ठक्करबाट साइकल यात्रीको मृत्यु
सर्लाहीको ईश्वरपुर नगरपालिका २ भक्तिपुर मियाँखोरमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
‘ल्याप्चे होइन अब हस्ताक्षर गर्छु’
धनुषाको शहीद नगर नगरपालिका –५, पचहर्वास्थित मुसहर टोलकी ५० वर्षीया महिला उर्मिला सादा ल्याप्चे लगाउन छाडेर अचेल हस्ताक्षर गर्नुहुन्छ । तीन वर्षअघिसम्म निरक्षर रहनुभएकी उहाँ प्रौढ शिक्षा हासिल गरेपछि फरर लेखपढ पनि गर्नुहुन्छ ।
महादेवामा शुभकामना आदानप्रदान
सप्तरीको महादेवा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)को आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
आम्दानीको स्रोत गुमाउँदै हिमाली क्षेत्रका सामुदायिक वन
तराईका सामुदायिक वनहरूले लोभलाग्दो आम्दानी गर्दै आए पनि पूर्वाधारको राम्रो प्रबन्ध नहुँदा पहाडी तथा हिमाली क्षेत्रका समुदायिक वनहरूले सोचे जस्तो आम्दानी गर्न सकेका छैनन् ।
सामान्य बन्दै मलङ्गवा
सर्लाही सदरमुकाम मलङ्गवा शान्त बनेको छ । बुधवार दिउँसोपख दुर्गा पूजाको मूर्ति विसर्जन गर्ने क्रममा विवाद भएको थियो । मलङ्गवास्थित जिविस चोकमा गरिएको दुर्गा पूजाको मूर्ति अघिल्ला वर्षहरूमा प्रयोग गरिएको बाटो हुँदै सेलाउनका लागि लैजान पाउनुपर्ने माग गरी युवाहरूले प्रदर्शन गर्दा केहीबेर प्रहरीसँग झडप भएको थियो ।
मेलाका लागि नगरपालिकाले २३ लाख सहयोग गर्ने
सप्तरीको वोदेवर्साइन नगरपालिकाले दसैंलगायतका चाडपर्वमा मेला लगाउन २३ लाख रकम विनियोजन गरी भुक्तानी गर्ने कार्यपालिकाबाट निर्णय गरेको छ ।
सुरक्षाकर्मी परिचालन गरेर दुर्गा मूर्ति विसर्जन
सर्लाही सदरमुकाम मलङ्गवामा आज बुधवार व्यापक सुरक्षाकर्मी परिचालन गरेर दुर्गा माताको मूर्ति विर्सजन गरिएको छ ।
बरूण सरोवर
जलेश्वर नगरपालिका-१ स्थित बरूण सरोवरमा भजन किर्तन सहित धार्मिक जलविहार गर्दै भक्तजनहरु ।
कैदीबन्दीलाई प्रजिअले लगाइदिनुभयो टीका जमरा
कारागार प्रशासन कार्यालय सप्तरीमा रहेका चारसय ३८ कैदीबन्दीहरु प्रमुख जिल्ला अधिकारी किरण थापाको हातबाट मंगलवार टीका तथा जमरा ग्रहण गर्नुभएको छ ।
नीलकण्ठको दर्शन, टीका र जमरा ग्रहण
विजया दशमीको दिन मङ्गलबार एकाबिहानै शुभ मानिने नीलकण्ठ पंक्षीको सर्वसाधारणले दर्शन गरेका छन् । ठूलो मान्यजनबाट जमरा लगाएर टीका ग्रहण गर्नु शुभ मानिन्छ ।
गृह सचिवद्वारा छिन्नमस्तामा पूजाअर्चना
नेपाल सरकारको गृहसचिव दिनेश भट्टराईले सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता मन्दिरमा पूजाअर्चना गर्नुभएको छ ।
कंकालिनी मन्दिरमा ६ सय बढी राँगाको बली
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहस्थित नेपालकै प्रसिद्ध कंकालिनी मन्दिरमा यो वर्ष छ सय तीन वटा राँगाको बली दिइएको मन्दिर समितिले जनाएको छ ।
सजाईएको राजदेवी मन्दिर वरपरका क्षेत्र
दसैँको अवसरमा झिलिमिली बत्तीले सजाईएको जनकपुरधामस्थित राजदेवी मन्दिर वरपरका क्षेत्र
एकल महिला तथा ज्येष्ठ नागरिकलाई साडी र मिठाइ वितरण
