ललिता साह
सप्तरी, पुस २२ गते । मधेश प्रदेश सरकारले अध्यादेशबाट स्थापना गरिएको मधेश कृषि विश्वविद्यालयमा पढाइ हुँदै आएका बिएसिएजी अनर्सको दोस्रो भर्नाको लागि शनिवार प्रवेश परीक्षा लिइएको छ।
शनिवार लिइएको परीक्षामा मदेशका आठ वटै जिल्ला र रामेछाप सिन्धुली लगायत १० वटा जिल्लाका ७२ जना छात्रासहित एक सय ४३विद्यार्थीले विश्वविद्यालयको प्रवेश परीक्षामा सहभागी भएको विश्वविद्यालयका रजिस्टार भगवान् ठाकुरले जानकारी दिनुभयो । विश्वविद्यालयले नयाँ भर्नाको लागि कार्तिक १९ विज्ञापन आह्वान गरेका थिए ।प्रवेश परीक्षाको नतिजा आएसँगै एक महिनाभित्र नाम दर्ता भएर पठनपाठन सञ्चालन भइसक्ने विश्वविद्यालयले जनाएको छ।
१० वटा मेरिट कोटा (१०० प्रतिशत फ्री पढ्न पाउने) ९ आरक्षित महिला, दलित, जनजाति आदिवासी, सहिद, द्वन्द्व प्रभावित र स्थानीय, स्टाफ कोटा गरी ५० वटा कोटा छ । चारवर्षे बीएस्सी एजी अध्ययनका लागि जम्मा तीन लाख २० हजार खर्च लाग्नेछ भने चार वर्षमा ८ सेमेस्टरमा पढाइ हुन्छ । हाल १२ जना प्रध्यापक रहेको विश्वविद्यालयको भवन निर्माणको ठेक्का लागिसकेकाे छ भन्ने ल्याब व्यवस्थित हुने क्रममा रहेको प्रा.डा. चौधरी नागेन्द्र यादवले जानकारी दिनुभयो ।