१७ लाख मूल्य बराबरको अवैध मालसामान बरामद
सशस्त्र प्रहरी कार्यालय धनुषाले १७ लाखभन्दा बढीको अवैध मालसामान बरामद गरेको छ । जिल्लाको मिथिला नगरपालिका–९, बडहरीबाट सोमबार साँझ १७ लाख ३० हजार रुपियाँ मूल्य बराबरको अवैध मालसामान सशस्त्र प्रहरीले बरामद गरेको हो ।
ल्याप्चे छाडेर हस्ताक्षर
धनुषाको सहिदनगर नगरपालिका–५, पचहर्वा मुसहर टोलकी ५० वर्षीया महिला उर्मिला सदा ल्याप्चे लगाउन छाडेर अचेल हस्ताक्षर गर्नुहुन्छ । तीन वर्षअघिसम्म निरक्षर उर्मिला प्रौढ शिक्षा हासिल गरेपछि लेखपढ गर्न थाल्नुभएको हो ।
प्रिन्सिपलको हत्या गर्नेको खोजी जारी
आज दिउँसो अज्ञात समूहले बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका सञ्चालक रुपेश सर्राफको हत्या गरेको छ । मोटरसाइकलमा आएको उक्त समूहले सर्राफको गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिनुभयो ।
राजविराजमा पन्ध्र दिने मेला सुरु
दसैँ तथा शुभदिपावलीको अवसरमा पन्ध्र दिने सांस्कृतिक, पर्यटन तथा कृषि व्यापार मेला सोमबारदेखि सुरु भएको छ राजविराजस्थित राजरङ्गशाला खेलमैदानमा सप्तरी युथ नेपालले आयोजना गरेको सांस्कृतिक, पर्यटन तथा कृषि, व्यापार मेलामा उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउन ३० भन्दा बढी स्टल रहेको सप्तरी युथका उपाध्यक्ष मोहन यादवले जानकारी दिनुभयो ।
महोत्तरीमा डेंगुको लार्भा खोजी र नष्ट अभियान सुरु
महोत्तरीको मनरासिस्वा नगरपालिकामा डेंगु रोगीहरुको सङ्ख्या बढ्दै गएपछि ‘लार्भा खोजी र नष्ट’ अभियान सुरु गरिएको छ ।
भारतीय लगानीमा निर्माण हुन लागेको विद्यालय भवन अलपत्र
धनुषामा भारतीय लगानीमा निर्माण हुन लागेको विद्यालय भवनको निर्माण कार्य अधुरो हुँदा उक्त विद्यालयहरूले थप कार्यक्रम पाउन सकेका छैन ।
‘गुटेरेसले नेपालको सदनलाई सम्बोधन गर्नु गौरवको विषय’
अन्तर्राष्ट्रिय तथा पर्यटन सम्बन्ध समितिका सभापति तथा प्रतिनिधिसभा सदस्य राजकिशोर यादवले संयुक्त राष्ट्रसङ्घको महासचिव एन्टोनियो गुटेरेस नेपालको सदनलाई सम्बोधन गर्नु गौरवको विषय भएको बताउनुभएको छ ।
दुईसय कृषकलाई कृषि औजार सामग्री वितरण
धनुषाको नगराइन नगरपालिका–६ लगमाका दुईसय जना किसानलाई कृषि कर्ममा प्रयोग गरिने औजार खुर्पी, हँसिया र कोदालो एक–एक थान वितरण गरिएको छ ।
सङ्घीयता संस्थागत गर्नुपर्ने उपाध्यक्ष सोनलको जोड
लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेशका अध्यक्ष जीतेन्द्र सोनलले सङ्घीयतालाई संस्थागत गर्नुपर्नेमा जोड दिनुभएको छ । परवानीपुर गाउँपालिका–२ रामपुर टोकनी लोसपा वडा समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सङ्घीयतालाई सबल तुल्याउनुपर्ने बताउनुभयो ।
मोबाइलको विषयमा विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
साथीको हत्यामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
विदेशबाट फर्केर च्याउ खेती
वैदेशिक रोजगारीबाट स्वदेश फर्केका सुनसरीका एक युवकले चार वर्षदेखि आफ्नै घरमा च्याउ खेती थालेका छन् । विदेशमा छोटो समयको काम पाइने र त्यसमा पनि जोखिम धेरै हुने भएकाले जेनतेन दुई वर्ष खाडी मुलुकमा वैदेशिक रोजगारी गरेर स्वदेश फर्केका वराहक्षेत्र नगरपालिका–११, मधुवनका रोशन गुप्ताले घरमै च्याउ खेती थाल्नुभएको हो ।
तीन हजार सवारी कारबाहीमा
बर्दीबासस्थित जिल्ला ट्राफिकले चाडपर्वलक्षित सुरक्षा अभियान सञ्चालन गरेको छ । यस व्रmममा ट्राफिक कार्यालयले यात्रुको सर्वाधिक चाप हुने बर्दीबास, गौशाला रोड तथा जलेश्वरमा यात्रु सहायता कक्ष स्थापना गरी सेवा दिँदै आएको छ । अभियान अन्तर्गत सवारी नियम उल्लङ्घन गर्ने दुई हजार ९४४ सवारीमाथि कारबाही गरी २४ लाख ७५ हजार रुपियाँ राजस्व असुल गरेको जिल्ला ट्राफिक बर्दीबासले जनाएको छ ।
