जोखिमपूर्ण बन्दै कमलाको काठे पुल
दैनिक एक हजार भन्दाबढी मोटरसाइकल आवतजावत गदै आएको हुलाकी सडक अन्तर्गत धनुषा–सिरहा जोड्ने कमला नदीमा सञ्चालनमा आएको काठको पुल जीर्ण बन्दै गएको छ ।
सेनाले बर्थिङ सेन्टर निर्माण गर्ने
नेपाली सेनाले सर्लाहीको बरहथवा नगरपालिका–११, हीरापुरमा प्रसूति गृह (बर्थिङ सेन्टर) निर्माण गर्ने भएको छ ।
प्रधानमन्त्रीलाई मधेश प्रदेश सरकारको ६ बुँदे ध्यानाकर्षण
मधेश प्रदेश सरकारले प्रदेश प्रहरी समायोजन लगायतका ६ बुँदे माग राखी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसहितको टोलीले ध्यानाकर्षण पत्र बुझाएको हो ।
मधेस विश्वविद्यालयमा कानुन र जनप्रशासन विषयमा पठनपाठन
मधेस विश्वविद्यालयले कानुन र जनप्रशासन सङ्कायमा भर्ना भएका विद्यार्थीका लागि अनुशिक्षण कक्षा सञ्चालन गरेको छ ।
महोत्तरीबाट बेपत्ता पाँच किशोरी ढल्केवरमा भेटिए
महोत्तरीको औरही नगरपालिका–२, बाट गत मङ्गलबारदेखि एकसाथ बेपत्ता भएका पाँच जना किशोरी धनुषाको ढल्केवरमा फेला परेका छन् । बिहीबार बिहान १० बजे ढल्केवरस्थित पश्चिम चोकमा ती किशोरीहरू फेला परेका हुन् ।
प्रदेशले पूर्ण अधिकार पाएन : मुख्यमन्त्री
मधेश प्रदेश सरकारले प्रहरी तथा कर्मचारी समायोजनका लागि ३० दिने अल्टिमेटमसहित बिहीबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय ज
वीरगञ्ज गोल्डकपः नेपाल पुलिस क्लब फाइनलमा
नेपाल पुलिस क्लब पर्साको वीरगञ्जमा जारी प्रथम वीरगञ्ज गोल्डकप, २०८० को फाइनलमा प्रवेश गरेको छ ।
तीन दिवसीय अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन सुरु
मधेश प्रदेशको राजधानी जनकपुरधाममा बुधबारदेखि अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन सुरु भएको छ । महेन्द्रनारायण निधि मिथिला सँस्कृति केन्द्रको सभा हलमा आजबाट सुरु भएको सो सम्मेलनको एक कार्यक्रमवीच ओशो तपोवन नेपाल काठमाडौंका बोधीसत्य स्वामी आनन्द अरुणले उद्घाटन गर्नुभयो ।
सिर्सिया नदी प्रदूषित गर्ने उद्योगलाई जरिवाना
वीरगन्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषण गर्ने एक उद्योगलाई तीस हजार जरिवाना गरेको छ । प्रदूषित पानी सिर्सिया नदीमा फालेर फोहोरसमेत गरेको भन्दै परवानीपुरस्थित सिद्धि टेक्साइल प्रालिलाई सो जरिवाना गरिएको महानगरपालिकाको सरसफाइ शाखा प्रमुख सर्फुदिन मियाँले जानकारी दिनुभयो ।
पटका नपड्काउन धनुषा जिल्ला प्रशासनको आग्रह
जिल्ला प्रशासन कार्यालय धनुषाले पटाका नपड्काउन आग्रह गर्दै सूचना जारी गरेको छ ।
अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनमा २५ राष्ट्रका चिकित्सक सहभागी हुने
विश्व स्वास्थ्यका लागि आयुर्वेद भन्ने मूल नाराका साथ विभिन्न राष्ट्रका आयुर्वेद विज्ञ तथा चिकित्सकहरूको बृहत् भेला आजदेखि जनकपुरधाममा सुरु हुँदैछ ।
न्यायको प्रतीक्षामा रामआशिष
धनुषाको हंसपुर नगरपालिका–४ मणिपट्टिका ७० वर्षीय रामआशिष दास अवकाशप्राप्त शिक्षक हुनुहुन्छ । उहाँ दश वर्षअघि माध्यमिक विद्यालय शिक्षकबाट अवकाश हुनुभएको हो । दासले अवकाश हुँदा प्राप्त रकमबाट जनकपुरधाम–१६ पुल्चोकमा किराना पसल सञ्चालन गरी त्यसैबाट जीविकोपार्जन गर्दै आउनुभएको छ ।
