पूजाअघि धान काट्ने कृषकलाई दण्ड
गाउँको पूजा हुनुअघि बासमती धान काटेपछि स्थानीय किसान दण्डित भएका छन् । टोलमा रहेको बौद्धीमाइको पूजापछि मात्र बासमती धान काट्ने परम्परा छ ।
बन्द नगरपालिका खुलाउन वार्ता
विगत ४३ दिनदेखि बन्द रहेको सिम्रौनगढ नगरपालिका खुलाउन बसेको वार्ता सकारात्मक भएको छ । बन्द रहेको पालिकाको कामकाज सुचारु गर्न ४३ दिनपछि बसेको पहिलो बैठकमा तीन वटा बुँदामा सहमति भई टुङ्गो लागेको हो ।
जनशक्ति अभावमा काम गर्न कठिन
सप्तरीमा लेनदेन तथा मिटरब्याजी समस्या समाधानका लागि दुवै पक्षले तदारुकता देखाए पनि जनशक्ति अभावमा काम गर्न कठिनाइ भइरहेको सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताउनुभएको छ ।
'असहायसँग मेयर' कार्यक्रमले विपन्नलाई राहत
रौतहटको मौलापुर नगरपालिकाले सञ्चालनमा ल्याएको ‘असहायसँग मेयर’ कार्यक्रमले विपन्न वर्गलाई राहत पुगेको छ । उमेर पुगेकी छोरीको विवाहको लागि आर्थिक सहयोग गर्ने उद्देश्य राखी पालिकाले सञ्चालनमा ल्याएको उक्त कार्यक्रमबाट विपन्न वर्ग लाभान्वित भएका छन् ।
राजेश्वर नेपाली टी–२० क्रिकेट टुर्नामेन्ट सुरु
मधेश प्रदेशको राजधानी जनकपुरधाममा जिल्लास्तरीय राजेश्वर नेपाली टी–२० क्रिकेट टुर्नामेन्ट बुधबारदेखि सुरु भएको छ ।
केपी ओली कप विजेतालाई मधेश प्रदेशको पाँच लाख पुरस्कार
मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजेता टोलीलाई प्रोत्साहन स्वरूप पाँच लाख रुपियाँ दिने घोषणा गर्नु भएको छ ।
प्राविधिक शिक्षालयमा एक वर्षदेखि पढाइ ठप्प
शिक्षक अभावमा २०७९ माघ महिनादेखि बालीविज्ञान प्राविधिक धारका सम्पूर्ण पठनपाठन ठप्प रहेको विद्यार्थीको भनाइ छ ।
जीर्ण घरमा वडा कार्यालय
सर्लाहीको हरिपुर्वा नगरपालिका–२ को वडा कार्यालय अत्यन्त जीर्ण घरबाट सञ्चालन गर्नु पर्दा सेवा प्रवाहमा समस्या परेको छ । वडाको आफ्नै भवन नहुँदा काठको पुरानो घर भाडामा लिएर वडा कार्यालय सञ्चालन गर्नु परेको हो । झट्ट हेर्दा वडा कार्यालय रहेको घर बेवारिसे जस्तो लाग्छ ।
चुरे दोहन तथा वन फडानी नियन्त्रण गर्न माग
चुरे क्षेत्रबाट अवैधरूपमा गिट्टी, बालुवा उत्खनन तथा वन फडानी गरी काठ तस्करी हुने गरेको भन्दै नेपाली कांग्रेस सिरहाले जिल्ला प्रशासन कार्यालय सिरहामार्फत प्रदेश सरकार र केन्द्र सरकारको ध्यानाकर्षण गराएको छ ।
उखु किसानको बाँकी अनुदान अनिश्चित
सर्लाहीका उखु किसानले प्राप्त गर्न बाँकी अनुदान रकम पाउने नपाउने अनिश्चित बनेको छ । अर्थ मन्त्रालयले पूरा रकम निकासा नगर्दा यहाँका किसानले गत वर्ष बिक्री गरेको उखुको ३० प्रतिशत मात्रै अनुदान रकम प्राप्त गरेका छन् । कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सर्लाहीले मन्त्रालयबाट निकासा भएको अधुरो रकम प्रत्येक किसानलाई ३० प्रतिशतका दरले तिहारअघि बैङ्क खातामा पठाइदिएको थियो ।
माओवादी कमजोर भए गणतन्त्र धरापमा पर्छ : प्रधानमन्त्री प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी कमजोर भए गणतन्त्र धरापमा पर्ने बताउनुभएको छ।
महोत्तरीमा माओवादी प्रदेशस्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को मधेश प्रदेशस्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम महोत्तरीको गौशालामा सुरु भएको छ।
