• १३ साउन २०८१, आइतबार

ठगी आरोपमा लहानका प्रधानाध्यापक कर्ण पक्राउ

blog

ठगी आरोपमा पक्राउ परेका सिराहा सदरमुकामस्थित चन्द्र नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक मधुसूदन कर्ण । तस्बिर: जीवछ

लहान, माघ २३ गते । व्यवसायीलाई ठगी गरेको आरोपमा सिराहा जिल्लास्थित रहेको चन्द्र नमुना  माध्यमिक विद्यालयका प्रधानाध्यापक मधुसूदन कर्णलाई प्रहरीले पक्राउ गरेको छ । 

नेपाल आयरन स्टोर्स एन्ड जनरल सप्लायर्सका सञ्चालक रोशनकुमार यादवले उच्च अदालत जनकपुर अन्तर्गतको राजविराज इजलासमा दायर गरेको मुद्दाको सुनवाइको आधारमा माघ २२ गते पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ  । 

प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेका अनुसार प्रअ कर्णलाई पक्राउ गरिएको हो । पक्राउपछि पहिलो चरणमा अदालतबाटै सात दिनको म्याद समेत थप गराएको छ  । पक्राउ परेका कर्णलाई प्रहरीले अनुसन्धान जारी राखेको छ । 

चन्द्र  नमुना माध्यमिक विद्यालयको निर्माण कार्यको लागि सिराहा बजारमा रहेको जनरल सप्लायर्सबाट  पटक पटक सिमेन्ट, छड, तार रङ्ग तथा निर्माण उपयोगी समानहरू लगिएको थियो । पसल सञ्चालक रोशन कुमार यादवले १७ लाख ४ हजार ५ सय ८१ रुपैयाँको विल बुझाउँदा आलटाल गरेपछि अदालतमा मुद्दा दायर गर्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो भुक्तानीको लागि विद्यालयमा २०७४ सालदेखि वर्षौँ धाए कुनै सुनवाइ नभएपछि अदालतको सहारा लिनुपर्यो । न्याय मरेको छैन भन्दै अदालतले गरेको फैसलाबाट  आशा जागेको छ । भुक्तानी समयमा नदिँदा निकै व्यापारघााटा सहनु परेको छ  । 

काठमाडौँ उपत्यका बाहिर पहिलो विद्यालय स्थापित भएको चन्द्र  नमुना माध्यमिक विद्यालय तत्कालिन चन्द्र शमशेरको नाउँबाट नामकरण भएको विद्यालय सिराहा सदरमुकाम जिल्ला अदालतसँग जोडिएको छ ।

Author

जीवछ यादव