वडाध्यक्ष महतो पुर्पक्षमा कारागार चलान
धनकौल गाउँपालिकाका एक जना वडाध्यक्ष पुर्पक्षमा कारागार चलान भएका छन् ।
सर्लाहीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु
सर्लाहीको गोडैता नगरपालिका–८, सिसौटियामा मङ्गलबार राति ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
जयनगर–बर्दिबास रेलमार्गको तेस्रो चरणको काम चाँडै
भारत सरकारको सहयोगमा निर्माण भइरहेको जयनगर–बर्दिबास रेलमार्गको तेस्रो चरणको काम चाँडै सुरु हुने भएको छ ।
उखु किसानले तिहार र छठमा पनि अनुदान रकम नपाउने
सरकारले पूरा रकम निकासा नगर्दा सर्लाहीका उखु किसानले अझै गत वर्ष बिक्री गरेको उखुको अनुदान रकम पाउन सकेका छैनन् । प्रमुख दोस्रो ठुलो चाड तिहारमा समेत किसानले उखुको अनुदान रकम नपाउने पक्का भएको छ ।
सयपत्री फूलको व्यावसायिक खेतीबाट आम्दानी
लहरै रोपिएका सयपत्री फूलका बिरुवा । कुनैमा हाँगा हालेर झपक्क परेका, कुनै हलल बढेर ढल्न आँटेका बिरुवाको स्याहारमा व्यस्त देखिनुहुन्छ फूल व्यवसायी रामप्रवोध पण्डित ।
पेस्तोलसहित तीन युवक पक्राउ
सशस्त्र प्रहरी बल नेपाल बेस क्याम्प लाहानबाट खटिएको टोलीले हतियारसहित तीन युवकलाई सोमबार बेलुका लहानबाट पक्राउ गरेको छ ।
भएन फुकुवा विद्यालयको रकम
जनता डोमी चौधरी माध्यमिक विद्यालय (प्राविधिकधार) नमुना विद्यालयको एक करोडभन्दा बढी रुपियाँ रोक्का रहेपछि समस्या उत्पन्न भएको छ । नमुना विद्यालय सुधार गुरुयोजना अनुरूप भौतिक निर्माण अनुदान रकम ५० ला
१८ वर्षीया प्रतिभा बनिन् नगरप्रमुख
कक्षा १२ मा अध्ययनरत १८ वर्षीया प्रतिभा कुमारी सहनी विदेह नगरपालिकाको नगरप्रमुख बन्नुभएको छ ।
गुइँठा बनाउनै व्यस्त
जाडो मौसम लागेसँगै मधेशका महिला गुइँठा बनाउन व्यस्त देखिन्छन् । अग्निसाइर कृष्णसवरण–५, छपककी सुनिता राय भन्नुहुन्छ, “गुइँठा बालेर हामी खाना पकाउँछौँ । गर्मी मौसममा लामखुट्टे भगाउन, जाडोको बेला घर तथा गोठ न्यानो राख्न, हवन गर्न गुइँठा चाहिन्छ नै ।”
फार्मेसी औषधी रित्तियो, बिरामीले रित्तो फर्कन बाध्य
सर्लाहीको लालबन्दीस्थित प्राथमिक स्वास्थ्य केन्द्र डुमडुमेमा बिरामीले निःशुल्क औषधि पाउने फार्मेसी औषधि नभएर रित्तिएको छ । स्वास्थ्य बिमा गरेका बिरामीलाई निःशुल्क औषधि प्रदान गर्न राखिएको औषधि पसलमा अहिले कुनै पनि औषधि छैनन् ।
प्रथम वीरगञ्ज गोल्डकप: नेपाल पुलिस क्लब सेमिफाइनलमा
नेपाल पुलिस क्लव ‘प्रथम वीरगञ्ज गोल्डकप २०८०’ को सेमिफाइनलमा प्रवेश गरेको छ । वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा सोमबार सम्पन्न खेलमा भारतको क्लाइभ हाउस डमडम कोलकातालाई ७–१ गोलअन्तरले पराजित गर्दै पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।
सङ्घीयता खारेज गर्न एउटा पक्ष लागिरहेको छ : अध्यक्ष यादव
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सङ्घीयता र समावेशी खारेज गर्न एउटा पक्ष लागिरहेको आरोप लगाउनुभएको छ ।