‘माग बढ्दो तर स्रोतमै पानी घट्दो’
सर्लाहीको वाग्मती नदी आसपासका जमिन हराभरा हुन थालेको धेरै भएकाे छैन । तीस वर्षअघिसम्म नदी किनारका बगर घर छाउन प्रयोग हुने खरले ढकमक्क ढाकेका र अरु अधिकांश ठाउँमा मकैखेती मात्रै हुने गरेको अवस्था सर्लाहीको बर्थना हजरियाका लक्ष्मी महतोको मानसपटलमा ताजै छ । तर अहिले भने त्यो अवस्था छैन ।
नाबालिकाको हत्या भएको अशंका
धनुषाको सबैला नगरपालिकाको सतोखर गाउँमा एक नाबालिकाको हत्या भएको आशंका गरिएको छ । बालिकाको घाँटी थिचेर हत्या भएको हुन सक्ने धनुषाका नायब प्रहरी उपरीक्षक रञ्जन आबाले जानकारी दिनुभयो ।
विवाहपञ्चमीमा सुरक्षाका लागि सिसिटिभी र ड्रोनद्वारा निगरानी
विवाहपञ्चमी अवसरमा हुने कार्यव्रmममा सुरक्षा व्यवस्था सुदृढ बनाउन सिसिटिभी र ड्रोन क्यामराद्वारा सहरका विभिन्न क्षेत्रमा निगरानी गरिने भएको छ । धनुषाका जिल्ला प्रहरी प्रमुख मित्रबन्धु शर्माले विगतका वर्षमा भइरहेको घटनालाई नियन्त्रण गर्न सुरक्षा व्यवस्थालाई कडा पारिएको दाबी गर्नुभयो ।
निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गर्दै छौँ
बिस वटा स्थानीय तह रहेको सर्लाहीमा कौडेना गाउँपालिका सदरमुकाम मलङ्गवासँगै जोडिएको छ । पूर्वपश्चिम हुलाकी सडकमा पर्ने यस पालिकामा सात वटा वडा छन् । विसं २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रे
उखुको मूल्य निर्धारण गर्न माग
उखुको अनुदान बक्यौता भुक्तानी र यो वर्षका लागि मूल्य कायम गर्न माग गर्दै सर्लाहीका उखु किसानले आन्दोलनको घोषणा गरेका छन् । नेपाल उखु उत्पादक महासङ्घसहित अन्य उखु उत्पादक समितिले बिहीबार दिउँसो हरिवनमा संयुक्त पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरेका हुन् । गत वर्ष सरकारले किसानलाई दिनुपर्ने अनुदान रकम तत्काल भुक्तनी गर्न र चिनीको वृद्धि मूल्य तथा किसानको लागत अनुसार उखुको मूल्य तोक्न पटक पटक आग्रह गर्दा पनि सरकारले बेवास्ता गरेपछि बाध्य भई आन्दोलनमा जानु परेको नेपाल उखु उत्पादक
उखुको मूल्य निर्धारणप्रति किसान असहमत
सर्लाहीका उखु उत्पादक किसानले सरकारले निर्धारण गरेको उखुको मूल्यप्रति असहमति जनाएका छन् । उनीहरुले सरकारले निर्धारण गरेको मूल्य बढाउन माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।
हरवाचरवाको पहिचान गर्ने काम अघि बढेको छ : मन्त्री न्यौपाने
मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोबिन्दबहादुर न्यौपानेले हरवाचरवाको पहिचान कायम गर्न प्रदेश सरकारले कामकाज अघि बढाएको बताउनुभएको छ ।
मुख्यमन्त्री यादवविरुद्ध प्रदर्शन, प्रजिअलाई ज्ञापनपत्र
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको राजिनामा माग गर्दै पीडित पक्षले बिहिबार कलैयामा प्रदर्शन गरेका छन् ।
सांसद महतोलाई सफाइ,पूर्व राज्यमन्त्री र पूर्व नगरप्रमुखलाई जन्मकैद
जिल्ला अदालत महोत्तरीले नेकपा (एमाले)का निलम्बित सांसद लक्ष्मी महतो कोइरीलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दाबाट सफाइ दिएको छ ।
जङ्गली जनावरको आतङ्कले किसान हैरान
लामो समयदेखि जङ्गली जनावरबाट यहाँका कृषक पीडित भएको गुनासो गरेका छन् । धनुषा र महोत्तरीका किसानका अनुसार जङ्गली जनावरको समस्याले उहाँहरूलाई खेती गर्न पनि मन लाग्दैन । ‘वर्षभरि मेहनत गरेको फल टिप्नेबेला जनावरले खाइदिन्छ, खेती गर्ने उत्साह मरेर गएको छ’ उहाँहरूको भनाइ छ ।
किसानद्वारा उखुको मूल्य ७५० रुपियाँ कायम गर्न माग
तत्काल उखुको अनुदान बक्यौता भुक्तानी र यो वर्षका लागि मूल्य तोक्न माग गर्दै उखु किसानले आन्दोलनको घोषणा गरेका छन् । नेपाल उखु उत्पादक महासङ्घसहित अन्य उखु उत्पादक समितिले बिहीबार दिउँसो सर्लाहीको हरिवनमा संयुक्त पत्रकार सम्मेलनगरी आन्दोलनको घोषणा गरेका हुन् । किसानले यो वर्षका लागि उखुको न्यूनतम मूल्य प्रतिक्विन्टल ७५० रुपियाँ कायम गर्न माग गरेका छन् ।
पेस्तोल देखाएर लुटियो पाँच लाख