चार महिनामा ८६ लाख राजस्व असुली
चालु आर्थिक वर्ष ०८०/०८१ को चार महिनामा विभिन्न सवारीसाधनले नियम उल्लङ्घन गरेको बापत ८६ लाख २२ हजार पाँच सय रुपियाँ राजस्व असुली भएको छ ।
प्रधानमन्त्री प्रचण्ड महोत्तरीमा
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको आन्तरिक बैठक र प्रशिक्षण कार्यक्रममा सहभागी हुन आज विहान महोत्तरीको बर्दिबास आइपुग्नुभएको छ ।
आर्थिक सङ्कटमा बर्दीबास खानेपानी
तीन दशकदेखि स्थानीयको तिर्खा मेट्दै आएको खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था बर्दीबासको आर्थिक सङ्कट चुलिँदै गएको छ । उपभोक्ताले महसुल तिर्न अटेर गर्दा खानेपानीको वित्तीय समस्या उत्पन्न भएको हो ।
सडक बनेपछि सहज
बाह्रै महिना हिलाम्मे हुने सर्लाहीको हरिपुर नगरपालिका–७, चिताइन गाउँको सडक कालोपत्रे भएको छ । चिताइन मन्दिरदेखि दक्षिणतर्फको गाउँमा नालासहित पक्की सडक निर्माण भएपछि बस्ती
नसोचेको खुशी पाउँदा........
संसार देख्ने आँखा अचानक बन्द भइदिँदा कति अन्धकार हुँदो हो १ दैनिकी चलाउन कति असहज हुँदो हो रु घरभित्र अथवा बाहिर हिडडुल गर्न कसैको सहयोग, दिसा–पिसाव गर्न पनि सहारा लिनुपर्दाको पीडा कति अप्ठ्यारा होलान् सहज अनुमान गर्न सकिन्छ ।
प्रेसमा आगलागी हुदाँ १० लाखको क्षति
सप्तरीको राजविराज ७ स्थित एक प्रेसमा सोमबार विद्युत सर्ट भई आगलागी भएको छ । स्थानिय पत्रकार ओमप्रकाश साहले सञ्चालन गरेको नेहा अफसेट प्रेसमा आगलागी हुदाँ १० लाख बराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
घारेले टोकेर विद्यार्थी बिरामी
सर्लाहीको हरिवन नगरपालिका–२, अत्रौलीको रामअवतार जनता माध्यमिक विद्यालयमा सोमबार घारेले टोकेर ३५ जना विद्यार्थी बिरामी परेका छन् ।
पालिकाको अठतिस करोड कटौती
साढे छ महिना चालु आर्थिक वर्ष बितेको भइसक्यो । अब आव सकिन आधा समय मात्र बाँकी छ । सप्तरीका १६ वटा पालिकामा प्रथम त्रैमासिक बजेट निकासा भएको छ तर दुई वटा पालिकाको बजेट अझै निका
‘संघीय व्यवस्था बलियो बनाउन मिडियाकर्मी लाग्नुपर्छ’
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री मोहम्मद समिमले गणतन्त्र र संघीयता ल्याउन मिडियाको भूमिका खेलेकाले अब सो व्यवस्था बलियो बनाउन पनि भूमिका खेल्नुपर्ने आग्रह गर्नुभएको छ ।
यातायात व्यवस्था कार्यालय स्थापना
सर्लाही सदरमुकाम मलङ्गवामा यातायात व्यवस्था कार्यालय स्थापना गरिएको छ । मलङ्गवास्थित जिल्ला समन्वय समिति (तत्कालीन जिविस) को भवनमा यातायात व्यवस्था कार्यालय स्थापना गरिएको हो ।
उमेर ढल्केपछि चाहियो नागरिकता
धनगढीमाई नगरपालिका–१४ सर्रे अम्बासकी आसमान राई ७० वर्ष पुगेपछि बल्ल नागरिकता बनाउन लाग्नुभएको छ । नागरिकता बिना सामाजिक सुरक्षा भत्ता नपाइने भएपछि मात्रै उहाँलाई नागरिकताको आवश्यकता महसुस भएको हो । घर नजिकै नागरिकता शिविर सञ्चालन भएपछि नागरिकता बनाउन उहाँलाई सजिलो पनि भयो ।
सवारी दुर्घटनामा एकको मृत्यु, दुई प्रहरीसहित तीन घाइते
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बागमती नगरपालिका–११, पुरानो चौकीमा शनिवार साँझ भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा दुई प्रहरीसहित तीन जना घाइते भएका छन् ।