प्रदेशलाई प्रहरी राख्ने अधिकार दिनुपर्छ : नेता निधी
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम पूर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधीले संघीयतालाई सवल बनाउन संघ सरकारले सातवटै प्रदेशलाई प्रहरी र कर्मचारी राख्ने अधिकार दिनुपर्ने बताउनुभएको छ ।
धनुषाको लालगढमा चारतारे होटल सञ्चालन
धनुषाको लालगढमा चारतारे मापदण्डको गौतम होटल सञ्चालनमा आएको छ । शनिबार मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले उद्घाटन गरेपछि चारतारे मापदण्डका होटल सञ्चालनमा आएको हो ।
पालिकाको प्रथम त्रैमासिक बजेट : ३८ करोड २२ लाख कटौती
चालु आर्थिक वर्ष बितेको ६ महिना भइसक्यो। अब आर्थिक वर्ष सकिन आधा समय मात्र बाँकी रहेको छ। सप्तरीका १६ वटा पालिकामा प्रथम त्रैमासिक बजेट निकासा भएको छ।
अस्पताल भवन अलपत्र
सर्लाहीको हरिपुर्वा नगरपालिकामा निर्मित १५ शøयाको अस्पताल भवन प्रयोगमा नल्याउँदा अलपत्र परेको छ । तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री राजेन्द्र महतोले २०६९ साल जेठ २
महिला हिंसा न्यूनीकरणलाई उद्योग स्थापना
सिरहाको लहानमा घरेलु हिंसाबाट प्रभावित भएका चारजना महिला मिलेर ‘जागरूक दालमोठ भुजिया उद्योग’ सञ्चालन गरी आत्मनिर्भरतातर्फ अग्रसर भएका छन् ।
शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री यादव
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा शान्ति सुरक्षा कायम गर्न प्रदेश सरकार हरेक प्रकारको सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।
प्रदेश सभामा कृषि विकास विधेयक प्रस्तुत
मधेश प्रदेश सभामा प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० प्रस्तुत गरिएको छ ।
एड्स संक्रमितमाथि गरिने विभेद अन्त्य गर्नुपर्छ : मन्त्री सिंह
मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले एड्स संक्रमितलाई समाजमा विभिन्नखालका विभेद सहनुपरेको भन्दै त्यस्ता विभेद अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।
विद्युत् सवस्टेशन सञ्चालनमा आउन सकेन
नेपाल विद्युत् प्राधिकरणले सर्लाहीको दक्षिण–पूर्वी भेग हरि पूर्वामा निर्माण गरेको सवस्टेशन अलपत्र परेको छ ।
सक्षम र सबल नगरपालिका बनाउँछु
सप्तरीको खडक नगरपालिकाको प्रमुख आर्थिक आधार कृषि र पशुपालन नै हो । यहाँका ९५ प्रतिशत नगरवासी कृषिमा नै आबद्ध छन् तर पनि कृषिको आधुनिकीकरण र व्यावसायि
मूल्य वृद्धिको अडानमा उखु कृषक
महोत्तरीको रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु क्रसिङका लागि कारखाना सञ्चालनको तयारी गरिरहेका बेला किसानहरू मूल्य वृद्धिको अडानमा रहेका छन् । एभरेस्टले आउँदो मङ्सिर २५ देखि उखु क्रसिङ गर्न प्राविधिक एवं प्रशासनिक तयारी गरेको जनाएको छ । मूल्य वृद्धिको अडानमा रहेका कृषकले भने निर्धारित समयमा मिल सञ्चालन हुनेमा आशङ्का गरेका छन् । उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाले मिलका तर्फबाट क्रसिङको औपचारिक जानकारी गराइए पनि कृषकले भने उखु दिने नदिने विषयमा निर्णय गरिनसकेको बताउनुभयो ।
बर्दिबास नगरपालिकाद्वारा खेलाडीलाई मासिक भत्ता
बर्दिबास नगरपालिकाले खेलकुदको विकाश तथा खेलाडीको प्रोत्साहनका लागि मासिक भत्ता दिन सुरु गरेको छ । नगरपालिकाले छनौटमा परेका २२ जना उत्कृष्ट फुटबल खेलाडीलाई यसै मङ्सिर महिनादेखि भत्ता उपलब्ध गराउने भएको हो ।
