बालगङ्गामा छ दिनअघि गाडिएको युवतीको शव खाल्डोबाट निकालेर परीक्षण गरिने भएको छ ।
चाडबाडको मौका पारेर काठ तस्करी
चाडबाड लागेदेखि सागरनाथ वन विकास परियोजना मातहतको जङ्गलमा काठ तस्करको रजाइँ चलेको छ । माईस्थान र टुटेश्वरस्थित सबडिभिजन वन कार्यालयले उखुघारी, आँप बगैँचा र परियोजनाको जङ्गलबाट ठुलो परिमाणमा चोरी तस्करीका काठ बरामद गरेको छ । चाडबाड लागेदेखि परियोजनाको जङ्गलबाट काठ चोरी हुने क्रम बढ्दै गएको वनकर्मीले बताएका छन् । वन कर्मचारीको गौशाला–८ स्थित ढल्केबर सामुदायिक वनको सिसौ घारीबाट बेवारिसे अवस्थामा ४० क्युफिटको १६ थान युक्लिप्टसको काठ बरामद गरिएको हो । काँचै अवस्थामा भेटिएका ती काठ परियोजनाको जङ्गलबाट कसले चोरेको हो भन्ने खुल्न सकेको छैन ।
छठ पर्व : सबैको मन जोड्ने सेतु
अहिले जनकपुरधामसहित तराई मधेसमा यस्ता लोकगीत गुञ्जिएका सुनिन्छन् । चार दिवसीय छठ पर्वको आज खरना मनाइँदैछ । छठ पर्वको पहिलो दिन शुक्रबार बर्तालुले नहाखाए अर्थात् नुहाएर मात्र चोखो बस्त्र धारण गरेर बिना प्याज, लसुनको अरबा चामल सेवन गरेका थिए । पहिलो दिन चतुर्थीलाई ‘अरबा–अरबाइन’ वा नहा खाय भनिन्छ । यो दिनमा बर्तालुले खोला, नाला, नदी, पोखरी र तलाउलगायतका जलाशयमा गई नुहाइधुवाइ गरेर शुद्ध भई चोखो खाना खाने गर्छन् ।
छठघाटका लागि विशेष सुरक्षा व्यवस्था
सूर्य उपासना अर्थात् सूर्यदेवको पूजा गरी अत्यन्त निष्ठा र उत्साहका साथ नदी पोखरी र अन्य जलाशयको डिलमा (किनारमा) मनाइने छठ पर्वका व्रतालुहरूको सुरक्षा र भिड नियन्त्रण गर्न विशेष कार्य योजना बनाइएको छ ।
आस्थाको पर्व छठ
छठ पर्वको छुट्टै पौराणिक महत्त्व रहेको छ । हिन्दु धर्ममा सूर्य पूजाको परम्परा वैदिककालदेखि नै रहँदै आएको मानिन्छ । यसले समाजमा रहेका छुवाछूतलगायत विकृति हटाउन सहायक सिद्ध हुने संस्कृतिविद् डा भोगेन्द्र झाले बताउनुभयो ।
गरुडा नगरपालिकाद्वारा छठमा व्रतबस्ने विपन्न महिलालाई पूजा सामग्री वितरण
आर्थिक अभावका कारण छठ पर्व मनाउन नसक्ने अति विपन्न परिवारका व्रतालु महिलालाई रौतहटको गरुडा नगरपालिकाका प्रमुख कन्थमनीप्रसाद जयसवालले सारी एवम् पूजाका सामग्री वितरण गर्नुभएको छ ।
छठ पर्वमा बजार भाउ दोब्बर
हिन्दु धर्ममा आस्थाको महापर्व मानिने छठ पर्व शुक्रबारदेखि विधिवत् रूपमा सुरु भएको छ । एकहप्ता अगावैदेखि उकालो चढेको बजार भाउले छठ महँगिँदै गएको उपभोक्ताहरू बताउँछन् ।
छठमा केराको मूल्य गत वर्षभन्दा दोब्बर