दसैंको खुशी साट्न ज्येष्ठ नागरिकलाई सम्मान तथा मातारानीको खोइछ भर्न एकल महिलालाई साडी वितरण गरिएको छ । सप्तरीको राजविराज नगरपालिका वडा १५ का अति विपन्न, गरिब, असहाय तथा एकल महिलालाई साडी, मिठाई तथा दसैं ंखर्च वितरण गरी बडादसैको अवसरमा शुभकामना साटासाट गरिएको छ ।
मिथिलाञ्चलका शक्तिपीठमा खोइँछा र लड्डु चढाउने भक्तजनको भीड
जनकपुरधामसहित मिथिलाञ्चलका शक्तिपीठमा खोइँछा भर्ने तथा लड्डु चढाउने भक्तजनको भीड लागेको छ । वडाँदसैँको आठौँ दिन महाअष्टमीको अवसरमा विभिन्न शक्तिपीठमा शनिबार मध्यरातिदेखि नै खोइँछा भर्ने र लड्डु चढाउने कार्यक्रम चलिरहेको छ ।
अस्पतालमा दाताको नाम राखिने
मधेश प्रदेश सरकारले प्रादेशिक अस्पताल लहानमा दाताको नामसमेत थप्ने निर्णय गरेपछि लहानका बासिन्दा खुसी भएका छन् । मधेश प्रदेश मन्त्रीपरिषद्ले दाताको नामसमेत राखेर अस्पतालको नामकरण गर्ने निर्णय शुक्रबार गरेको थियो । दाता परिवारकै नाम
बस चल्यो तर जोखिमपूर्ण यात्रा
सर्लाहीको सबैभन्दा दुर्गम भेगमा पर्ने नारायण खोलामा बस सञ्चालन हुन थालेको छ । वडा कार्यालयले खोलाको बाटो मर्मत गरेपछि लालबन्दी नगरपालिका–१४ मा पर्ने नारायण खोलाको सबै भेगसम्म बस सञ्चालन हुन थालेका हुन् । सडक नपुगेको त्यस क्षेत्रमा हिउँदमा पानी कम भएका बेला खोलाको बगरबाट बस गुड्ने गरेका छन् ।
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
हुलाकी राजमार्गको विष्णुपुर गाउँपालिका-१ जमुनीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको आज मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको बोदेबरसाइन नगरपालिका-१ का ३५ वर्षीय रेमन्त साह रहेको प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो ।
प्रहरीलाई ११ थान साइकल प्रदान
कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साहले जिल्ला प्रहरी कार्यालय बारालाई ११ थान साइकल हस्तान्तरण गर्नुभएको छ ।
राजविराज महोत्सव आयोजना हुने
सप्तरी सांस्कृतिक पर्यटन कृषि तथा व्यापारिक महोत्सव राजविराज आयोजना हुनेभएको छ । कात्तिक ११ देखि २६ गतेसम्म आयोजना हुने मेलामा ३० वटा स्टल राखिने आयोजकले जनाएको छ ।
पत्रकारले सही तथ्य बाहिर ल्याउनु पर्छ : मुख्यमन्त्री यादव
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशका पत्रकारलाई दक्ष बनाउन विभिन्नखालका तालिम गोष्ठीको आयोजना गर्न आमसञ्चार प्राधिकरण मधेश प्रदेशलाई निर्देशन दिनुभएको छ ।
उखुको अनुदान माग गर्दै प्रदर्शन
नेपालीहरुको महान चाड दसैंमा समेत सरकारले उखुको अनुदान उपलब्ध नगराएपछि सर्लाहीका उखु किसानले शुक्रबार हरिवनमा प्रदर्शन गरेका छन् ।
प्रहरी र पत्रकार बीच शुभकामना आदानप्रदान
प्रहरीले आफ्नो एक महिने प्रगति विवरण सार्वजनिकसहित प्रहरी र पत्रकारबीचमा एकले अर्कालाई सुस्वास्थ्य, दीर्घायु, भाईचारा र आपसि सद्भावका लागि शुभकामना आदानप्रदान गरिएको हो ।
सीमा सुरक्षामा गम्भीर हुन १४३ वडाध्यक्षको एपिएफलाई आग्रह
चाडपर्वको समयमा नेपाल–भारत खुला सिमानाले अवैध क्रियाकलाप हुने भएको सीमा सुरक्षामा गम्भीर हुन सशस्त्र प्रहरीलाई सीमा क्षेत्रका जनप्रतिनिधिहरूले आग्रह गरेका छन् ।