विद्युत चोरी गर्नेलाई प्राधिकरणद्वारा कारबाही
नेपाल विद्युत प्राधिकरणले मधेश प्रदेशमा विद्युत चुहावट नियन्त्रण गर्न थालिएको अभियानको क्रममा दुई हजार ८४८ जनालाई पक्राउ गरी कारबाही गरेको छ ।
झुलनोत्सवका गीतले जनकपुरधाम गुन्जिँदै
यतिबेला साँझ पर्नेबितिक्कै जनकपुरधामका मठमन्दिरमा बर्खा ऋतुमा गाइने लोकगीत कजरी गुञ्जिएको छ । झुला पर्वका अवसरमा यहाँका मठमन्दिरमा कजरीसँगै पावस, मल्हार, बारहमासा र झुलाजस्ता लोकगीत गाउने चलन छ ।
एमाले नयाँ सङ्कल्पका साथ अगाडि बढ्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको २५ औँ सचिवालय बैठकपछि एमाले नयाँ सङ्कल्पका साथ अगाडि बढ्ने बताउनुभएको छ ।
कालिया खोला पुल र सडक अलपत्र
हुलाकी लोकमार्ग अन्तर्गत सप्तरीको राजविराज–कन्चनपुर सडक खण्डस्थित अग्निसाइर कृष्ण सम्वरण गाउँपालिका –४ बनौलीको कालिया खोला –१ को पुल अलपत्र अवस्थामा छाड्दा यात्रुहरुको यात्रा जोखिमपूर्ण बनेको छ ।
नगरप्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको बोदेबर्साइन नगरपालिकाका नगर प्रमुख आतेषकुमार सिंहसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि छुट्याइएको रकम कामै नगरी भुक्तानी गरेको आरोपमा उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
सप्तरीमा नवजात शिशु मृत फेला
सप्तरीको राजविराजमा सालनालसहितको नवजात शिशु मृत फेला परेको छ ।
विद्युत् नियमित नहुँदा सास्ती
सर्लाहीमा छिनछिनमै विद्युत् कटौती हुने समस्याले स्थानीय बासिन्दा हैरान भएका छन् । विशेष गरी साँझको समयमा धेरै मात्रामा विद्युत् कटौती हुने गरेको स्थानीयवासीको गुनासो छ । सोमबार साँझ मात्रै दर्जनौँ पटक विद्युत् काटियो । गर्मीले प्रभावित भइरहेका स्थानीयवासी यसरी बारम्बार बत्ती गइरहने समस्याले हैरान भएका हुन् ।
३४ वर्षपछि सिरहाको सर्रे अम्बासमा एमालेको बैठक बस्दै
नेकपा (एमाले)का केन्द्रीय सचिव तथा मधेस प्रदेश इन्चार्ज योगेशकुमार भट्टराईका अनुसार पूर्वनिर्धारित योजनाअनुसार नै आज पार्टीको सचिवालय बैठक बस्न लागेको हो । बिहान ११ : ३० बजे बस्ने बैठककको सबै तयारी पूरा भएको छ ।
कुपोषण सुधार कार्यक्रम प्रभावकारी
सप्तरीमा कुपोषणमा सुधार आएको एक कार्यक्रमका वक्ताले बताउनुभएको छ । खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना कलस्टर एकाइ सप्तरीले मङ्गलबार गरेको सार्वजनिक सुनुवाइ तथा वार्षिक कार्यक्रममा बोल्दै वक्ताले यस्तो बताउनुभएको हो ।
पत्रकार नेपालीको निधनप्रति मुख्यमन्त्रीद्वारा दुःख व्यक्त
नेपाली पत्रकारिताका धरोहर प्रेस स्वतन्त्रता सेनानी एवम् वरिष्ठ पत्रकार राजेश्वर नेपालीको ८० वर्षको उम्मेरमा निधन भएको छ ।
लाहान नगरपालिकाले फोहर सङ्कलन गर्न भित्र्यायो ‘गारवेज ट्रक’
लाहान नगरपालिकाले फोहर सङ्कलन गर्न आधुनिक किसिमको आठ ‘गारवेज ट्रक’ सञ्चालनमा ल्याएको छ ।लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले गारवेज ट्रकमा फोहर सङ्कलन गर्न थालिएको जानकारी दिनुभयो ।
साढे दुई सय उद्योग खारेज
आर्थिक मन्दीलगायत विविध कारणले जिल्लामा सञ्चालन भएका घरेलु तथा साना उद्योगसहित दुई सयभन्दा बढी पसल व्यवसाय बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय बारा कलैयाका अनुसार आर्थिक वर्ष २०७९/८० मा ९८ वटा घरेलु तथा साना उद्योगको लगतकट्टा भएको छ भने वाणिज्यतर्फ १६१ गरी २५९ वटा उद्योग खारेज भएका छन् । बन्द र खारेजको मुख्य कारण भने बैङ्क ब्याज र लगातारको आर्थिक मन्दी नै रहेको व्यवसायी बताउँछन् ।
