वर्षासँगै विभिन्न नदीमा बाढी,दुई दर्जन बस्ती डुबानमा
दुई दिनदेखि परेको अविरल वर्षाका कारण मधेश प्रदेशका विभिन्न जिल्लाका गरी एक दर्जन बस्ती डुबानमा परेको छ । लगातारको वर्षाले विभिन्न खोलामा आएको बाढीमा परेर दुई जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । विभिन्न नदीमा बाढीको बहाव उच्च रहेको जनाइएको छ ।
खोलाले बगाउँदा एकजना बेपत्ता
महोत्तरीको सोनमा गाउँपालिकामा खोलाले बगाउँदा एकजना बेपत्ता भएका छन् । मरहा खोलाले मङ्गलबार साँझ बगाउँदा सोनम–१ का ३८ वर्षीय जाबिर अन्सारी बेपत्ता भएका हुन् ।
लखन्देहीको बाढीले सक्रौलमा बाँध भत्कायो, बस्ती जोखिममा
लखन्देही खोलाले बाँध कटान गरेर बस्तीतर्फ बाढी पसेपछि सर्लाहीको कौडेना गाउँपालिका–७, सक्रौल गाउँ जोखिममा परेको छ ।
डुबेर एक वृद्धको मृत्यु
अविरल वर्षाका कारण जिल्लाको बागमती,लालबकैया तथा माँझ खोलामा पानीको सतह वृद्धिसँगै तटिय क्षेत्रका वासिन्दाहरु त्रसित भएका छन् ।
बाढीले बगाउँदा धनुषामा एक जनाको मृत्यु, दुई बेपत्ता
धनुषामा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्। जिल्लाको मिथिला नगरपालिका–१ आनन्दपुरका १७ वर्षीय अजय यादवको मङ्गलबार ११ बजे बाढीले बगाउँदा मृत्यु भएको हो।
गोलभेँडाको निर्यात बढेसँगै नेपाली बजारमा मूल्य आकासियो
नेपालमा उत्पादन भएको गोलभेँडा अर्थात् टमाटर भारततर्फ निर्यात हुन थालेपछि सीमावर्ती तराईका जिल्लामा यसको मूल्य आकासिँदै गएको छ ।
अविरल वर्षाका कारण महोत्तरी जलमग्न
सोमबारदेखि लगातार परिरहेको वर्षाले महोत्तरी जिल्लाको बलवा, बन्चौरी लगायतका क्षेत्रहरू डुबानमा परेको छ । सोमबारदेखि परिरहेको पानीले गर्दा रातु नदीमा पानीको बहाव उच्चसँगै बाँधहरू कटान गर्न थालेपछि डुबानको समस्या बढेको हो ।
बाढीले बगाएर एक जनाको मृत्यु
सर्लाहीको बरहथवामा बाढीले बगाएर एक जनाको मृत्यु भएको छ ।
वर्षाले किसानलाई राहत
कृषि ज्ञान केन्द्र सिराहाका अनुसार सिरfहामा ५४ हजार हेक्टर धान खेतीयोग्य भूमि छ ।
कैदीबन्दीको कठिन दिनचर्या, कारागार भवन विस्तार गर्न जरुरी
जिल्ला कारागार रौतहटमा क्षमताभन्दा झण्डै दोब्बर कैदीबन्दी रहेको कारण उनीहरूको दिनचर्या कठिन बनेको छ । जसले गर्दा भवन थप्न वा बढाउनु जरुरी छ ।
सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ विक्री वितरण गर्न निषेध
जिल्ला प्रशासन कार्यालय धनुषाले सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थको विक्री वितरण र सेवन गर्न निषेध गरेको छ ।
ढिलो वर्षाले किसानलाई बेफाइदा
लामो खडेरीपछि मधेश प्रदेशमा पानी पर्न सुरु भएको छ । एकाएक मौसम बदली भई आइतबार साँझ सामान्य वर्षा भएको थियो । सोमबार बिहानैदेखि वर्षा भइरहेको छ ।
संरचना अभावमा दक्ष खेलाडी उत्पादनमा समस्या
नियमित अभ्यास गर्न नपाएकै कारण सप्तरीका खेलाडीहरु राष्ट्रियस्तरमा खेल्न नपाएर पछाडि परिरहेको वक्ताहरुले बताउनुभएको छ ।
