• २ जेठ २०८२, शुक्रबार

गोरखापत्रका नायब कार्यकारी सम्पादक मिश्र सम्मानित

blog

गौर समाचारदाता

गौर, मङ्सिर ३ गते । गोरखापत्र राष्ट्रिय दैनिकका नायब कार्यकारी सम्पादक कुमार विवेकानन्द मिश्रलाई सम्मान गरिएको छ । लोक आस्थाको महापर्व छठको अवसरमा बज्जिका साहित्य सङ्गम रौतहटले गौरमा मिश्रलाई सम्मान गरेको हो । 

गौर नगरपालिका–२ का पूर्ववडाध्यक्ष राकेशकुमार झाले मिश्रलाई फूलमाला, अबिर र दोसल्ला ओढाएर सम्मानपत्रसहित सम्मान गर्नुभएको हो । नेपाल पत्रकार महासङ्घ रौतहट शाखामा दुई कार्यकाल अध्यक्षसमेत रहनुभएका मिश्रलाई रौतहटको पत्रकारिता क्षेत्रको विकासमा पनि उल्लेखनीय योगदान रहेको तथा बज्जिका भाषा विकासका लागि लामो समयदेखि कलम चलाइरहेकाले सम्मान गरिएको हो । बज्जिका भाषा साहित्यमा लामो समयदेखि कलम चलाइरहनुभएका साहित्यकार रेणु गुप्ताको अध्यक्षतामा सो कार्यक्रम भएको थियो । कार्यक्रममा मिश्रले नेपालमा मात्र होइन बज्जिका भाषाको अन्तर्राष्ट्रियस्तरमा पहिचान स्थापित हुँदै गएको बताउनुभयो ।