छब्बीस लाख रुपियाँ सहित भारतीय नागरिक पक्राउ
सीमा क्षेत्रबाट प्रहरीले श्रोत नखुलेका भारी परिमाणको नोटसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले भारत विहारको मधुवनी जिल्लास्थित मधवापुर ग्राम पंचायत ४ का २६ वर्षीय सुमित साहलाई नियन्त्रणमा लिएको हो ।
अठार वडामा छैनन् स्वास्थ्य केन्द्र
सरकारले सबै वडामा प्राथमिक स्वास्थ्य उपचार केन्द्र स्थापना गरी नागरिकलाई प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य लिए पनि सर्लाहीका १८ वडामा अझै स्वास्थ्य केन्द्र स्थापना हुन सकेको छैन । सर्लाहीमा २० पालिकाका दुई सय वडा छन् ।
झोलुङ्गोमा बिरामी बोक्नुपर्ने बाध्यता
सर्लाहीको ‘दुर्गम’ भनेर चिनिने नारायण खोलामा अहिले पनि स्थानीय बिरामी पर्दा झोलुङ्गोमा बोकेर अस्पताल लैजानुपर्ने बाध्यता छ ।
जनतालाई दुःख दिने र ढिलासुस्ती स्वीकार्य हुँदैन : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सेवा प्रवाहमा जनतालाई अनावश्यक दुःख दिने र ढिलासुस्ती गर्ने कार्य सरकारलाई स्वीकार्य नहुने स्पष्ट पार्नुभएको छ।
सर्लाहीका किसानले उखुको अनुदान पाएनन्
जिल्लाका उखु उत्पादक किसानले उखु बेचेको लामो समयसम्म पनि सरकारबाट पाउनुपर्ने अनुदानबापतको रकम नपाएको गुनासो गरेका छन् । उनीहरूले उत्पादन गरेको उखु बेचेको करिब नौ महिना हुँदासमेत सरकारले दिनुपर्ने प्रतिक्विन्टल रु ७० अनुदानबापतको रकम अझैसम्म पनि नपाइएको गुनासो गरेका हुन् ।
धार्मिक सहिष्णुता कायम राख्न उपप्रधानमन्त्री श्रेष्ठको आग्रह
प्रेस सेन्टर नेपाल पर्साले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृति विशेषतायुक्त नेपालको पहिचान भएकाले विधितासहितको एकतालाई कायम राख्न सबैसँग आग्रह गर्नुभयो ।
सय परिवार विस्थापित जनजीवन कष्टकर
मधेश प्रदेशमा लगातार तीन दिनदेखि परेको अविरल वर्षाका कारण विभिन्न नदीमा आएको बाढी बस्तीमा पस्दा सयभन्दा बढी परिवार विस्थापित भएका छन् । वर्षाको पानीले जलमग्न बस्तीको जनजीवन कष्टकर बनेको छ ।
संघीयता आए पनि सो अनुरुप काम भएन : नेता निधी
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम पूर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधीले मुलुकमा संघीयता आए पनि सोअनुरुप काम हुन नसकेको बताउनुभएको छ ।
बाढीले खानेपानीको पाइप बगाउँदा धारामा पानी आउन बन्द
चार दिनदेखि परेको अविरल वर्षाका कारण रातुलगायतका नदीमा आएको बाढीले खानेपानी, पक्की कुलो र पुलमा क्षति पुर्याएका कारण जिल्लाका उत्तरी भेगमा अनेकन् समस्या देखा परेको छ ।
एमाले सचिवालय बैठक भदौ १३ गतेका लागि सर्यो
नेकपा (एमाले) को आजदेखि सिरहामा तय गरिएको सचिवालय बैठक यही भदौ १३ गतेलाई सरेको छ ।
‘अर्थतन्त्र बलियो बनाउन स्थिर सरकार’
नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य शेखर कोइरालाले देशको आर्थिक, सामाजिक र राजनीतिक अवस्था ठिक ढङ्गले नचलेकै कारण विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न डराइरहेका बताउनुभएको छ ।
सरकार सुशासन, समाजवाद र समृद्धिको यात्रामा अघि बढेको छः प्रधानमन्त्री प्रचण्ड
वीरगञ्जमा सम्पन्न समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो। प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘सरकार सुशासन, समाजवाद र समृद्धिको यात्रामा अघि बढेको छ। अब यसबाट सरकार पछि हट्दैन।”