सुनसरीमा दादुराविरुद्धको खोप अभियान सञ्चालनमा
जिल्लामा आजबाट दादुरा रुबेलाविरुद्धको विशेष खोप अभियान सञ्चालनमा ल्याइएको छ । सोमबारबाट सुरु भएको विशेष अभियानअन्तर्गत सुनसरीमा छ महिनादेखि १५ वर्ष उमेर समूहका दुई लाख ५३ हजार बालबालिकालाई खोप लगाउन लागिएको हो ।
डेङ्गु नियन्त्रण अभियान
तापक्रम घट्दै जाँदा आगामी भदौ र असोजमा डेङ्गुको जोखिम वृद्धि हुने आकलन तथा विश्लेषणका आधारमा मधेश प्रदेश सरकारले डेङ्गु भाइरसवाहक लामखुट्टेका फुल मार्ने ‘लार्भिसाइट’ छर्कने निर्णय गरेको छ ।
मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
नयाँरोड–बरहथवा सडकखण्ड अन्तर्गत सर्लाहीको बरहथवा नगरपालिका –९, सोल्टीमोडमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
महोत्तरीको उत्तरी भेगमा आँखा पाक्ने रोग बढ्दै
बर्दिबास लगायत महोत्तरीको उत्तरी भेगमा आँखा पाक्ने रोग सामुदायिक स्तरमा फैलिएको छ । यसको सङ्क्रमणबाट सबै उमेर समूह प्रभावित देखिए पनि बालबालिका सबैभन्दा बढी सङ्क्रमित भएको स्वास्थ्यकर्मीले जनाएका छन् ।
दोहरो कर हटाउन स्थानीय तहलाई आग्रह
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले बारा र पर्साका स्थानीय तहलाई कवाडीकरको नाममा कच्चा पदर्थमा समेत लगाइएको कर हटाउन आग्रह गर्नुभएको छ ।
कैद सजाय पाएका यादव प्रदेश सभा सदस्य !
सप्तरी क्षेत्र नं. ४ (ख) बाट प्रदेश सभा सदस्य पदमा निर्वाचित अनिरुद्धसिंह यादव तीन तहका अदालतबाट दोषी ठहर भई चार वर्ष जेल सजाय तोकिएका व्यक्ति रहेको रहस्य खुलेको छ ।
जनताको समस्याप्रति सरकार चिन्तित देखिएन : नेता महर
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम युवा नेता नैनसिंह महरले पछिलो समय जनताको जनजीवन र समस्याप्रति वर्तमान सरकार सचेत र चिन्तित नदेखिको बताउनुभएको छ ।
धनुषामा सडेको अवस्थामा एक महिलाको शव फेला
धनुषामा सडेगलेको अवस्थामा एक महिलाको शव फेला परेको छ । जिल्लाको मिथिला नगरपालिका–५, औरहीथान सामुदायिक वनमा सडेगलेको अवस्थामा शुक्रबार साँझ एक महिलाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।
धनुषामा चोरीका घटना : यस्तो छ तीन आर्थिक वर्षको तथ्याङ्क
पछिल्लो समय धनुषामा बेरोजगारी तथा लागूऔषध दुर्व्यसनीहरूको सङ्ख्या बढ्दै जान थालेपछि चोरीका घटनाहरूमा वृद्धि भएको छ ।
पर्सामा पीडितमैत्री अभियान
जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन (मिटरब्याजी) विरुद्ध परेको उजुरीको छिनोफानो स्थानीय तहमै गरी समस्या समाधान गर्ने उद्देश्यसहित पीडितमैत्री अभियान सुरु गरेको छ ।
गौर हत्याकाण्ड पीडित सङ्घर्ष समितिलाई वार्तामा आउन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौर हत्याकाण्ड पीडित सङ्घर्ष समितिलाई वार्ताका लागि बोलाउनु भएको छ ।