छठ पर्वमा अनिवार्य रूपमा पूजा सामग्रीको रूपमा केरा प्रयोग गर्ने भएपछि अहिले केराको मूल्य दोब्बरले महँगिएको छ । छठ पर्वका लागि अत्यधिक बिक्री हुने केरा यसवर्ष निकै महँगोमा खरिद गर्नुपरेको उपभोक्ताहरूले बताएका छन् ।
छठको पूर्वसन्ध्यामा शान्तिसुरक्षाका लागि प्रहरी र स्थानीय तह सक्रिय
तराई/मधेशको महत्त्वपूर्ण चाड छठ पर्वको तयारीमा स्थानीयवासी व्यस्त छन् । समाजमा चोरी र अपराध गर्नेहरूले यसैको मौका छोपेर तनाव दिने गरेका छन् ।
दैनिक किनमेलको गन्तव्य बन्दै सीमापारिका बजार
चाडवाड नजिकिएसँगै सीमापारिको भारतीय बजार नेपाली सेवाग्राहीको किनमेलको गन्तव्य बनेको छ ।
छठका लागि चार करोडको केरा आयात
छठ पर्वका लागि मधेश प्रदेशको राजधानी जनकपुरधाममा मात्रै रू. चार करोडको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वका वर्तालुका लागि केरा अत्यावश्यक मानिन्छ ।
जनकपुरधामको जलाशयमा छठ पर्वको रौनक
सूर्य देवको उपासना गर्दै मनाइने आस्थाको पर्व छठ शनिबारदेखि विधिवत् प्रारम्भ हुनेछ भने आज नहाय खाय (नुहाउर खाने) चलन छ ।
छठ नजिकिएसँगै बढ्यो माटोका भाँडाको माग
तराई मधेसमा हर्सोउल्लासकासाथ मनाइने पर्व छठ नजिकिएसँगै मधेसका प्रमुख व्यावसायिक केन्द्र तथा ग्रामीण क्षेत्रमा लाग्ने हाटबजारमा माटोको भाँडा विक्रिमा वृद्धि भएको छ ।
जङ्गली हात्तीद्वारा लाखौँको बाली क्षति
महोत्तरीको उत्तरी भेगका प्रवेश गरेका जङ्गली हात्तीले दुःख दिन थालेपछि बर्दीबासको ग्रामीण भेगका बासिन्दा त्रासमा छन् । स्थानीयका अनुसार एक छावासहित पाँच वटा हात्तीले बर्दीबास नगरपालिकाको वडा नं. २ र ५ का आधा दर्जन बस्तीमा प्रवेश गरी क्षति पु¥याउन थालेपछि गाउँले रातभर जाग्राम बस्न बाध्य छन् । गाउँ पसेका पाँच वटामध्ये एक जोडी हात्तीले बर्दीबास–८, हात्तीलेटमा र छावासहितका तीन वटा हात्तीले सोही वडाको लोप्चन टोलमा दुःख दिने गरेको पीडित गाउँलेले जानकारी दिएका हुन् ।
छठपर्वको व्रत विधि सुरु, आज ‘नहाय–खाय’
मिथिला क्षेत्रमा अहिले जताततै छठपर्वको रौनक छ । सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका बासिन्दा जुटेका छन् । पर्वको प्रारम्भ बर्तालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् । कात्तिक शुक्ल तृतीयाकै दिन बर्तालुले उसिना चामल, कोदो, मुसुरो, माछामासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ विधि बिहीबार नै गरेका हुन् । निरामिष [सात्विक] भोजन सुरु गरेर तृतीयाकै दिन व्रतको तयारी थाल्ने परम्परा छ ।
काठेपुलको सहारामा नदी तर्दै यात्रु
स्थानीयहरुले आफ्नो लगानीमा काठेपुल निर्माण गरेपछि धनुषा र सिरहा जोड्ने कमला नदीमा सर्वसाधारण आवतजावत गर्दै ।