महोत्तरीमा आठ लाख मूल्य बराबरका सामान बरामद
सशस्त्र प्रहरीले नेपाल भारत सीमा नाकाबाट लाखौँ मूल्यका कपडा तथा हार्डवेयरका सामान बरामद गरेको छ ।
सस्तोमा उखु बेच्दै सर्लाहीका किसान
सर्लाहीका उखु उत्पादक किसान उखुको मूल्य निर्धारण नहुँदै सस्तोमा सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका छन् । जिल्लाका उखु मिलले समयमै भुक्तानी नदिएपछि उखु उत्पादक किसान सस्तो मूल्यमा सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका हुन् ।
राजनीतिक खिचातानीले चन्द्रनगर गाउँपालिकाकाे गाउँसभा अनिश्चित
राजनीतिक खिचातानी र जनप्रतिनिधिबीचमै मनमुटाव हुँदा गाउँपालिकाले असार मसान्तमै सम्पन्न गर्नुपर्ने गाउँसभा अझै गर्न सकेको छैन ।
सबै धर्मको सम्मान आवश्यक छ : पूर्व राष्ट्रपति यादव
पूर्व राष्ट्रपति डा. रामवरण यादवले समाजमा सबै धर्मको सम्मान आवश्यक भएको बताउनुभएको छ । सधैँ धर्मका मानिस मिलेर बसेमात्र समाज रूपान्तरण हुने उहाँको भनाइ छ ।
रास्वपाको राजनीतिक दस्ताबेजको प्रस्तावना पारित
महोत्तरीको जलेश्वरमा तीन दिनसम्म चलेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकबाट राजनीतिक दस्ताबेजको प्रस्तावना पारित गरिएको छ ।
आमाबाबुको स्मृतिमा करोडको धर्मशाला
बर्दिबास–१ का हमाल दाजुभाइले दिवङ्गत आमावुवाको स्मृतिमा करोडौँ खर्चिएर धर्मशाला निर्माण गरी समाजलाई हस्तान्तरण गर्नुभएको छ ।
थारुहरूको परम्परा तथा लोकसंस्कृति संरक्षणार्थ रौतहटमा कात्तिकेश कुँवर मेला
आदिवासी थारु समुदायको परम्परा तथा लोकसंस्कृति समेतको संरक्षण गर्ने उद्देश्यले रौतहटको चन्द्रपुर नगरपालिका–८ सन्तपुरमा जिल्ला कै ठुलो मानिने कात्तिकेश्वर कुँवर मेला सुरु भएको छ ।
राजनीतिक खिचातानीले सर्लाहीको हरिपूर्वा नगरपालिका भद्रगोल, सेवाग्राही मारमा
सर्लाहीको हरिपूर्वा नगरपालिका अहिले ७५३ वटा स्थानीय तह मध्ये भद्रगोल भएको छ । बजेट व्यवस्थापन देखि सेवाग्राहीलाई दिने सेवा प्रवाह समेतमा नगरपालिका व्यवस्थापन कमजोर बनेको हो ।
ग्रामीण भेगमा जल सङ्कट
जिल्लाको भूजलस्तर घट्नाले महोत्तरीको ग्रामीण भेगमा पानीको सङ्कट देखा परेको छ । केही वर्षअघिसम्म गर्मीयाम लागेपछि देखा पर्ने जल सङ्कटले अब वर्षभरि नै सताउन थालेको गाउँलेको भनाइ छ । धारा इनार सुक्नाले बर्दीबास–१३, बिजलपुरा
दुई पटक जग्गा किनबेच भयो तर जग्गाधनी बेखबर
एका बिहानै जग्गानजिकै घर भएका व्यक्तिले तपाईँको जग्गा बिक्री गर्नु भयो कि के हो जग्गा त अर्कै मान्छेले नाप जाँच गरी रहेको छ भनी राजेन्द्र महतो कोइरीलाई मोबाइल फोनमा भने पछि उनलाई सपना जस्तै लाग्यो ।
‘जनतालाई अनुभूत हुनेगरी काम गर्नुपर्छ’
मधेश प्रदेश सरकारले पछिल्लो एक वर्षमा जनतालाई अनुभूत हुनेगरी काम गर्न नसकेको सांसदहरूले बताउनुभएको छ । जनतामा सरकारको बजेटको अनुभूत नहुँदा सरकार र नेताप्रति व्यापक असन्तुष्टि बढेको उहाँहरूको भनाइ छ ।
मधेश प्रदेश सभाको बैठक
बैठकमा प्रदेश सांसदको बोल्नेक्रम जारी रहेको छ । बैठकको कार्यसूचीअनुसार प्राकृतिक स्रोत तथा वातावरण समितिको सदस्यमा संजिलाकुमारी यादवलाई मनोनयनको लागि प्रस्ताव पेश गरिने प्रदेश सभा सचिवालयले जनाएको छ ।