नवविवाहित वरको आज ‘चुमाउन’ गरिँदै
कोजाग्रत पूर्णिमासँगै महोत्तरीसहितका मिथिला क्षेत्रका नवविवाहित जोडीको आज ‘चुमाउन’ विधि गरिँदै छ । पछिल्लो एक वर्ष अवधिभित्र विवाह भएका मैथिल दम्पतीको पहिलो कोजाग्रत पूर्णिमाका दिन दुलही पक्षका आफन्तले दुलाहाका घरमा गएर गरिने वरपूजन परम्पराको ‘चुमाउन’ विधि आज हुन लागेको हो ।
चाडबाडमा निःशुल्क पानी वितरण
चाडपर्वको अवसर पारेर बर्दिबासस्थित साना सहरी सरसफाइ तथा खानेपानी उपभोक्ता सङ्घले महिना दिनका लागि निःशुल्क पानी वितरण गरेको छ ।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, चार घाइते
धनुषाको मिथिला नगरपालिका–६, ढल्केवरस्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।
‘अधिकारका कुरा निर्धक्क राख्छौँ’
धनुषाको सहिदनगर नगरपालिका–५, पचहर्वास्थित मुसहर बस्तीका ५५ वर्षीय श्रीप्रसाद सदा हरवाचरवा अधिकार मञ्चका केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ । आफू पनि बँधुवा मजदुरी गर्ने निरक्षर सदा पहिले आफ्नो हकअधिकारका कुरा राख्न अकमकाउनुहुन्थ्यो । अहिले उहाँ बँधुवा मजदुरलाई मुक्ति दिलाउन र मुसहर समुदायका अधिकारबारे खरर बोल्न सक्ने हुनुभएको छ । उहाँ भन्नुहुन्छ, “पहिला पहिला आफ्नो समस्याको विषयमा बोल्न पनि सकिँदैनथ्यो । अचेल प्रधानमन्त्री, मधेश सरकारका मन्त्री, सभा सदस्य र स्थानीय जनप्रतिनिधिसमक्ष आफ्नो भनाइ निर्धक्क राख्छु ।”
गापा अध्यक्षमाथि गोली प्रहार गर्नेलाई पक्राउ गर्न माग
सर्लाहीको कौडेना गाउँपालिकाका अध्यक्ष रुपेशकुमार यादव (बब्लु) माथि गोली प्रहार भएको छ । दोषीको तत्काल पहिचान गरी पक्राउ गर्न नेपाली कांग्रेसले माग गरेको छ ।
करेन्ट लागेर मृत्यु
सर्लाहीको चक्रघट्टा गाउँपालिकामा शुक्रबार दिउँसो करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
प्रहरीद्वारा घरेलु मदिरा नष्ट
सप्तरीको विष्णुपुर गाउँपालिकामा घरेलु मदिरा तथा भट्टी नियन्त्रणमा लिइ प्रहरीले नष्ट गरेको छ ।
दुर्लभ जनावर सालक भेटियो
सब डिभिजन वन कार्यालय मूर्तियाबाट खटिएको वन गस्ती टोलीले नयाँरोड–बरहथवा सडकअन्तर्गत धरहरा नजिक सडकमा हिँडिरहेको अवस्थामा लोपोन्मुख सालक फेला पारेको हो । सालक शान्त एवम् लजालु स्वभावको स्तनधारी जङ्गली जनावर हो ।
छोराको कुटाइबाट बुवाको मृत्यु
सर्लाहीको हरिवन नगरपालिका –३, डाबरीमा कोदालो प्रहार गरी छोराले बुवाको हत्या गरेका छन् ।
५० रुपियाँको सिक्रीका लागि साथीको हत्या
महोत्तरी जिल्लाको पिपरा गाउँपालिका-५ हर्दिया गाउँमा ५० को सिक्रीका लागि बिहीबार एक युवकको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार स्थानीय राजनारायण पासवानका छोरा १९ वर्षीय आशिक भन्ने वसन्त पासवानको आफ्नै दुईजना साथीले छुरा हानेर हत्या गरेका हुन् ।
मधेशमा मखान बिक्री गर्न र किन्न भ्याइ नभ्याइ
मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रका हाटबजारमा पान र मखानको बिक्री वढेको छ । कोजाग्रत पूर्णिका दिन पान र मखान (पोखरी, तलाउमा फलाइने फल विशेष) खाने/ख्वाइने परम्परा मधेशमा रही आएको छ ।
जनकपुर–अयोध्या हवाई सेवाका लागि सरकारले पहलकदमी लिनुपर्छ : नेता निधि
नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले धार्मिक पर्यटनको माध्यमबाट देशमा आर्थिक समृद्धि हासिल गर्न ऐतिहासिक धार्मिकस्थल जनकपुरधाम र भारतको अयोध्यालाई हवाई सेवामार्फत जोड्न सरकारलाई आग्रह गर्नुभएको छ ।