सर्लाहीको हरिपूर्वामा बिहीबार बिहान अज्ञात व्यक्तिले हतियार देखाएर सहकारीका कर्मचारीको साथमा भएको पाँच लाख रुपियाँ लुटेका छन्। जिल्लाको दक्षिण-पूर्वी ग्रामीण भेगमा पर्ने हरिपूर्वा नगरपालिका–६, हनुमान चोकस्थित महाजनको पोखरी नजिक बिहीबार बिहान ११ः३० बजेतिर लुटपाट भएको हो ।
बिउ पाउँदा किसान खुसी
अनुदानको बिउ पाउँदा किसान खुसी भएका छन् । बाराका अधिकांश पालिकाले आफ्नो कृषि शाखामार्फत ५० प्रतिशत अनुदानमा कृषकलाई गहुँको बिउ उपलब्ध गराउँदै आएका छन् । पालिकाहरूले ७० रुपियाँ प्र
मिथिला लोक चित्रकला प्रतियोगिता
जनकपुरधाममा मिथिला लोक चित्रकलाको दोस्रो चरणको प्रतियोगिता सम्पन्न भएको छ । ‘मिथिला चित्रकला मधेशको सान’ भन्ने नाराका साथ सौर्य सिमेन्ट र विजयलक्ष्मी मिडिया फाउन्डेसनको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो ।
यातायात कार्यालयको सेवा सुरु
सर्लाहीको सदरमुकाम मलङ्गवामा यही मङ्सिर १७ गते उद्घाटन भएको यातायात व्यवस्था कार्यालयले बुधबारदेखि सेवाग्राहीलाई सेवा प्रदानगर्न सुरु गरेको छ । कार्यालयले तत्कालका लागि स
बारामा एकको मृत्यु, ४५ सेल अश्रुग्यास र १२ राउण्ड हवाई फायर
बाराको सिम्रौनगढ नगरपालिका कार्यालयमा दुई पक्षबिच झडप हुँदा एक जनाको मृत्यु भएको छ भने स्थिति नियन्त्रणमा लिन प्रहरीले ४५ सेल अश्रुग्यास र १२ राउण्ड हवाई फायर गरेको छ ।
बारामा झडप : स्थिति नियन्त्रणमा लिन हवाई फायर
बाराको सिम्रौनगढ नगरपालिका कार्यालयमा दुई पक्षबिच झडप भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको छ ।
बारामा पाँच हजार आठ सय हेक्टरमा मकैखेती
बारामा यस वर्ष पाँच हजार आठ सय ६० हेक्टर क्षेत्रफलमा मकैखेती भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । खाद्यान्न बालीमा मकैबाली तेस्रो स्थानमा रहेकाले हिउँदे, वर्षे र बसन्ते गरी तीन प्रकारका बाली लगाउने गरिएको केन्द्रका प्रमुख जीतेन्द्र यादवले जानकारी दिनुभयो ।
आर्थिक मन्दीले पर्साका १७७ उद्योग बन्द
आर्थिक मन्दीका कारण पर्सामा आर्थिक वर्ष २०७९/८० मा १७७ उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यायलका अनुसार आर्थिक वर्ष २०७९/८० मा १७७ उद्योगले लगत कट्टा गराएका छन् । आव २०७८/७९ मा पर्सामा १५२ उद्योगले लगत कट्टा गरिएका थिए ।
चिसोसँगै अस्पतालमा बिरामीको चाप बढ्दो
पर्सामा चिसो बढ्ेसँगै रुघाखोकी, ज्वरो र श्वासप्र्रश्वासका बिरामी बढ्दै गएका छन् । केही दिनयता बढेको चिसो र शीतलहरका कारण सहरी क्षेत्र तथा ग्रामीण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामी ह्वात्तै बढेका हुन् ।
सीता–राम विवाह पञ्चमी महोत्सव जनकपुरधाममा सुरु
त्रेता युगमा मर्यादा पुरुषोत्तम भगवान राम र जगत जननी माता सीता बिच भएको विवाहको सम्झनामा जनकपुरधाममा मनाइने साताव्यापी सिताराम विवाह पञ्चमी महोत्सव मंगलबारबाट सुरु भएको छ ।
नगरका ८८ प्रतिशत मुद्दा फर्स्यौट
सप्तरीको खडक नगरपालिकाको न्यायिक समितिमा साँध सिमाना सम्बन्धी विवादका उजुरी सबैभन्दा बढी दर्ता भएका छन् । दर्ता भएका मुद्दाको ८८ प्रतिशत फर्स्यौट भएको बताइएको छ ।
रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको माग
सप्तरीको राजविराज १० स्थित विरौलमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण कार्य सुचारुको माग राख्दै आजबाट सप्तरी यूथले तेस्रो चरणको दबाबमूलक कार्यक्रम घोषणा गरेको छ । राजविराजमा र्याली प्रदर्शन पश्चात् कोणसभा गर्दै प्रधानमन्त्रीलाई नौ सय ९९ चिठ्ठी पठाउने लगायतका सातदिने आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।
जनकपुरधाममा विवाहपञ्चमी महोत्सव सुरु
जनकपुरधाममा सप्ताहव्यापी रूपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत् रूपमा सुरु भएको छ । त्रेतायुगमा भगवान् राम एवम् जानकीको वैदिक विवाह प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा भएको सम्झनामा हरेक वर्ष मङ्सिर शुक्ल पञ्चमी तिथिको दिन पौराणिक विधिअनुरूप मनाइँदै आएको छ ।